(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20120729

बरिष्ठ पत्रकार प्रविण गिरी र चन्द्रलाल झाको निधन

बरिष्ठ पत्रकार प्रविण गिरीको आज विहान निधन भएको छ । कलेजो क्यान्सरबाट पिडित रहनुभएका गरीको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको हो । ६१ बषिर्य गिरी एक हप्ताअघि अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाई आज विहान साढे सात बजे चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेपाल टेलिभिजनमा समाचार बाचनका लागि बेग्लै पहिचान बनाउनु भएका गिरीले सरकारी सेवाबाट अवकाश पाएपछि विभिन्न निजी सञ्चार माध्यममा समाचार सम्पादन तथा बाचनको काम गर्दै आउनुभएको थियो । उहाँकी श्रीमती दुई छोरा र दुई छोरी छन् ।
वरिष्ठ पत्रकार चन्द्रलाल झाको पनि अस्ती निधन भएको छ । लामो समयदेखि पार्किन्सन, मधुमेह, अल्जाइमर्स लगायतका रोगबाट पीडित पत्रकार झाको शुक्रबार बिहान आफ्नै निवास काठमाडौं मरुहिटीस्थित गणेशस्थानमा निधन भएको हो । झाको स्वास्थ्य अवस्था नाजुक भएपछि काठमाडौंको त्रिपुरेश्वरस्थित काठमाडौं अस्पतालमा उपचार भैरहेको थियो । बिहीबार अस्पतालले डिस्चार्ज गरेपछि झालाई परिवारले घरमा ल्याएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________