20120507

अमेरिका र क्यानडामा रहेका आप्रवासी नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ नेजाको नयाँ नेतृत्व

अन्तराष्ट्रिय कलाकार मँच एबम नेपाल मदर डट कमद्वारा बधाई

न्यूयोर्क, मे ७ | अमेरिका र क्यानडामा रहेका आप्रवासी नेपाली पत्रकारहरुको  संगठन नेपाल अमेरिका पत्रकार संघ नेजाको आगामी दुई वर्षको लागि अध्यक्ष पदमा आङछिरिङ शेर्पा निर्विरोध निर्वाचित भएका छन् | आइतवार यहाँ सम्पन्न दुई दिने अधिवेशनले निवर्तमान महासचिव समेत रहेका शेर्पालाई यसरी अध्यक्ष पदमा सर्वसम्मतबाट निर्विरोध चयन गरेको हो | यसैगरी बाँकी कार्यसमितिमा पनि वरिष्ठ उपसभापति बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् | जसअनुसार निर्विरोध हुनेहरुमा महासचिव किशोर पन्थी,सचिव शिव विष्ट,कोषाध्यक्ष गीता पन्थ र क्षेत्रीय उपाध्यक्षहरुमा पुर्व क्षेत्रबाट पुरुषोत्तम ढकाल,पश्चिम क्षेत्रबाट जाङबु शेर्पा र डिसी मेट्रो क्षेत्रबाट विश्वराज थापा रहेका छन् | समितिको
सदस्यद्वयमा दिनेशजंग शाह र इन्दिरा चोङबाङलाई पनि सर्वसम्मत चयन गरिएको छ । अन्य सबै पदमा निर्विरोध निर्वाचित भएता पनि संथाको वरिष्ठ उपसभापति पदमा चाहिं निर्वाचन नै भएको थियो | जसअनुसार यस ग्लोब नेपाल डट कमका प्रधान सम्पादक गौतम दाहालले प्रतिद्वन्दी शर्मिला उप्रेतीलाई चार मतले पराजित गरी दाहाल सोही पदमा निर्वाचित भएका छन् | उनीहरुको निर्वाचनमा कूल ४८ मत खसेको थियो | जसमध्ये २६ मत प्राप्त गरी दाहाल विजयी भएका थिए भने उप्रेतीले २२ मत प्राप्त गरेकी थिइन् | उक्त अधिबेसनको निर्वाचन समितिमा योगेश उपाध्याय, गिरिश पोखरेल, शैलेश श्रेष्ठ र प्रताप अधिकारी रहेका थिए । निर्वाचन सम्पन्न भए लगत्तै निवर्तमान कार्यवाहक अध्यक्ष कृष्ण शर्माले नवनिर्वाचित अध्यक्ष आङछिरिङ शेर्पालाई पद हस्तान्तरण स्वरूप कार्यालयको साँचोको प्रतीक हस्तान्तरण गरेका थिए | अन्तराष्ट्रिय कलाकार मँचका अध्यक्ष्य एबम नेपाल मदर डटकमका प्रधान सम्पादक रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै नयाँ नेत्रित्वलाई बधाई दिनुभएको छ ।  

पहिलो बैठक सम्पन्न, विभिन्न विषयमा निर्णय
यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक बैठक अधिवेशनस्थलमा नै बसेको छ | पहिलो बैठकमा नवनिर्वाचित आङछिरिङ शेर्पाले सबै पदाधिकारीहरुलाई स्वागत गर्दै भावी कार्ययोजनाका बारे सामान्य चर्चा गर्नुभएको थियो | पहिलो बैठकले अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ | यसैगरी निवर्तमान नेतृत्वलाई पनि धन्यवाद दिदैं संस्थाको दक्षिणी क्षेत्रको उपाध्यक्षमा सुन्दर जोशीलाई चयन गरेको छ | यसैगरी संस्थाको मिडिया को अर्डिनेटरमा सूर्य थापालाई प्रस्ताव गरेको छ | यसैगरी कार्यसमितिका सबै पधाधिकारीलाई कोषको अभिवृद्धिका लागि मासिक २० डलर लेबी शुल्क लगाउने निर्णय गरेको छ र जसको सुरुवात पहिलो बैठक बताई गरिएको छ | कार्यसमितिको बाँकी क्षेत्रीय उपाध्यक्ष र तीन सदस्य आगामी बैठकबाट चयन गर्ने निर्णय पनि पहिलो बैठकले गरेको छ | यसैगरी कार्यसमितिको नियमित बैठक प्रत्येक महिनाको पहिलो आइतवार बस्ने निर्णय गरिएको छ | जसअनुसार समितिको दोश्रो बैठक आगामी जुन ३ तारिख बस्नेछ | पहिलो बैठकले संस्थाको वेभ साईट अपडेट र अन्य प्राविधिक कार्य सम्पन्न गर्नका लागि वरिष्ठ उपसभापति गौतम दाहाल र महासचिव किशोर पन्थीलाई जिम्मेवारी दिएको छ |
उद्घाटन सत्र
नेतृत्व चयन प्रक्रिया आरम्भ हुनु पहिले संस्थाको तेश्रो अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो | कार्यवाहक अध्यक्ष कृष्ण शर्माको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा संस्थाका सल्लाहकार योगेश उपाध्याय, संस्थापक अध्यक्ष गिरिश पोखरेल, सल्लाहकार प्रताप अधिकारी,नेपाल पत्रकार महासंघका पूर्व कोषाध्याक्ष शिव खडका,नेपाल टेलिभिजनका प्रदिप चापागाईं, नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिका पूर्व अध्यक्ष आनन्द विष्ट,नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय संयोजक खगेन्द्र जीसी,समाजसेवी तथा प्राध्यापक डा तारा निरौला लगायतले अधिवेशन सफलताको शुभकामनासहित मन्तव्य व्यक्त गर्नुभएको थियो | संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी उप प्रमुख सेवा अधिकारीले उद्घाटन गर्नु भएको कार्यक्रममा संथाका उपाध्यक्षद्वय शेखर ढुंगेल र विष्णु शीतल,महासचिव र आङछिरिङ शेर्पाले संगठनका विविध गतिविधिका बारे चर्चा गर्नुभएको थियो | सचिव शर्मिला उप्रेतीले संचालन गरेलो कार्यक्रममा कोषाध्यक्ष सहदेव पौडेलले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पठाउनु भएको शुभकामना संदेश पढेर सुनाउनु भएको थियो | कार्यक्रममा सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामांग , रिजउड नेपलिज सोसाइटीका अध्यक्ष श्री पराजुली, मृदुला कोइराला, अन्तराष्टिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, सगरमाथा टिभी सञ्चालक राम खरेल , एनआरएन बोर्ड अफ डाइरेक्टर तथा कानुन व्यवसायी रमेश श्रेष्ठले पनि शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेजाद्धारा प्रकाशित स्मारिका प्रयासको पनि विमोचन भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक