(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120408

अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यालय ह्वाइट हाउसको आसपासमा दाह्रीवालहरुको आन्दोलन !

आजभोलि अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यालय ह्वाइट हाउसको आसपासमा केही दाह्रीवालहरु दिनदिनै जम्मा हुन्छन् र जुलुस गर्छन् । उनीहरुले सरकारको विरुद्धमा भाषणबाजी समेत गर्छन् ।आखिर किन यसो गरिरहेका होलान् उनीहरु ?अनी किन दाह्रीवाल मात्र आन्दोलनमा होमिएका होलान् ? यसले अवश्यपनि एउटा प्रश्न जन्माउनु स्वभाविकै हो । कतै बाराक ओबामाले पनि दाह्री पाल्नुपर्छ भन्ने माग गर्दै उनीहरु आन्दोलनमा त उत्रिएका होइनन् ? वास्तवमा यी दाह्रीवाल तथा दाह्रीप्रेमीहरु सरकारको पछिल्लो कदमको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । सरकारले दाह्री जुंगाको सौन्दर्य प्रशाधनका सामाग्रीमा लाग्दै आएको करमा वृद्धि गरेको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका छन् । सरकारले करमा वृद्धि गर्दा दाह्रीवालहरुको अधिकार कटौती भएको उनीहरुको दाबी छ । कर वृद्धि हुँदा आफुहरुलाई दाह्रीको स्याहारसुसार गर्न बढि पैसा लाग्ने र दाह्री पाल्ने अधिकारबाटै बञ्चित हुनुपर्ने अवस्था आएको दाबी दाह्रीवालहरुको रहेको छ । ओबामा प्रशासनले भने दाह्रीवालहरुको यो गुनासोको अझैसम्म सुनुवाइ गरेको छैन । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________