20120212

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजीनामा माग गरिरहेको आफ्नै पार्टी माओवादीको वैद्य समूहलाई सदनमा अबिश्वास प्रस्ताव ल्याउन चुनौती

लडाकु अहिले नेतृत्वविरुद्ध आक्रोसित छन् र भन्छन्  "यो त जनयुद्ध होइन, धनयुद्ध पो रहेछ"
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका दुई नेता विजयकुमार गच्छदार र जयप्रकाश गुप्ता एसियाकै सबभन्दा ठूला भ्रष्टाचारी रहेको आरोप 
 प्रधानमन्त्री र एमाले बरिष्ठ नेता माधवकुमार नेपालवीच करिव डेढ घण्टासम्म छलफल
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो राजीनामा माग गरिरहेको आफ्नै पार्टी माओवादीको वैद्य समूहलाई सदनमा अबिश्वास प्रस्ताव ल्याउन चुनौती दिनुभएको छ । सिंहदरवारमा आइतवार बसेको पार्टीको स्थायी समिति वैठकमा प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानको काम पुरा नगरि मैदान खाली गरेर नभाग्ने स्पष्ट पार्नुभएको वैठकमा सहभागी एक नेताले बताए । स्थायी समिति बैठकमा वैद्य पक्षले फेरि भट्टराईको राजीनामा माग गरेपछि वैठकमा भट्टराईले राजीनामा नदिने वरु अबिश्वास प्रस्ताव सामना गर्न आफु तयार रहेको बताउनुभएको थियो । ‘कसैले लहडका भरमा राजीनामा माग्दैमा दिन्न’-भट्टराईको भनाई उदृत गर्दै ती नेताले भने-’शान्ति र संविधानको कार्यभार पुरा नगरेसम्म कुर्सी छाडेर भाग्दिन ।’ माओवादीले अहिले पनि शान्ति र संविधानको नेतृत्व लिएर त्यसलाई पुरा गर्न सकेन भने मुलुक र पार्टी दुवै संकटमा पर्ने भन्दै प्रधानमन्त्रीले जनता र कार्यकर्ताको भावनामाथि खेलवाड नगर्न वैद्य पक्षका नेतालाई आग्रह गर्नुभएको थियो ।  ओवादीबाहेक अरुको नेतृत्वमा तत्काल राष्ट्रिय सरकारको सम्भावना नरहेको भन्दै भट्टराईले आफ्नै नेतृत्वमा
त्यस्तो सरकार सम्भव रहेको बताउनुभएको थियो । शनिबारको वैठकमा अध्यक्ष प्रचण्डले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएर प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा नयाँ टीम पठाउन प्रस्ताव गर्नुभएको थियो । तर, वैद्य पक्षले भने बाबुराम भट्टराई सरकारलाई दक्षिणपन्थी र राष्ट्रघाती भन्दै सडक प्रर्दशनसमेत गरेकाले भट्टराईले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।
सरकार परिवर्तन की पार्टीका तर्फबाट प्रस्ताव गरिएका मन्त्रीमात्र परिवर्तन भन्ने बहस माओवादीभित्र सुरु भइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले बरिष्ठ नेता माधवकुमार नेपालवीच करिव डेढ घण्टासम्म छलफल भएको छ । सोमबार राती साढे नौ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई करिव ११ बजे त्यहाँबाट बाहिरिनुभएको थियो । दुई नेतावीचको अन्तरङ्ग कुराकानीमा भूमिगतकालका सम्बन्धदेखि शान्ति र संबिधान निर्माणका बिषयमा समेत कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले संबिधान निर्माणलाई गति दिने र राष्ट्रिय सहमतिको सरकार बनाउने बिषयमा दुई नेतावीच कुरा भएको बताउनुभयो । शान्ति प्रकृया एउटा गतिमा अघि बढिरहेकाले अब संबिधान निर्माणमा जोड गर्न र त्यसका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्न भट्टराईले नेपाललाई आग्रह गर्नुभएको पाण्डेले बताउनुभयो ।
एमाले बरिष्ठ नेता नेपालले भने भट्टराई सरकारप्रति आफु असहिष्णु नरहेको र सरकार परिवर्तन भइहाल्नुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभएको नेपालका सहयोगी बिष्णु रिजालले जानकारी दिनुभयो । सरकार परिवर्तन भइरहँदा मुलुकमा अस्थीरता हुने भएकाले यही सरकारलाई राष्ट्रिय स्वरुप दिनेतर्फ भूमिका खेलिदिन भट्टराईले नेपाललाई आग्रह गरेको रिजालले जानकारी दिनुभयो ।
खास खास समयमा दुई नेतावीच अन्तरङ्ग कुराकानी हुने गरेको भन्दै रिजालले शान्ति र संबिधानलाई निष्र्कषमा पुर्‍याउन दुई नेतावीच सकारात्मक छलफल भएको बताउनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाका दुई नेता विजयकुमार गच्छदार र जयप्रकाश गुप्ता एसियाकै सबभन्दा ठूला भ्रष्टाचारी रहेको आरोप लगाउनुभएको छ । फोरमको तेस्रो सप्तरी जिल्ला अधिवेशनको उद्घाटन गर्दै यादवले निकट भविष्यमा हुने तेस्रो मधेश आन्दोलनमा मधेशी समुदायले गच्छदार र गुप्तालाई समाप्त गर्ने चेतावनी दिनुभयो ।
मधेशी जनअधिकार फोरमसँग स्व. गिरिजा प्रसाद कोइरालाको उपस्थितिमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन नगरे आफूहरुले तेस्रो मधेश आन्दोलन गर्ने चेतावनी यादवले दिनुभयो । मधेशलाई उपनीवेशवादबाट मुक्त गर्न र समग्र मधेश स्वायत प्रदेश निर्माणको लागि आफू बलिदान दिन तयार रहेको उहाँले बताउनुभयो । फोरमबाट फुटेर नयाँ पार्टी खोलेका गच्छदार र गुप्तालाई माओवादीको पिछलगुवा नबन्न यादवले आग्रह गर्नुभयो ।
साढे तीन वर्षभित्र संविधान बन्न नसकेको बताउँदै अब चार महिनामा जतिसुकै फूर्ति लगाए पनि संविधान नबन्ने दावी गर्नुभयो । प्रमुख तीन दल एमाले, काँग्रेस र एकीकृत माओवादीले मधेशी, आदीवासी जनजाति र दलित समुदायलाई अधिकारबाट बन्चित राख्नका लागि संविधान बनाउन नचाहेको आरोप लगाउनुभयो ।
यादवले संविधान बने तापनि नबने तापनि फोरम नेपालले समग्र मधेश स्वायत्त प्रदेश लिएरै छाड्ने जिकिर गर्दै सरकारमा सहभागी मधेशी मोर्चाका नेताहरु वर्तमान सरकारमा मधेश विरोधीको रुपमा देखा परेको बताउनुभयो ।
mawobadi ladaku
 जनवादी सत्ता स्थापना गर्ने भन्दै सशस्त्र संघर्षमा होमिएका माओवादी लडाकु यतिबेला भविष्य अन्योलमा परेकोमा चिन्तित भएका छन् । जनताको मुक्तिका लागि भनेर दीर्घालीन जनयुद्धमा लागेका र माओवादी शान्त्रिप्रक्रियामा आएपछि करीब ५ वर्ष सम्म अस्थायी शविरमा बिताएका लडाकु अहिले नेतृत्वविरुद्ध आक्रोसित छन् र भन्छन्, यो त जनयुद्ध होइन, धनयुद्ध पो रहेछ । स्वेच्छिक अवकाश रोजेका लडाकुहरु आफुलाई आफ्नै पार्टीले धोका दिएको बताउँछन् ।  रोल्पाका एक लडाकुले आफुहरुलाई पार्टीले १० वर्षसम्म कामदारका रुपमा प्रयोग गरेको र अहिले ज्याला दिएर पठाउन लागेको बताए । उनले भने “१० वर्षसम्म कालापहाड गएका थियौं, अब अढाइ लाख लिएर घर फर्किँदै छौं । तर ज्यामीलाई दिएको ज्यालासमेत फेरी आफैले लुटेर नेताहरुले ठेकेदारको चरित्र प्रस्तुत गरेको लडाकुहरुको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक