20111008

सुजाता मैया लाई फेरी मन्त्री बन्न मन लागेपछी !

सुजाता कोइरालाले कङ्ग्रेस वर्तमान सरकारमा सामेल हुनुपर्ने धारणा राखेकै भोलिपल्ट कङ्ग्रेस सभापति सुशील कोइरालाले अहिलेकै अवस्थामा आफनो दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामेल नहुने बताए
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले शान्ति प्रक्रियाका बाधकलाई पाठ सिकाउन कांग्रेस बिना सर्त सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपालले शनिवार गरेको साक्षत्कारमा नेतृ कोइरालाले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई बलियो बनाउन सरकारमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'माओवादीभित्रको शान्ति बिरोधीमोहन बैद्य समूहलाई ठेगान लगाउन पनि कांग्रेस सरकारमा सहभागी हुनपर्छ, माओवादी, कांग्रेस र एमालेमाशान्ति बिरोधी तत्व छन्, उनिहरुलाई तहलगाउन पनि बाबुराम भट्टराई सरकारको स्थायीत्व आवश्यक छ ।' 'कांग्रेस यहि बेला सरकारमा सहभागीभयो भने मुलुकमा स्थायीशान्ति आउछ',कांग्रेस नेतृ कोइरालाले भन्नुभयो, 'दलिय र व्यक्तिगत स्वार्थ त्यागेर बाबुराम भट्टराई नेतृत्वको सरकारमा जानुपर्छ, एमाले पनि आउनुपर्छ ।' कांग्रेस सभापति गिरिजा प्रसादकोइरलाले शान्तिका लागि बार्ता गर्न नर्कमा पनि जान तयार छु भन्ने गरेको स्मरण गर्दै नेतृ कोइरालाले भन्नुभयो, 'मुलुकमा दिगो शान्ति आउछ भने कांग्रेस माओवादी नेतृत्वमा किन सरकारमा नजाने? सरकारमा
जान डराउनु हुँदैन |'शान्ति र संविधानका लागि बिशेष गरेर माओवादी र कांग्रेस हदैसम्म लचिलो बन्नुपर्ने भन्दै नेतृ कोइरालाले भन्नुभयो, 'महिना दिनमा सरकार परिवर्तन गर्दा न राजनीति स्थायीत्व हुन्छ, न मुलुकमा दिगो शान्ति हुन्छ, त्यसैले अहिले बाबुराम भट्टराईको बिकल्प छैन, अहिले यो सरकार परिवर्तन गर्नु हुँदैन ।'
कङ्ग्रेस सभापति सुशील कोइरालाले अहिलेकै अवस्थामा आफनो दल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सामेल नहुने बताएका छन्। नेतृ सुजाता कोइरालाले कङ्ग्रेस वर्तमान सरकारमा सामेल हुनुपर्ने धारणा राखेकै भोलिपल्ट सभापतिले उनको भनाई व्यक्तिगत भएको बताए।  उनले शान्ति प्रक्रियाप्रति माओवादीलाई अझै विश्वास गर्न सकिने अवस्था नदेखिएका कारण सरकारमा सामेल नहुने बताए। आइतबार नेपालगन्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा उनले शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकिने आधार तयार भएमात्र कङ्ग्रेस सरकारमा सामेल हुने बताए। 'मौखिकरुपमा पहिलाको तुलनामा माओवादीका नेताको भनाई सकारात्मक छ', उनले भने- माओवादीको बोलाईअनुसार काम भएमात्र विश्वास गर्न सकिन्छ। उनले माओवादीले कब्जा गरेका घरजग्गा फिर्ता गर्नुपर्ने, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्नुपर्ने माग पनि कङ्ग्रेससँग गरे।

माओवादी लडाकु समायोजनबारे सोधिएको प्रश्नमा कोइरालाले बढीमा चार हजारलाई सेनामा समायोजन गर्न सकिने बताए। माओवादीका नेताले समायोजन नहुने लडाकुलाई पुनर्स्थापनाका लागि दिने भनिएको ७–१० लाख रुपियाँ बढी भएको उनको भनाइ छ।

प्रधान मन्त्रीले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन कङ्ग्रेस, एमालेले सहयोग नगरेको गुनासो गरिरहेको बेला कोइरालाले सरकारलाई कहाँनेर असहयोग भयो देखाउन चुनौती दिए। शान्ति प्रक्रिया सफल बनाउन असहयोग गरेकाले कङ्ग्रेसको अस्तित्व सङ्कटमा परेको भनी आएको प्रधान मन्त्रीको अभिव्यक्तिलाई कोइरालाले 'गैरजिम्मेवार' भनी टिप्पणी गरे। शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन माओवादी नै यतिखेरको बाधक भएको उनको भनाई छ। यदि प्रधान मन्त्रीले चाहने हो भने यही सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सक्ने दाबी पनि उनले गरे।

1 comment:

  1. Thik kura garnubho sujata ji le. Hajur chahi mantri nabanisiyo la yo pali . Nepali congress ma lagera barsau dekhi sangharsha gairaheka mahila harulai pani esso palo dinuhunechha bhanne aasa gareka chau hami nepali harule.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक