20120101

बहुरुपी नाटककार माओवादी अध्यक्ष प्रचण्डले अहिले आएर बाहुन क्षेत्रीलाई पनि पहिचान दिनुपर्ने प्रस्ताव अघि सारे ! बल्ल बुझेछन !

जनयुद्धकालमा जातीय पहिचान भन्दै बिभिन्न जातीय आधारमा मोर्चा र राज्यको घोषणा गरेको माओवादी अध्यक्ष प्रचण्डले अहिले आएर बाहुन क्षेत्रीलाई पनि पहिचान दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रचण्डले हालको अन्तरिम संबिधानमा ‘अन्य’ समूहमा राखिएका बाहुन, क्षेत्री, ठकुरी, सन्यासीसहित मुख्य जातीलाई पनि पहिचान दिनुपर्ने प्रस्ताव आफु संयोजक रहेको संवैधानिक समिति अन्र्तगतको उपसमितिमा राखेको आजको नागरिक र कान्तिपुर दैनिकले समाचार छापेका छन् । मुख्य जातीलाई अन्यमा राखिएको छ भन्ने ठूलो गुनासो आएको भन्दै प्रचण्डले पहिचान नपाएकाले पाउँदा भइरहेकाहरुको पहिचान गुम्न नहुने प्रस्ताव राखेका थिए । अन्य जातीलाई ‘आर्य-खस’ वा अर्को कुनै उपयुक्त शब्दले पहिचान दिनुपर्ने
प्रस्ताव पनि गरेका छन् । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र राजपा नेता प्रकाशचन्द्र लोहनीले पनि सवैभन्दा धेरै जनसंख्या भएको र मुलुकभर सवै स्थानमा छरिएर रहेको मुख्य जातीलाई अन्य भनिएको भन्दै असन्तुष्टी तिब्र भएकाले त्यसबारे छलफल गरि उपयुक्त पहिचान दिनुपर्ने बताए । यसअघि संवैधानिक समिति वैठकमा पनि माले महासचिव सीपी मैनाली र लोहनीले अन्य जाती भनेर ठूलो जनसख्यालाई पहिचानबिहीन बनाइएको भन्दै यो मुद्दालाई जोडदार रुपमा उठाएको नागरिक दैनिकले छापेको छ ।

काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले बाहुन क्षेत्रीलाई ‘अन्य’को शिर्षकबाट हटाएर पहिचान दिन उपसमितिमा छलफल भएको, स्वेच्छिक अबकाश रोज्ने लडाकूलाई २० दिनभित्र बिदाई गरिसक्ने, अंग्रेजी नयाँ बर्षको सुरुवातसँगै नेपालमा चिसो बढेको र हिमाली क्षेत्रमा हिमपात भएको तथा माओवादी बिबाद मिलाउन प्रचण्डले तीन प्रस्ताव अघि सारेको लगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । नागरिक दैनिकले निगमले अरुलाई पनि डुबाउँदै छ शिर्षकमा तेल अभावबारे मुख्य समाचार छापेको छ । महंगोमा किनेर सस्तोमा तेल बेच्दै आएको निगम पछिल्लो दिनमा ऋणको भरमा चलिरहेको र यस्तै अबस्था रहे तेलको कारण मुलुकको आर्थिक अबस्था धरासायी हुने समाचारमा उल्लेख छ । नागरिक दैनिकले नै नेपाल बिद्युत प्राधिकरणलाई निजीमात्र हैन सरकारी बित्तिय संस्थाले पनि ऋण दिन नमानेको समाचार छापेको छ । यस्तै महानगरपालिकामा चाँडै सिटी टुर बस संचालन हुन लागेको समाचार पनि नागरिक दैनिकमा छापिएको छ । एमालेमा ८ र १२ राज्यको दुई वैकल्पिक प्रस्तावसहित राज्य पुनसंरचना बहस सुरु भएको सवैजसो दैनिक पत्रिकाले छापेका छन् ।
संबिधानसभा म्यादबारे सर्वोच्चले दिएको फैसला पुनरावलोकनका लागि नजिर खोजिरहेको सरकारले तीनवटा उदाहरण भेटाएको नेपाल समाचारपत्र दैनिकले छापेको छ । कारोवार दैनिकले नेपालमा वैंकको निक्षेप बढेपपनि फाइनान्सहरुको घटेको समाचार छापेको छ । कारोवार दैनिकले नै नयाँ बर्षमा ठमेल क्षेत्रमा ६ करोडको कारोवार भएको समाचार छापेको छ ।
नयाँ पत्रिका दैनिकले पूर्व राजकुमारी प्रेरणासिंहको शरिरबाट १४ किलो बोसो झिएको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । आर्थिक अभियान दैनिलके भारतको बाटो हुँदै गैरकानुनीरुपमा बिदेश जाने नेपालीहरुलाई भारतले रोक्न थालेको समाचारलाई मुख्य समाचार बनाएर छापेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक