20120813

सान फ्रान्सिस्कोमा प्रशान्त– अमित म्यूजिकल नाइट अत्यधिक सहभागिताको साथ सम्पन्न


- ध्रुव थापा, क्यालिफोर्निया प्रतिनिधि 
अगस्त १२,२०१२,  नेपाली जनसम्पर्क समिति क्यालिर्फोनिया तथा बे एरिया नेपाली वुमेन अर्गनाईजेसनको संयुक्त आयोजनामा यहि अगष्टमा ११मा सनफ्रान्सिस्को को हिल्टन होटल मा ‘प्रशान्त– अमित म्यूजिकल नाइट’ सम्भवत बे एरिया नेपाली समुदायको सबै भन्दा धेरै उपस्थितिको साथ सम्पन्न भएको छ । दुइ
चरणमा बिभाजित कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण संघ संस्था, पत्रकार तथा बिशिस्ट अतिथिहरुलाई स्वागत तथा ब्याज धारण गरिएको थियो । औपचारिक कार्यक्रमको सुरुवात नेपाल र अमेरिकाको राष्ट्रिय धुन बजाएर गरिएको थियो । त्यसपछी कार्यक्रमका उद्घोसक हरिहर दाहाल र सोनिया केसीले सबैलाई स्वागत गर्दै कार्यक्रम संचालन गरेका थिए जसमा सह संयोजक राजेश थापाले स्वागत मन्तब्य राखेका थिए भने बे एरिया वुमेन अर्गनाइजेसनको तर्फबाट सुमिता थापा, नेपाली जनसम्पर्क समितिका अध्यक्ष ज्ञान दिप लामा, जनसम्पर्क समिति एकताका केन्द्रीय सदस्य बिनोद भट्ट लगायत यस कार्यक्रमका संयोजक चन्द्र कान्त धितालले आ आफ्नो मन्तब्य र धन्यबाद ज्ञापन गरेका थिए ।

प्रशान्त– अमित म्यूजिकल नाइट’ कार्यक्रममा इण्डियन आइडल प्रशान्त तामाङ र इण्डियन आइडलका अर्का सहभागी अमित पलको प्रस्तुति र मनजय श्री भट्ट सबैको केन्द्र बिन्दु रहेको थियो, साथमा स्थानीय कलाकारहरुले समेत विभिन्न गीत त नृत्यहरु प्रस्तुत गरेका थिए जसमा सबिना ढकाल,उष्मा खरेल र स्लेसा थापाको उत्कृस्ट नृत्य र पुजा र अमित, बुद्ध लो र सकुन राइले गीत गाएर मनोरंजन प्रदान गरेका थिए ।

होटल हिल्टनको प्लाजा हल, सनफ्रान्सिस्को क्यालिर्फोनियामा साँझ ७ बजेदेखि १२ बजेसम्म हुने भनिएको उक्त कार्यक्रम सदा झैँ नेपाली पारामा समयमा संचालन हुन् नसक्नु र साउण्ड सिस्टम र केहि प्राबिधिक कारणले गर्दा समयमा संचालन हुन् नसकेको जानकारी आयोजक मद्धेका केहि साथीहरुलाई सोध्दा ढिलो हुन गएको जानकारी गराएका थिए । उक्त कार्यक्रममा सहभागिताका लागि २५ डलर टिकट दर तोकिएता पनि सम्भवत बे एरियामा भएको अहिले सम्मकै कार्यक्रममा सबै भन्दा धेरै उपस्थिति रहेको भान हुन्थ्यो, जसको बारेमा जिज्ञासा राख्दा संयोकक धितालले ७०० भन्दा धेरैको उपस्थिति रहेको हुनु पर्ने अनुमान लगाएका थिए ।

कार्यक्रमको दोश्रो चरणमा भने इन्डियन आइडल प्रशान्त तामांग को जोडदार प्रस्तुतिले सबैलाई आफ्नो स्थान छोडेर अगाडी आई नाच्न बाध्य बनाएको थियो जसले गर्दा आयोजक तथा स्वयम सेवकहरुलाई समेत स्थिति सम्हाल्न हम्मे हम्मे परेको थियो । प्रसान्त तामांगले नेपाली र केहि हिन्दी गीत गाएर सबैलाई नाचायेका थिए । हुन त यो उनको यस क्षेत्रमा दोश्रो प्रस्तुती हो तर यस कार्यक्रममा पनि प्रसान्तले बे एरियाका दर्शकलाई भरपुर मनोरंजन दिन सफल भए । त्यसै गरि इन्डियन आइडल कै अमित पल र मनजय श्री भट्टको गीतहरुले पनि सबै दर्शकलाई नचाउन सफल भएको थियो । मध्य रात सम्म डिजे र सांगेतिक कार्यक्रममा बे एरियाका दर्शकले भरपुर मनोरंजन गरेको उक्त कार्यक्रम समग्र रुपमा भन्दा भब्य सफल भएको थियो जसको श्रेय जनसम्पर्क समितिको एकता र मेल मिलापका कारणले हुन सकेको हो भन्दा अत्युक्ति न होला, यस कार्यक्रमको सफलताले हामि सबैलाई एउटा राम्रो पाठ सिकाएको छ त्यो हो आपसमा मेल मिलाप , सद्भावना र गुटबन्दी बाट माथि उठ्न सक्दा जे पनि गर्न सफल हुइन्छ । फुटेर होइन जुटेर र मिलेर सहकार्य गर्दै जाने हो भने यस बे एरियामा हामि नेपाली समुदायले गर्ने धेरै कामहरुछन र सोहि अनुरुप बे एरिया वुमेंनले जसरि बालबालिका लाई सिक्षा दिने काम गरेको छ त्यसै गरि सबै संघ सस्थाले पनि आफ्नो क्षेत्रमा कार्य बिभाजन गरेर र प्रतिस्पर्धाको भावना नराखी नेपाली समुदायको समस्या, भविस्य र उपलब्धि मुलक कामहरु गर्दै जाने हो र हरेक कार्यक्रमहरु मिलेर सह कार्य गर्दे र समयमा संचालन गर्ने जस्ता बिषयमा ध्यान दिनेहो भने अवस्यपनि सबैलाई भलो र सबै संघ संस्था बे एरियामा प्रसंशाको पात्र बन्न सक्ने छ ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक