20120530

४०/५० जनाको समूहले आज दिउँसो १४ वटा ट्रकमा लुटपाट

यादवलाई आफ्नै घरबाट बाहिर निकालेर पहिले गोली र पछि खुकुरी प्रहार गरेर हत्या,  २० वर्षीया निकीता श्रेष्ठ मृत अवस्थामा फेला !
१४ वटा ट्रकमा नवलपरासीको डण्डा जङ्गलमा  लुटपाट भएको छ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत डण्डा र चोरमारा सडक खण्डमा पर्ने ४० कि.मी. भन्ने स्थानबाट ४०/५० जनाको समूहले आज दिउँसो ती ट्रकलाई रोकी लुटपाट गरेका हुन्। काठमाडौँबाट खच्चर र गधा लोड गरी नेपालगन्जतर्फ जाँदै गरेका सो ट्रकहरुलाई घना जङ्गलको बीचमा रोकेर प्रतिट्रक रु तीन हजारदेखि रु चार हजार जवरजस्ती असुल गरेका पीडित सन्तोष खतिवडाले बताए। पशु ढुवानी मापदण्ड २०६४ अन्तर्गत पशु सेवा विभाग र क्वारेन्टाइन चेक पोष्टको अनुमतिमा काठमाडौँस्थित एनिमल नेपालले नेपालगन्ज लग्दै गरेको गधा र खच्चरवापतको रकम नदिए कुटपिट गर्ने धम्की दिँदै जवरजस्ती रकम असुल गरी लगेको खतिवडाले जानकारी दिए। राजमार्गका विभिन्न स्थानमा रहेका युवाहरुले आफूहरुलाई पछ्याउँदै आएको र आफूहरु लुटिन सकिने जानकारी प्रहरीलाई दिँदादिँदै पनि प्रहरीले बेवास्ता गरेका कारण आफूहरु लुटेको खतिवडाले दुखेसो गरे। प्रहरी डण्डादेखि पश्चिम दुई
किलोमिटरसम्म मात्र आएर फर्केपछि लुटेराहरुले बीच जङ्गलमा ट्रक रोकी जबरजस्ती रकम लुटेर लगेको बताए। गएराति नै काठमाडौँबाट हिँडेका ट्रकहरुलाई धादिङको खानीखोला नजिक त्यहीका लुटेराहरुले लुट्ने प्रयास गरेका थिए। तर समयमै प्रहरी आएकोले प्रहरीकै स्कटिङमा नारायणघाटसम्म सकुसल आएको
खतिबडाले बताए। केही युवाहरुले धादिङमै पशु चिकित्सक सुदिप कोइरालालाई कुटपिट गरेर गैडाकोटका केटाहरुलाई फोन गरेर रकम असुल्न जानकारी गराएको खतिवडाले बताए। खतिवडाका अनुसार ना.३ ख ६४७२,ना.२ख ८४८३,ना.३ख६१४९,ना.३ ख ३६४४,ना.३ख ९९१२,ना.२ख ९११५,ना.३ख ९६२६,ना.२ख ८६४५,ना.३ख ५६१५,ना.३ख६८२९,ना.३ख ८४७३ र ना.३ ख ७४०४ नम्बरको ट्रकका चालकहरुबाट जबरजस्ती रकम असुल गरेर मात्र ट्रकहरु छाडेका थिए।
१८ स्थित मुन्टा पोखरीयामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। विराटनगर २० बस्ने भरत श्रेष्ठकी छोरी २० वर्षीया निकीता श्रेष्ठ मृत अवस्थामा फेला परेकी हुन्। हिजो बिहान ७ बजे घरबाट हिँडेकी र साँझसम्म घर नआउँदा आफ्नी छोरी हराएको हुँदा खोजी गरी पाँउ भनी इलाका प्रहरी कार्यालय रानीमा भरत श्रेष्ठले निवेदन दिएका थिए।निकीताको लास आज बिहान ७ बजे फेला परेको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताउनुभयो।
  पक्राउ परेका ८ जनालाई छुटाउन सडक बन्द गरी प्रदर्शन गर्ने र प्रहरीबीच सिरहाको बस्तीपुरमा झडप हुँदा प्रहरीसहित ५० जना घाइते भएका छन्। झडपमा घाइते हुनेमा कर्जन्हा ४ का सुभष महतो र ३ नम्वर वडाका सुदिप पासवान सहितका छन्।
घाइतेहरुको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचार भैरहेको स्थानीय इन्द्रेश राउतले बताए। झडपपछि बस्तीपुरमा तनाव छ भने प्रदर्शनकारी प्रहरीबीच दोहोरो झडप रोकिएको छैन्। अवस्था नियन्त्रणमा लिन सिरहा, बन्दीपुर मिर्चैया गोलबजारबाट थप प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

सिरहाको कर्जन्हास्थित जनसेवा उच्च माविलाई दान दिएको जग्गाको लालपुर्जा सम्वन्धी मुद्दाको वयानमा गएका साक्षी अपहरण गरेको उजुरीका आधारमा प्रहरीले विद्यालयका प्राचार्य सहित आठ जनालाई अदालत परिसरबाटै मंगलबार राति गिरफतार गरेका थिए। पक्राउ पर्नेमा प्राचार्य लक्ष्मी हाई सहित ८ जना छन्।

साक्षी बयानका लागि जग्गा दाता रामवावु महतो पक्षबाट वयानका लागि बोलाइएका रामभरोश शार्मा ठाकुर र दिपक धमलालाई विपक्षी विद्यालय पक्षधरले अपहरण गरेको उजुरीका आधारमा आठजनालाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख राजेश लाल कर्णले बताए।
 जनकपुर रेल्वेका महाप्रबन्धक सुरेसराज गिरीको हत्या गरिएको छ । धनुषा जिल्ला तारापट्टी सिर्सिया गाउँमा गएराति अज्ञात दुई व्यक्तिले यादवलाई आफ्नै घरबाट बाहिर निकालेर पहिले गोली र पछि खुकुरी प्रहार गरेर हत्या गरेका थिए । घटनाको प्रतिकारमा उत्रिएका स्थानीय चार जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर अवस्थामा रहेका दुईको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अरु दुई जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । हत्यारा फरार छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक