20111112

साउदी अरबमा नेपालीहरुको बिजोग, विभिन्न अस्पतालमा राखिएका ४४ वटा नेपाली कामदारका शव समेत अलपत्र छन !!!

‘हामीले हरेक महिना तीन दर्जन शवहरू पठाइरहेका छौं’ : घिमिरे
साउदी अरबको विभिन्न अस्पतालमा राखिएका ४४ वटा नेपाली कामदारका शव स्वदेश ल्याउने पक्रिया थालिएको त्यहाँको रियादस्थित नेपाली दुतावासले जनाएको छ । दूतावासका अनुसार हत्या गरिएका, दुर्घटनामा मारिएका र अत्महत्या गरेका कामदारको शवहरू अस्पतालमा सुरक्षित छन् । तीमध्ये दुई वर्षअघि मृत्यु भएका कामदारहरूको शव समेत
छन् । दूतावासका उपनियोग प्रमुख हरिश्चन्द्र घिमिरेले कतिपयमा स्पोन्सर पत्ता नलागेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जनाए । साउदी आउन अनुमति दिने स्पोन्सरले कामदारको मृत्यु भएमा स्वदेश पठाउनुअघि पनि अनुमति दिनुपर्छ । ‘यहाँ मृतकको पनि भिसा चाहिन्छ,’ उनले भने, ‘भिसा लाग्न स्पोन्सरको अनुमति चाहिन्छ ।’ अहिले त्यहाँ रहेका शवहरूमा अकुम मिया कवरी (धनुषा), प्रवीन श्रेष्ठ (झापा), पवित्र तामाङ (इलाम), भलै दमाई (इलाम), अञ्चुतकुमार अधिकारी (सुनसरी), मानेश्वर नेपाली (ललितपुर), राजीवकुमार उपाध्याय (कपिलवस्तु), विष्णु शाही समुद्री (पाल्पा), हरिराम थापामगर (धादिङ), रामआशिस महरा (सिराहा), ज्ञानबहादुर कामी (बागलुङ), कमलबहादुर श्रेष्ठ, दिलजंग गुरुङ, प्रेमनारायण भुसाल, राजकुमार राई (मोरङ), चानु दोबी, गौतमकुमार राउत, राजेन्द्र यार, दिलबहादुर श्रेष्ठ, राजन घर्ती (नवलपरासी), मीनबहादुर लामा (नवलपरासी) छन् । त्यस्तै जीवन आले, नारायण यादव (धनुषा), सन्तुराज नेवाङ (पाँचथर), मानसिंह खत्री (प्यूठान), उमा थापा मगर (सिन्धुपाल्चोक), बर्फिन दाउक, टेककुमार गाह (नवलपरासी), दलुवा कुँवर (बझाङ), सुम्बाकुमार अर्याल (नवलपरासी),  श्रीरामचलित्र कापड केवट (धनुषा), तेजबहादुर गुरुङ (धादिङ), सोमबहादुर सुनवार (चितवन), शिवजी साह (रौतहट), होमबहादुर राई (खोटाङ), कमलप्रसाद पौथा (गुल्मी), पशुराम विके (इलाम), छेदीलाल चौधरी (मोरङ), एमडी ओमार मुसालमान (कपिलवस्तु), कमल मुखिया कुमाल (अर्घाखाँची), शालिकराम पौडेल (पाल्पा), प्रकाश अधिकारी (नुवाकोट) र नारायण भण्डारी (कास्की) छन् । ‘केही गैरकानुनी हैसियत, परिचयपत्र गलत भएकाहरू पनि छन्,’ उनले भने, ‘सबैभन्दा जटिल यस्ता प्रकृतिको शव पठाउन भइरहेको छ ।’ कतिपयको अस्पतालको शुल्क दिनप्रतिदिन बढ्दै समेत गइरहेको छ । मृतक र स्पोन्सरको ठेगानासमेत पत्ता लाग्न नसकेकाले शव पठाउन अड्किएको दूतावासले जनाएको छ । गैरकानुनी कामदारको शव स्वदेश पठाउन लाग्ने खर्च स्पोन्सरले नबेहोर्ने र परिवारले समेत धान्न नसक्ने भएकाले समस्या भएको घिमिरेले बताए । वैदेशिक रोजगार प्रद्र्धधन बोर्डका अनुसार कल्याणकारी कोषमा योगदान पुर्‍याएका मृतक कामदारको शव भने रकम अभावले रोकिएको छैन । ‘योगदान दिएका मृतकको शव ल्याउन बोर्डबाट समेत बेहोर्ने गरिएको छ,’ कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने । घिमिरेले छिटोभन्दा छिटो प्रक्रियालाई टुंग्याएर शवलाई स्वदेश पठाइने जानकारी दिए । ‘हामीले हरेक महिनाजसो तीन दर्जन शवहरू पठाइरहेका छौं,’ उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक