20120705

के के गरेर काठमाडौं फर्किए पूर्वराजा ज्ञानेन्द्र शाहले ?? राजा हुँदा र पूर्वराजा हुँदा उनिप्रतीको जनताको आकर्सण मा कुनै कमी देखिएन भन्छन पत्रकारहरु !


रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको पाँच दिने धार्मिक भ्रमण सकेर आज पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । पाँच दिनमा उनी तीन जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरुमा पुगेर पूजा गरेका थिए । उनले मुलुकमा नयाँ शक्तिको उदय हुने र त्यो राजसंस्था पनि हुन सक्ने बताएका थिए । काठमाडौ फर्किनु
अघि पूर्व राजा शाहले आफू बसेको होटल निवार्णामा यस क्षेत्रका उद्योगी व्यावसायी, सामाजिक संघसस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, विभिन्न दलका कार्यकर्ता, शिक्षासेवी र सर्वसाधारणसँग भेट गरेका थिए । पूर्व राजासँगको भेटमा उपस्थित अधिकांशले देशलाई बिखण्डन र जातजातिबीच हुन लागेको युद्धबाट बचाउन आग्रह गरेका थिए । उनीहरुले संबिधानसभाको निर्वाचनपछि दलहरु असफल भई मुलुकनै असफल सूचिमा पर्न लागेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई जोगाउन आग्रह गरेका थिए । भेटघाटपछि उनी भैरहवाको अन्नपूर्ण होटेलमा रहेको दुर्गा मन्दिरमा गाई पूजा गरेका थिए । पूर्व राजा दुर्गा मन्दिरमा पूजाका लागि आउने भनेपछि स्वागत गर्न सर्वसाधरणको निकै भिडभाड थियो । उनी भैरहवाको बुद्धचोकबाट दुर्गा मन्दिरसम्म स्थानीयसँग सामान्य सम्वाद गर्दै हिडेरै पुगेका थिए । 

नागार्जुनमा बसेका ज्ञानेन्द्र शाहलाई सिन्दुरजात्रा गरेर नारायणहिटी भिœयाउने र राजतन्त्रको पुनःस्थापना गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको घोषणा

kamal thapa
अनन्तराज न्यौपाने, विराटनगर,
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले नागार्जुनमा बसेका ज्ञानेन्द्र शाहलाई सिन्दुरजात्रा गरेर नारायणहिटी भिœयाउने र राजतन्त्रको पुनःस्थापना गर्ने घोषणा गर्नुभएको छ। विराटनगरमा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेलामा अध्यक्ष थापाले अहिलेको सरकारले आगामी चुनावलाई अनिश्चित गर्दै र≈यो भने आफ्नो पार्टीले ज्ञानेन्द्रलाई पुनः नारायणहिटीमा प्रतिस्थापन गर्ने चुनौती दिनुभयो।
“एकीकृत माओवादीको सर्वसत्तावादी सरकारले चुनाव चाहेकै छैन, चुनावको वहाना र आवरणमा आफ्नो सत्तालाई लम्ब्याउन मात्र खोजिरहेको छ”, थापाको भनाइ थियो– “यसो भएमा हामी सडकबाटै २०४७ सालको संविधानलाई बिउँताउँनेछौं। अति भइसकेको छ, अब हामी टुलुटुलु हेरेर बस्नसक्ने अवस्थामा छैनौं।” सर्वोच्च अदालतले म्याद थप्न नपाइने भनेर किटान गरिसकेको र भंग भइसकेको संविधानसभा बिउँताउनुको अब कुनै संवैधानिक, नैतिक, कानुनी र राजनीतिक आधार नभएको जिकिर गर्दै उहाँले अब चुनावको कुनै विकल्प नभएको स्पष्ट पार्नुभयो। थापाले अहिलेको सरकारबाट निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो। साथै नेपाली कांग्रेस र एमालेले भनेजस्तो कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पनि असंवैधानिक हुने उहाँको तर्क थियो।
थापाको आग्रह थियो, “आगामी निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउने हो भने बहालवाला वा भूतपूर्व प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्छ।” संविधानसभा भंग भएको वर्तमान अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीकै वैधानिकतामा प्रश्नचिह्न खडा भइसकेको चर्चा गर्दै उहाँले संवैधानिक आयोग र राजदूतको समेत नियुक्ति हुन नसक्ता गंभीर रूपमा राजनीतिक र संवैधानिक सङ्कट उत्पत्र भएको बताउनुभयो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक