20120314

बाबुराम भट्टराईको सरकार हत्यारा र अपराधीहरुको जमात होइन भने, बाबुराम हत्यारा र अपराधीका नाइके होइनन भने यसो किन गरे त ??

- (चितवनबाट चाँदनी हमाल, सिराहाबाट मिथिलेश यादव र बाँकेबाट रुद्र खड्काको रिपोर्ट)
चितवनमा सञ्जय लामा हत्याका एघार अभियुक्त, सिराहाका अमिताभ र बाँकेका सगिर खाँले जेलभित्रैबाट फागुन दोस्रो साता सिंहदरबारमा ठूलो बाजी मारे। उनीहरूले सरकारको मुद्दा फिर्ता निर्णयमार्फत् विभिन्न जघन्य फौजदारी अभियोगबाट सफाई पाए। तीन महिनाअघि भरतपुर कारागार आक्रमणमा शिव पौडेल
मारिएपछि राजनीतिक दबाबमा उनीसहित बाँकी एघारको पनि मुद्दा फिर्ता गरिएको छ। सांसद हत्या, राज्यविरुद्ध अपराध, हातहतियारलगायत अभियोगको चाङमा रहेका सिरहा, भेरिया-३ का ३५ वर्षीय उदयनारायण अडगरिया यादव 'अमिताभ' पनि ती सबैबाट सर्लक्कै मुक्त हुनपुगे। मन्त्रिपरिषद निर्णयबाट त्यत्तिकै खुसी भए, बाँके, कम्दी-४ का सगिर खाँ, जसलाई दुई वर्षअघि स्थानीय दाजुभाइ अब्दुल बारिज र अब्दुल ललिज खाँलाई अपहरण गरेको अभियोग लागेको थियो।  भरतपुर कारागारमा अन्य बन्दीले आक्रमण गरी घाइते भएका पौडेलको पुस २ मा मृत्यु भएको थियो। सरकारले घटनामा भएको आफ्नो कमजोरी लुकाउँदै कांग्रेसको दबाब टार्न नसकेर पौडेलसहित ११ विरुद्धको मुद्दा फिर्ताको निर्णय गरेको हो। अमिताभ भने सिराहा
प्रहरीका पहिलो श्रेणीका 'मोस्ट वान्टेड' हुन्। २०६३ असोज ७ मा तत्कालीन सांसद कृष्णचरण श्रेष्ठको हत्या, त्यही वर्ष लगदीगोठ प्रहरी चौकी आक्रमण र हतियार लुटपाट एवं धनुषामा हातहतियारसहित पक्राउका अभियोग उनीविरुद्ध छन्। जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका तत्कालीन दोस्रो वरियताका नेता उनलाई गत जेठमा धनुषाबाट पक्राउ गरिएको थियो। बाँकेका सगिरले २०६६ मंसिर १ गते वारिक र ललिज खाँलाई कटुवा पेस्तोल देखाई अपहरण गरेको आरोप छ। दुवै बन्धक लुकाइएको ठाउँबाट भाग्न सफल भएका थिए। मृत्युपछि सरकारबाट चोख्याइएका पौडेल राजनीतिक आवरणमा ठेक्कापट्टाकेन्द्रित दादागिरी र अपराधमा संलग्न समूहका नाइके मानिन्थे। यस्तै समूहमा संलग्न उनका भाइ गोपीको पनि हत्या भएको थियो। त्यही प्रतिशोधमा एमाले निकट युवा संघका सञ्जय मारिएको अनुसन्धानले देखाएको छ। तरुण दल चितवनका अध्यक्ष शिव त्यही शृंखलामा मारिएका हुन्।
चितवनको राजनीति र न्याय क्षेत्र लगातार गोपी र सञ्जयको मुद्दामै रुमल्लिँदै आएकोमा कारागार आक्रमण र शिवको मृत्यु हुन पुगेको हो। सञ्जयको मुद्दा हेर्ने अधिवक्ता कमल पाठकमाथि भदौ २१ ग्ाते आक्रमणसमेत भएको थियो। मुद्दाकै विषयलाई लिएर अधिवक्ताहरूबीच पनि फाटो आएकोे छ। अधिवक्ता गोन्दि सिग्देलको अध्यक्षतामा रहेको जिल्ला बार एसोसियसनसमेत यिनै मुद्दाका कारण दुई चिरा भएको छ। अधिवक्तामाथि आक्रमण हुँदा बार चुप रहेको भन्दै सचिवसहित आठजनाले गत पुसमा राजीनामा दिएका थिए।
लामा र पौडेल दाजुभाइ हत्यासँग जोडिएको चितवनको मुद्दा फिर्ताभन्दा कम गम्भीर छैन, सिराहाका अमिताभको मुद्दा फिर्ती पनि। उनीमाथि सिरहा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद श्रेष्ठकै हत्या गरेको अभियोग छ। उनी विभिन्न अपहरणका घटनासँग लगातार जोडिँदै आएका छन्। सगिरले आफ्नै गाउँका लल्लन खाँसँगको पुरानो रिसइवी साँध्ने क्रममा उनका दुई भाइ अपहरण गरेको बताइन्छ। लल्लनको जाहेरीले २०६६ माघ २८ गते प्रहरीले सगिरविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा अदालतमा पुर्‍याएको थियो।
स्थानीयका अनुसार मुद्दा चल्दै गर्दा सगिर माओवादी कार्यकर्ता बनेका हुन्। 'कहिले राप्रपा, कहिले मधेसी जनाधिकार फोरमको कार्यकर्ता बताउँदै आएका सगिर पछिल्लो समय माओवादी नेताको व्यवहार गर्थे,' एक गाउँलेले भने, 'अदालतमा चल्दै गरेको मुद्दा फिर्ता लगाउन रहेछ।' हाल उनी माओवादीका जिल्ला कमिटी सदस्य छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक