20120409

पखाला लाग्यो भनेर दुई दिन घरबाट ननिस्केका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहानै डोटी हानिए

खनाल हिजोआज हरेक दिन टेलिफोनमा, सुशील कोइराला अझै राजधानीबाहिरै, बाबुराम कुचो समाएर सडकमा ! 
पखाला लाग्यो भनेर दुई दिन घरबाट ननिस्केका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहानै डोटी हानिए । शान्ति रसंविधानका विषयमा सहमति जुटाउन होइन, विवाद र आरोपप्रत्यारोपले थलिएको आफ्नैपार्टीभित्रको पनि आफ्नै लाइनका कार्यकर्तालाई प्रशिक्षण दिन । संविधानसभामाप्रतिनिधित्व गर्ने सबै दलहरुको सामुहिक छलफल नै छाडेर प्रचण्ड डोटी हानिएका हुन् । संविधानसभाको सबैभन्दा ठूलो दलका पनि माउ नेता । अरु सबै भएर प्रचण्डमात्रै नहुनु भनेको बैठक र छलफलको औचित्य नै नहुनु हो । प्रचण्ड सहितका शीर्षनेताहरु राजधानी बाहिर आआफ्नै काममा व्यस्त भए भनेर पहिलेदेखि नै आलोचनाभैरहेको छ । आलोचना बढ्न थालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दिनअघिमात्रै प्रेस नोट निकालेर दलहरुलाई शान्ति र संविधानमा ध्यान केन्दि्रत गर्न आग्रह गरे ।नेताहरुलाई आन्तरिक काममा नलागेर शान्ति र संविधानमा लाग्न प्रधानमन्त्रीले गरेको यो आग्रह उनकै पार्टीका अध्यक्ष प्रचण्डले उल्लंघन गरेका छन् । आलोचना बढ्न थालेपछि एमाले अध्यक्ष झलनाथ खनालले भने यसबीचमा आफूराजधानी बाहिर नजाने घोषणा गरे । पार्टीका अरु सबै शीर्ष नेता भाषण गर्नठाउँठाउँमा पुगेपनि उनले राजधानी छाडेनन् । तर उनको राजधानी बसाई पनि फलदायीदेखिएको छैन । उनी राजधानी बस्नु र नबस्नुको भिन्नता खासै अनुभूति हुन सकेकोछैन । शान्ति र संविधान निर्माणबारे दलहरुबीच छलफल तीव्र पार्नुपर्ने बेला खनालहिजोआज हरेक दिन एकघण्टा टेलिफोनमा झुण्डिन थालेका छन् । जिल्लाका बिभिन्न दलकानेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र बुद्धिजीविसित छलफल गर्ने आफ्नो दैनिकीअनुसार उनले सोमबार चितवनमा फोन गरेर बिहानको एकघण्टा बिताए । त्यसक्रममा उनलेआफ्ना पुरानै पट्यारलाग्दा तिनै प्रतिबद्धता
र टिप्पणी सुनाए । उनको यो टेलिफोनसम्बाद चर्चा कमाउने एउटा पाटो बाहेक शान्ति र संविधान निर्माणको काममा सघाउ पुग्नेकाम होइन भन्ने सबैलाई थाहा छ । किनकी यो बेला अरुले भन्ने भनेको जेठ १४ भित्र जसरीपनि शान्ति र संविधान निर्माणको काम पूरा गर भन्ने हो । यही कुरा सुन्न हरेकदिन टेलिफोनमा झुण्डेर रमिता देखाउनु आवश्यक नै छैन । तीन दलका अर्का माउ नेता कांग्रेस सभापति सुशील कोइराला अझै राजधानीबाहिरै छन् । एक हप्ताभन्दा अघिदेखि बिभिन्न ठाउँमा पुगेर कोइरालाले भाषण गरेकागर्यै छन् । पार्टीको जागरण अभियान अन्तर्गत भएका कार्यक्रममा कोइरालाले शान्ति रसंविधानमा आफूले निकै काम गर्न खोजेको, तर माओवादीले गर्न नदिएकोआफ्नो पुरानै भनाई दोहोर्याईरहेका छन् । बिभिन्न जिल्ला घुम्दैफिर्दै सोमबारबिहान बुटवल पुगेका उनले अब आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने छाँट देखिएको बताए । तर अहिले सरकार भन्दा शान्ति र संविधानतिर ध्यान केन्दि्रत गर्ने बेला हो भन्नेसबैलाई थाहा छ । तर कोइरालालाई फेरि एकपटक सरकारको जोड घटाउ गर्ने जाँगर पलाएको छ ।
नेम्वाङको सकृयता
काम गर्नुपर्ने शीर्ष नेताहरु यसरी शान्ति र संविधान निर्माणको मेलो अलपत्रछाडेर आआफ्नै धूनमा बरालिन थालेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्रनेम्वाङको छटपटी बढेको छ । अरु केही गर्न नसकेपछि नेताहरुलाई लौ मिल्नोस्, छलफलगर्नुहोस्, यो पाराले त भएन है भनेर बेलाबेला घच्याउने नेम्वाङले सोमबार बिहानप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्नुभयो । बेलुकीपख उहाँले राष्ट्रपति डा.रामवरण यादवसित भेट गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीसितको भेटमा सभाध्यक्षनेम्वाङले चैत महिनाभित्रै शान्ति प्रकृया अन्तर्गत सेना समायोजनको काम सक्ने र संविधाननिर्माणको आधार तयार पार्ने यसअघिको सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्रीले पनि यसअघि भएको सहमति अनुसार चैत मसान्तभित्रै समायोजन सक्ने रसंविधान निर्माणका विवादित विषयमा पनि सहमतिको आधार बन्ने दावी गर्नुभयो । तरयसको आधार के भन्ने चाहिं उहाँ आफैंलाई थाहा छैन ।
मंगलबार र बुधबार गुप्तबास
राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीजस्ता संविधाननिर्माणका विवादित विषयमा यसअघि जति प्रयास गरेपनि सहमति जुट्न नसकेपछि नेताहरुदुई दिन एकान्तमा बसेर छलफल गर्ने तयारीमा छन् । राजधानीमा बसेर छलफल गर्दासञ्चारकर्मी पछि लागेर हैरान गर्ने हुँदा राजधानी बाहिरको कुनै गोप्य ठाउँमा पुगेरछलफल गर्ने उनीहरुको तयारी हो । यसअनुसार मंगलबार र बुधबार गोप्य बैठक बस्नेदलहरुबीच यसअघि नै सहमति भैसकेको छ । तर ठाउँको तय भने भैसकेको छैन ।प्रधानमन्त्रीसितको भेटमा सभाध्यक्ष नेम्वाङले यो कुरा सम्झाउँदा भट्टराईले यसअघिको सहमति अनुसार मंगलबार र बुधबार गोप्यवार्ता हुने जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक