20120715

नवलपरासीको त्रिवेणीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी कम्तिमा ३९ जनाको मृत्यु

नवलपरासीको त्रिवेणीमा आइतबार दिउँसो भएको बस दुर्घटनामा परी कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।झुलानीपुरवाट त्रिबेणीतर्फ जादै गरेको लु १ ख २३५६ नम्बरको बस त्रिवेणीसूस्ता गाविस वडा नं. ९ लक्ष्मीपुरबाट गण्डक नहरमा खसेको प्रहरीले जनाएको छ । अहिलेसम्म ३९ जनाको शव निकालिएको छ । उनीहरुमध्ये २८ पुरूष, १० महिला र एक बालिका छन् । मृतकहरुमा अधिकांश भारतीय नागरिक रहेका छन् । २४ जनाको जनाको जीवितै उद्धार गरिएको छ । प्रहरी र स्थानीयवासीले उद्धार कार्य गरीरहेका छन् । उद्धारका लागि गण्डक नहरको पानी बन्द गरिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक