20120722

बुटवलबाट सन्धीखर्कतर्फ आउँदै गरेको ना२ख ७९४८ नम्बरको गाडी अर्घाखाँचीको दहखोलामा आइतबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु

अर्घाखाँचीको दहखोलामा आइतबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।  १५ जनाको घट्नास्थलमै मृत्यु भएको हो भने  दुई जनाको सन्धीखर्कस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बुटवलबाट सन्धीखर्कतर्फ आउँदै गरेको ना२ख ७९४८ नम्बरको फोर्स गाडी अर्घाखाँचीको नरपानीस्थित दहखोलामा दुर्घटना भएको थियो । घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्दार गरिरहेका छन् । मृतक मध्ये चालक राजेन्द्र चौधरी, बाँकेका गाडी धनी नारायण पन्थी, अर्घाखाँची बंगलाकी सीता बस्नेत, केरुङ्गाका हेमराज खनाल र कपिलवस्तुका कृष्ण चौधरी बाहेक अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक