20111118

अन्तराष्ट्रिय कलाकार मँचको शाखा बिस्तार हुने क्रम जारी, युरोपमा बन्यो मँचको पहिलो महादेश स्तरीय महाशाखा

 फ्रान्स, जर्मनी, बेल्जियम, पोल्याण्ड, लग्जेम्बर्ग, नेदरल्याण्डस, स्पेनबाट प्रतिनिधित्व, अन्य देशमा पनि शाखा बिस्तार गरिदै 
अन्तराष्ट्रिय कलाकार मँच , अमेरिकाको विधानअनुसार शाखाहरु बिस्तार हुने क्रम तिब्र गतिमा अघि बढेको छ। यो वर्षभित्र विश्वका कम्तिमा ३० मुलुकमा आफ्नो शाखा बिस्तार गर्ने योजनामा रहेको मँचका शाखा/प्रशाखा खुल्ने क्रम जारी रहेकै बेला अब महादेशस्तरीय महाशाखाहरु समेत गठन हुने क्रममा तिब्रता आएको छ । यसैअनुरुप युरोपका बिभिन्न मुलुकहरुमा रहेका  कला र संस्कृतिमा बिशिष्ठ योगदान दिनुहुने, कला र सँस्क्रिती लाई माया गर्नुहुने विशिष्ट ब्यक्तीहरुको सहभागीतामा मँचको एक युरोपस्तरीय युरोप महाशाखाको गठन गरिएको छ । फ्रान्स, नेदरल्यान्डस, जर्मनी, स्पेन, बेल्जियम, लक्जम्बर र  पोल्यान्डका कलाकारहरुका साथै बिभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर नेपाली भाषा, कला, साहित्य र संस्कृतिको बिकासका लागि समर्पित व्यक्तित्वहरुको सहभागीता रहेको उक्त महाशाखालाई अन्तराष्ट्रिय कलाकारको मँचको विधानअनुसार हालै स्वीकृति प्रदान गरिएको कुरा मँचका केन्द्रिय प्रबक्ता एबम सचिब प्रकाश नेपालले बताउनुभएको छ ।
अमेरिकामा मुख्य कार्यालय र केन्द्रिय समिती कार्यरत रहेको अन्तराष्ट्रिय कलाकार मँचको बिधान, निती, नियम पूर्ण रुपमा पालना गर्दै कला र सँस्कृतिको लागि कार्य गर्ने गरी र मँच को केन्द्रिय समितिको निर्देशन मुताबिक युरोप महादेशमा सक्रिय रुपमा काम गर्न केन्द्रकै पहल र सक्रियतामा गठित अन्तराष्ट्रिय कलाकार मँच, युरोप महाशाखामा नेपाली भाषा र संगीतको बिकासमा वर्षौंदेखि आफूलाई समर्पण गर्दै, नेपाल लगायत विश्वका विभिन्न मुलुकहरुमा गएर नेपाली वालवालिकाहरुका साथै बिदेशी नागरिकहरुलाई समेत नेपाली कला र संस्कृतिको बारेमा प्रशिक्षण गराउने कार्यमा अहोरात्र लागि पर्नुभएकी श्रीमती नीता श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त महा शाखामा गीत, नाटक लगायत साहित्य लेखन र निर्देशनमा ख्यातिप्राप्त सहित्यकार तथा चर्चित कलाकार श्री पुष्प बरुवालनेपाल टेलिभिजनका कार्यक्रमहरुमा कार्यक्रम उत्पादक तथा संचालकको रुपमा कार्य गर्नुका साथै दर्जनौ टेलिफिल्म, फिचर फिल्म तथा म्युजिक भिडियोहरुमा छायांकन, अभिनय तथा निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाउनु भएका व्यक्तित्व श्री उज्वल केसी, युरोपमा नेपाली कला र संस्कृतिको बिकास र प्रवर्द्धनका लागि संस्थागत तथा व्यक्तिगतरुपमा विसौ वर्षदेखि लागि पर्नुभएका नेपाली सांस्कृतिक गृह, फ्रान्सका प्रमूख श्री हेमन्त उपाध्याय, नेपाली लोक तथा शास्त्रिय न्रित्यमा बिशिष्ठ स्थान कायम गर्नु भएकी श्री चुनु वानिया, सपनाको नौलो संसार लगायतका दर्जनौ चलचित्र तथा रङमन्चहरुमा आफ्नो कुशल अभिनय कला प्रस्तुत गरिसक्नु भएकी कलाकार श्री कमला दाहालका साथै गायन तथा गीत, कथा, नाटक आदि लेखनमा उल्लेख्य योगदान दिदै आउनुभएका श्री रमेश त्वयना, श्री मित्रलाल पार्दे (मित्रलाल पार्दे नेपाली कलाकार मन्च, पोल्यान्ड शाखाका प्रेसिडेन्ट हुनुहुन्छ), श्री साबित्री रिजाल, श्री किरण केसी, श्री शिखर खड्का (खड्का गैरआवासीय नेपाली संघनर्थ वेष्ट फालन जर्मनीका अध्यक्ष समेत हुनुहुन्छ)श्री दयाराम पौडेल र संघर्षशील के.सी. लगायतका लेखन, कला तथा संस्कृति क्षेत्रमा समर्पित व्यक्तित्वहरुको प्रतिनिधित्व रहेको छ । हाललाई नेदरल्यान्डसको आमस्टरडम शहरमा कार्यालय रहने गरि गठित महाशाखाको पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ -

श्री नीता श्रेष्ठ (फ्रान्स)               - अध्यक्ष       
श्री पुष्प बरुवाल (नेदरल्यान्डस)    -  उपाध्यक्ष
श्री उज्वल केसी, (बेल्जियम)        -महासचिव
श्री साबित्री रिजाल (नेदरल्यान्डस)- कोषाध्यक्ष
श्री किरण केसी (फ्रान्स)             -कार्यकारी सदस्य
श्री कमला दाहाल  (जर्मनी)          -कार्यकारी सदस्य
श्री मित्र लाल पार्दे (पोल्यान्ड)      -कार्यकारी सदस्य
श्री चुनु बानिया (स्पेन)               -कार्यकारी सदस्य
श्री दयाराम पौडेल (जर्मनी)          -कार्यकारी सदस्य
श्री रमेश त्वयना (लक्जम्बर्ग)       -कार्यकारी सदस्य
श्री शिखर खड्का (जर्मनी)          -कार्यकारी सदस्य
श्री संघर्षशील के.सी.(नेदरल्यान्डस)- कार्यकारी सदस्य

त्यस्तै महाशाखालाई आवश्यकतानुसार उचित सल्लाह, सुझाव र परामर्शका लागि ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा  युरोपस्थित बिभिन्न संघसंस्थाहरुमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण, प्रवर्धन र बिकासका लागि संस्थागत तथा व्यक्तिगतरुपमा विशिष्ठ योगदान पुर्‍याउदै आउनुभएका लव्ध-प्रतिष्ठित व्यक्तित्वहरु  गैर आवासीय नेपाली संघका अध्यक्ष श्री अर्जुन काफ्लेज्यू, राष्ट्रिय एकता नेपाल, नेदरल्यान्डसका अध्यक्ष श्री फडिन्द्र पन्त, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्मानित फ्रान्सका वरिष्ठ नेपाली  सितारवाधक श्री नरेन्द्र बटाजु, बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर युरोपमा नेपाली संस्कृतिलाई प्रवर्धन गर्दै आएको म्याग्देली नेपाली प्रवासी नेपाली संस्था (MONA) बेल्जियमकाका पूर्व अध्यक्ष तथा गैर आवासीय नेपाली संघ बेल्जियमका नेशनल को-ओर्डिनेटर श्री शिव कुमार बरुवाल, नेदरल्यान्डसमा लामो समयदेखी बसोवास गर्दै आउनु भएका साहित्यकार तथा समाजसेवी श्री कृष्णबहादुर बिष्ट, लामो समयदेखि जर्मनीमा रही समाजसेवामा संलग्न रहनुभएका नेपाली कलाकार श्री शुशिल खड्का लगायतका समाजमा चीरपरिचित पदाधिकारीहरु रहनुभएको छ । महाशाखामा पदासिन सल्लाहकार समितिका पदाधिकारीहरुको नामावली निम्नानुसार रहेको छ -

श्री अर्जुन काफ्ले (स्पेन)
श्री नरेन्द्र बटाजु (फ्रान्स)
श्री हेमन्त उपाध्याय (फ्रान्स)
श्री कृष्ण बहादुर बिष्ट (नेदरल्यान्डस)
श्री शिव कुमार बरुवाल (बेल्जियम)
श्री फनिन्द्र पन्त (नेदरल्यान्डस)
श्री शुशिल खड्का (जर्मनी)
नव गठित महाशाखा तथा सम्पूर्ण पदाधिकारीहरुलाई अन्तराष्ट्रिय कलाकार मँचका केन्द्रिय अध्यक्ष श्री रामप्रसाद खनालले अमेरिकाबाट हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना दिदै अन्तराष्ट्रिय कलाकार मँचको शाखा, प्रशाखाहरु विश्वभर बिस्तार हुने क्रम द्रुत गतिमा अघि बढिरहेको र त्यसै अनुरुप यो महाशाखा गठन भएको बताउदै महाशाखामा भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान गरि अन्तराष्ट्रियस्तरमै ख्याती कमाई सकेका चर्चित व्यक्तित्वहरुका साथै लेखकयस क्षेत्रलाई अन्तरआत्माबाट माया गर्नुहुने समाजका अग्रजहरु समेतको उपस्थिति रहेकोले यो महाशाखाले युरोप महादेशभरिनै अन्तराष्ट्रिय कलाकार मँचको सन्जाल तयार पारिकला र संस्कृतिको प्रवर्धन गर्न सफल हुने कुरामा आफू पूर्ण आशावादि रहेको जानकारी दिनुभयो । यो महाशाखा बिस्तार सँगै मँच संसारका १८ देशमा बिस्तार भैसकेको र एक बर्ष भित्रमा कम्तिमा ३० देशमा पुर्याउने लक्ष्य राखिएको केन्द्रिय अध्यक्ष रामप्रसाद खनाल बताउनुहुन्छ ।   उहाँले कुनै देशमा अन्तराष्ट्रिय कलाकार मँचको शाखा खोल्न इच्छुक कला, साहित्य तथा गीत-संगीत क्षेत्रमा काम गर्न चाहने सबैलाई अन्तराष्ट्रिय कलाकार मन्चको ईमेल  internationalartistsforum@gmail.com मा अथवाwww.iafusa.blogspot.com सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो   महाशाखाका नवनियुक्त अध्यक्ष श्रीमती नीता श्रेष्ठले आफू धेरै लामो समयदेखि नेपाली कला र संस्कृतिको बिकासको लागि समर्पित रहदै आएको र आफ्नो रुचीनै नेपाली कला क्षेत्रको उत्थान गर्नु भएकोले आफूले अन्तराष्ट्रिय कलाकार मँचको विधानको अधिनमा रहि लक्ष र उद्देश्यअनुरुप कार्यहरु गर्दै जाने जानकारी दिनुभयो । उहाँले महासंघमा नेपाली भाषाकला र साहित्यक्षेत्रमा सम्मानित व्यतित्वहरुका साथै बिभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर नेपाली कला र संस्कृतिको बिकासको लागि कार्य गर्दै आउनुभएका व्यक्तित्वहरुसमेत रहनु भएको हुँदा यस क्षेत्रको बिकासका लागि आफूलाई अझ बढि हौसला मिलेको जानकारी दिनुभयो   त्यस्तै अन्तराष्ट्रिय कलाकार मँच कला र संस्कृतिसँग सरोकार राख्ने सबै व्यक्ति र संस्थाहरुको साझा अन्तराष्ट्रिय मँचको भएको हुँदा आफूहरु सम्बन्धित क्षेत्रमा संलग्न नेपाली वा गैरनेपाली सबै व्यक्ति तथा संस्थाहरुलाई यस मँचमा स्वागत गर्न र हातेमालो गरि अघि बढ्न अन्तराष्ट्रिय कलाकार मँच युरोप महाशाखा सधैं तत्पर रहने कुरा महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख कार्यक्रम संयोजक श्री पुष्प बरुवालले बताउनु भयो । उहाँले लोप हुनलागेका नेपाली लोक भाकाहरु, परम्परागत नाचहरु र प्राचिन वाजाहरुको संरक्षण गर्ने, गीत संगीतका क्षेत्रमा समर्पित व्यक्तित्वहरुलाई उचित सम्मान गर्ने, लुकेका प्रतिभाहरुलाई प्रतिभा प्रस्फुटनका लागि सहयोगका साथै कलाकारहरुको हितको लागि कलाकार कल्याणकारी कोष (artist welfare fund) खडा गरेर आपतकालीन अबस्थामा कलाकारहरुलाई आवश्यक सहयोग पुर्‍याउने कार्यमा महासंघ क्रियाशील रहने जानकारी समेत दिनुभयो ।  नेपाली कलाकारहरुको एकतानै अहिलेको अपरिहार्यता भएकोले संसारमा छरिएर रहेका लेखनकला तथा गीत संगीत क्षेत्रमा समर्पित र यो क्षेत्रलाई माया गर्ने सबैलाई एक ढिक्का हुन उहाँले सम्बन्धित सबैसँग आग्रह समेत गर्नुभयो । यसै हप्ता स्पेन मा बरिस्ठ लोक गायक राजेन्द्र लम्सालको नेत्रित्वमा स्पेन शाखा पनि गठन हुनेभएको कुरा मँचले जनाएको छ ।

अन्तराष्ट्रिय कलाकार मँचको शाखा वा च्याप्टर गठन गर्न निम्न कुराहरु अनिबार्य हुनुपर्छ ।

१ - एउटा देशमा एउटा मात्र शाखा हुनेछ । यदी दोस्रो शाखा खोल्न परेमा मँचको केन्द्र सँग अनुमती लिएर शहर स्तरिय उपशाखा खोल्न सकिने छ ।
२- एउटै देशका बिभिन्न शहरहरुमा शहर स्तरिय च्याप्टर खोल्न सकिने छ ।
३- केन्द्रको अनुमती लिएर, कम्ती मा सात जना र बढीमा आवश्यकता अनुसार  रहने गरी :
गीत, संगीत, न्रित्य, चलचित्र, नाट्य, हाँस्य वा कलाका कुनै पनि बिधा मा सम्बद्ध कलाकार भए सम्म कलाकार र सो नभएमा कला र सँस्कृतिलाई माया गर्ने, सक्रिय योगदान दिन सक्ने मध्येबाट छानी भेला वा बैठकबाट मँचको शाखा, च्याप्टर वा उपशाखा स्थापना गर्न सकिनेछ ।
४- केन्द्रमा बिधान अनुसार र बाहिर नयाँ शाखा स्थापना गर्दा कम्तीमा निम्नानुसार हुनुपर्ने छ :
* अध्यक्ष - एक
* उपाध्यक्ष - कम्तिमा एक र बढीमा तीन जना सम्म मात्र
* महा सचिब - एक
* सचिब - एक राख्न सकिने ( अनिबार्य छैन )
* कोसाध्यक्ष - एक
* सदस्यहरु - आवश्यकतानुसार राख्न सकिने
* सल्लाहकार - आवश्यकतानुसार राख्न सकिने ( अनिबार्य छैन )
संरक्षक - एक राख्न सकिने  (अनिबार्य छैन )

यो अन्तराष्ट्रिय कलाकार मँच भएकाले यसमा नेपाली मात्र होइन बिदेशि कलाकार पनि समाबेश गर्न सकिने छ । 
* दुई भन्दा बढी देश गाभेर वा महादेश स्तरिय महाशाखा पनि बनाउन सकिने छ त्यसले पनि अन्य शाखा वा च्याप्टरले जस्तै केन्द्रको निती निर्देशन र बिधान अनुरुप चल्नुपर्ने छ ।  
याद राख्नुहोला गठन भएपछी कार्य समितिको कार्यकाल २ बर्षको हुने छ र हरेक बर्ष महाशाखा, शाखा वा उपशाखा वा च्याप्टरले कम्तिमा २ वटा कला र सँस्क्रिती सम्बन्धि वा साँस्कृतिक कार्यक्रम गरी केन्द्रलाई त्यसको जानकारी दिनुपर्ने छ। अन्य जानकारी www.iafusa.blogspot.com मा हेर्न...सक्नुहुने छ । केही जिज्ञासा, सरोकार वा प्रश्न भए ईमेल गर्न वा फोन गर्न सक्नुहुने छ ।    

अन्तराष्ट्रिय कलाकार मँचको अत्यन्त जरुरी सुचना !

अमेरिका वा सँसारका कुनै पनि देशमा रहनुभएका कुनै पनि बिधाका कलाकार साथीहरु, अन्तराष्ट्रिय कलाकार मँच हामी तीब्र रफ्तारमा बिस्तार गर्दैछौ संसार भर। इच्छुक कलाकारले ईमेल वा फोन बाट संपर्क गर्न सक्नुहुन्छ । हरेक देशमा शाखा बनाउने, अमेरिकाको हकमा हरेक स्टेटमा शाखा बनाउने यो अभियानमा तपाईं पनि सरिक भएर कला र सँस्कृति रक्षाका लागि योगदान दिनुस् ।  
- रामप्रसाद खनाल, अध्यक्ष - 703-419-0924 (US)
- रमेश उप्रेती - महा सचिब - 443-824-2166
(US)
- प्रकाश नेपाल - सचिब एबम प्रबक्ता - 703-864-4141
(US)
ईमेल : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com

 

 अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती 

 

 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक