20120827

बडा दशैमा अमेरिकामा भब्य सांस्कृतिक कार्यक्रम हुने

अमेरिकाको भर्जिनिया मा आयोजित एउटा पत्रकार सम्मेलनमा युनाईटेड नेपालको आयोजनामा यस बर्ष दसैंको अबसरमा एउटा भब्य नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिइयो । अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार समेत रहेका युनाइटेड नेपालका अध्यक्ष एबम बरिस्ठ चलचित्र नायक सरोज खनाल, अर्का नायक किरण प्रताप केसी, मँचका केन्द्रिय सदस्य समेत रहेका चर्चित न्रित्य निर्देशक नबिन केसी, गायक सुनिल उप्रेतिले कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । यस बर्ष एउटा उत्कृष्ट कार्यक्रम गरिनेछ जहाँ राजेश हमाल देखी अमेरिका रहेका बिभिन्न कलाकारहरु समेत सहभागी हुनेछन । कार्यक्रम अक्टोबर १४ तारिखमा भर्जिनियाको मनाससमा अबस्थित हिल्टन पर्फर्मिङ आर्ट सेन्टरमा हुनेछ । उक्त कार्यक्रम लाई भब्य रुपमा सफल पार्न र सहयोग गर्न अन्तरास्ट्रिय कलाकार मँच अमेरिकाले अमेरिकाबासी नेपालीलाई आग्रह गर्दै मँच आफ्ना हस्तिहरु समेत संलग्न रहेको यूनाइटेड नेपालको आयोजना मा हुने उक्त कार्यक्रम लाई सफल पार्न लाग्ने मँच का अध्यक्ष रामप्रसाद खनालले जानकारी दिनुभएको छ । राकेश तुलाधरको निवासमा आयोजित उक्त पत्रकार सम्मेलनको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।












No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक