20120828

अदालतले पत्रकार विकास थापालाई निर्दोष ठहर गर्‍यो

आफ्नै सहकर्मी विकास थापालाई विद्युतीय माध्यम प्रयोग गरि दुर्व्यवहार गरेको आरोप लगाएकी मैना धितालको आरोपलाई अदालतले गलत सावित गरेको छ। थापा विरुद्धको फैसला सुनाउँदै काठमाडौ जिल्ला अदालतले थापा निर्दोष रहेको ठहर गरेको अधिवक्ता बाबुराम अर्यालले बताउनुभयो। अदालतले थापालाई सफाइ दिएको अर्यालले जानकारी पनि दिनुभयो। कान्तिपुर दैनिकमा कार्यरत मैना धितालले आफ्नो इमेल mainadhital@gmail.com मा  ashutoshparajuli@yahoo.com को इमेलबाट  विगत एक वर्षदेखि अश्लील सामग्री पठाइ मानसिक रुपमा तनाव दिनुका साथै दुर्व्यवहार गरेको भन्दै दोषी पत्ता लगाइ कार्वाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा २०६७ भदौ १४ जाहेरी दर्ता गरेकी थिइन। प्रहरीले अनुसन्धानकै क्रममा विकासलाई २०६७ भदौ १७ गते पक्राउ गरेपछि मैनाले पहिले दिएको जाहेरी परिवर्तन गरि भदौ २० मा फेरि अर्को किटानी जाहेरी दिएकी
थिइन। विद्युतीय कारोवार ऐेन दफा ४७ विपरीत हुने गरि अश्लील इमेल पठाएर दुर्व्यवहार गरेको भन्दै हदैसम्मको कार्वाहीको माग उनले गरेकी थिइन। यस क्रममा कान्तिपुर दैनिकले आन्तरिक अनुसन्धान भन्दै थापालाई दोषी मान्दै निलम्वन गरेको थियो। थापाले भने आफू माथि कान्तिपुरका सम्पादकले फसाउन षडयन्त्र गरेको भन्दै खुल्लापत्र सार्वजनिक गरेका थिए।
प्रहरीले थापालाई हिरासतमा राखेर मुद्धा चलाएको थियो। प्रहरीले २०६७ भदौ ३० काठमाडौ जिल्ला अदालतमा थापा विरुद्ध मुद्धा दर्ता गरेको थियो। थापालाई जेल राखेरै मुद्धा अघी वढाइए पछि थुनछेक वहश सर्वोच्चसम्म पुगेको थियो। सर्वोच्च अदालतबाट पूर्पक्षका लागि थुनामा वस्नु पर्ने जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई वदर गरेपछि पछि चार महिनाको जेल वसाइ अन्त्य गर्दै थापा जेल वाहिर भएका थिए। चार महिनापछि शुरु भएको कानुनी लडाइ करिव दुई वर्षपछि जिल्ला अदालतबाट फैसला भएको हो।
दुर्व्यवहार गर्ने भनिएको इमेल थापाले नै पठाएको पुष्टी नभएको जिल्ला अदालतले मंगलवार ठहर गरेपछि थापाले सम्पूर्ण रुपमा सफाइ पाएका छन्। साथै मैनाको आरोप निराधार भएको पनि अदालतले जनाएको छ। यो फैसलासँगै थापा निर्दोष सावित भएका छन भने उनीमाथि लागेको आरोप पनि निराधार देखिएको छ।
थापाको पक्षमा वहश गरेका अधिवक्ताहरुका अनुसार अब थापाले पूनर्वहालीका लागि कान्तिपरमा जान सक्नेछन। हुनत थापाको मुद्धा श्रम अदालतमा समेत विचाराधिन रहेको छ। अदालतको फैसला विरुद्ध मैना पनि पुनरावेदन जानसक्नेछिन।
२०६७ भदौमा थापाले कान्तिपुरका सम्पादकले आफुसँग वदला लिएको भन्दै लेखेका थिए। जस्को केहि अंश जस्ताको तस्तै।  “अहिले कान्तिपुरका मेरा युनियनका साथीहरु पनि तितरवितर भएका छन् एमाओवादी युनियनका पनि केही बोल्न सकिरहेका छैनन् । युनियनको अध्यक्षलाई कथित आरोप लगाएर निस्कासित गर्दा केही गर्न नसक्ने हो भने भोलि कसले काम गर्छ युनियनमा आज मलाई खाने बाघले मलाई लागेको यो विष भोलि सुधीर शर्मा हरिबहादुर थापा वा अरु साथीहरुलाई लाग्न सक्छ । कान्तिपुरमा म्यानेजमेन्टले आफ्नो स्वार्थ पूरा गरुाजेलमात्र प्रयोग गर्छ र त्यसपछि सबैलाई यसैगरी गलहत्याइदिन्छ । भोलि कैलाश सिरोहियाले विकास थापालाई निकालेर ठूलो गल्ती गरिएछ भनेर एकदिन पछुताउनुपर्ने छ । पत्रकारितामा गरिएको षड्यन्त्रको पर्दाफास भएपछि कैलासलाई अवश्यै पछुतो हुनेछ । मजस्ता धेरै साथीहरुले झरी बादल घर परिवार नभनिकन सधैं अफिस-अफिस भनेर काम गरेर पो आज कैलाश अर्बपति भएर सान शौकत प्राप्त गरिरहॆका छन् । देश जनता संस्था र पाठकप्रति इमानदार कर्मचारीलाई यसरी नै खरानी पार्दै जाने हो भने भन्न सकिन्न कसको भविष्य कहाँ ठोक्किन पुग्छ भनेर ।” तर कान्तिपुरले थापाको बारेमा के निर्णय गर्छ यो भन् सबैको चासोको विषय भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक