20120830

अन्तराष्ट्रिय कलाकार मंचको २८ औँ शाखा कतारमा स्थापना

अन्तराष्ट्रिय कलाकार मंच - INTERNATIONAL ARTISTS FORUM (www.IAFAmerica.com) को अर्को शाखा कतारमा पनि स्थापना भएको छ । मँचका यस अघि नै २७ देश मा शाखाहरु बिस्तार भैसकेकाले यो २८ औँ शाखा हुन पुगेको छ । संसार मै पहिलो पटक कला र संस्कृतिका लागि काम गर्ने, संसार भरिका
कलाकारहरुलाई एउटै छाना मुनी गोल्बन्द गर्ने उद्देश्य ले गठित अन्तराष्ट्रिय कलाकार मँचको भर्खरै कतारमा गठित शाखामा निम्नानुसार यस क्षेत्रका कलाकारहरु  रहनुभएकोछ :    
संरक्षक  - निराजन भण्डारी 
अध्यक्ष - शोविता सिम्खडा  
उपाध्यक्ष - भविन्द्र तामांग  
महा-सचिव - बिष्णु  कार्की  
कोषाध्यक्ष - देविका  के.सी
सदस्यहरु
- भानु  शर्मा 
- उद्धव  राई
- राज  नेउपाने  
- अमित  बराइली
- दामोदर  गौतम
मिडिया सल्लाहकार  रबि रोषी
 सल्लाहकार- नरेन्द्र सेन  ठकुरी
        - सागर नेपाल 
        - प्रकाश  गुरुङ 
        -  हरि  पुन 
अन्तराष्ट्रिय कलाकार मँच समितिले कतार शाखालाई मान्यता प्रदान समेत गरिसकेको छ ।  

 *****

विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा अन्तराष्ट्रिय न्रित्य प्रतियोगिता हुँदै !

अन्तराष्ट्रिय न्रित्य प्रतियोगितामा प्रथम हुनेलाई अमेरिकी एक हजार डलर पुरस्कार प्रदान गरिने
अन्तराष्ट्रिय कलाकार मँच केन्द्रिय समिति अमेरिकाको आयोजनामा विश्वमै पहिलो पटक नयाँ ढंग बाट अन्तराष्ट्रिय न्रित्य प्रतियोगिता हुने भएकोछ । संसारका जुन सुकै देश बाट, जुन सुकै उमेरका, जुन सुकै प्रतिभाहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने ब्यबस्था गरिएको छ । नेपाली वा अङ्रेजी भाषाका गीतहरुमा वा सँसारको जुनसुकै देशको जुनसुकै भाषाको म्युजिकमा जो कसैले पनि न्रित्य प्रतियोगितामा भाग लिन पाउने उक्त अन्तरराष्ट्रिय न्रित्य प्रतियोगितामा प्रथम हुनेलाई एक हजार अमेरिकी डलर पुरस्कार, दोस्रो हुनेलाई  पाँच सय अमेरिकी डलर पुरस्कार, तेस्रो हुनेलाई तिनसय अमेरिकी डलर पुरस्कार, चौथा  हुनेलाई दुइसय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।  प्रतियोगितामा सहभागी हुन कम्तिमा दुई मिनेट र बढीमा ६ मिनेट सम्मको न्रित्य हुनुपर्ने, एक जनाको एकल वा बढीमा २० जना सम्मको ग्रुप न्रित्यलाई प्रतियोगितामा समाबेश गरिने मँचले स्पस्ट पारेको छ । प्रतियोगिता मुल्याकनका लागि कला क्षेत्रका बिशिस्ठ हस्तिहरुलाई निर्णायक (जज) राखिएको छ । अन्तराष्ट्रिय कलाकार मँचका सल्लाहकार एबम प्रसिद्ध नायक सरोज खनाल, मँचका केन्द्रिय सदस्य एबम चर्चित नायिका गौरी मल्ल, मँचकी उपाध्यक्ष एबम नायिका जल शाह , महा - सचिब एबम लोकप्रिय नायक रमेश उप्रेती, मँचका केन्द्रिय सदस्य  एबम न्रित्यमा माहिर नायिकाहरु सारँगा श्रेष्ठ र अनुपमा प्रसाइ, चलचित्र क्षेत्रका धेरै नायक नायिकालाई न्रित्य निर्देशन गरेका बरिस्ठ   न्रित्य निर्देशक, न्रित्यकार, मँचका केन्द्रिय सदस्य नबिन केसी, अन्तराष्ट्रिय रुपमै न्रित्यमा ख्याती कमाएका न्रित्य नायकहरु मँचका केन्द्रिय सदस्य श्याम खड्की र यज्ञमान शाक्य, सचिब एबम गीतकार प्रकाश नेपाल रहनुभएको छ । त्यसै गरी मँचका सल्लाहकार बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत जुरी रहनुभएको कुरा मँचका केन्द्रिय अध्यक्ष रामप्रसाद खनालले बताउनुभएको छ ।  यो प्रतियोगिता संसार भरी रहेका नेपाली र अन्य कलाकार र लुकेका प्रतिभाहरुलाई समेत कोशेढुँगा साबित हुने कुरामा मँच पूर्ण रुपमा आशाबादी छ भन्दै अध्यक्ष खनाल ले यो प्रतियोगिता सफल पार्न संसार का २५ भन्दा बढी देश मा स्थापित मँचका शाखा महा शाखा सबै सक्रिय भएर लाग्ने बताउनुभएको छ । विश्वमै पहिलो पटक आयोजना गर्न लागिएको यस प्रकार को नौलो र पहिलो कार्यक्रम हो ।  मँचका सल्लाहकार, बरिस्ठ लोक गायक, अमेरिकाका लागि महा बाणिज्यदुत प्रेम राजा महत "यो त साह्रै राम्रो कदम भयो । संसार भरिका कलाकार र लुकेका प्रतिभाले प्रतियोगितामा भाग लिन पाउनु, पहिलो पटक यस किसिम को आयोजना हुनुले आफु उत्साहित भएको" बताउनुहुन्छ ।
प्रतियोगितामा समाबेश हुन इच्छुक ब्यक्ती वा समुहले सेप्टेम्बर ३० तारिख भित्रमा आफुले न्रित्य गरेको भिडियो यु ट्युबमा  (YouTube) अपलोडगरी भिडियोको लिंक  (एउटै सर्टमा खिचिएको हुनुपर्ने, एडिट गर्न वा जोड जाड गर्न नपाईने) मँचको ईमेल Internationalartistsforum@gmail.com ,  IafAmerica@gmail.com मा पठाउनुपर्ने, जुन सुकै क्यामराले खिचिएको भए पनि हुने तर  भिडियोमा न्रित्य हाउभाउ सबै प्रस्ट देखिने गरी खिचिएको हुनुपर्ने मँचले स्पस्ट पारेको छ । निर्णायकहरुले भिडियोको आधारमा मुल्याङ्कन गरी निर्णय सार्वजनिक गर्ने र प्रथम, द्वितिय र त्रितिय हुने ब्यक्ती वा समुहलाइ अमेरिकाको वाशिङ्टन डिसीमा एक कार्यक्रमा आयोजना गरी अमेरिकाका लागि नेपाली राजदुत डा. शंकर शर्माको हात बाट पुरस्कार प्रदान तथा सम्मान गरिने छ ।   संसार भरका जो सुकै पनि समाबेश हुन सकुन भनेर यस किसिम को प्रतियोगिता पहिलो पटक गर्न लागिएको र प्रतियोगितामा भाग लिन कोही पनि बन्चित नहुने आयोजक अन्तराष्ट्रिय कलाकार मँच को विश्वाश छ । मँचको केन्द्रिय समितिमा रहेका पदाधिकारी, सदस्य, निर्णयकहरु र तिनका छोरा छोरी बाहेक अरु जो सुकैले पनि प्रतियोगिता मा भाग लिन पाउने छन ।    कार्यक्रम सम्बन्धी थप  जानकारीका लागि अन्तराष्ट्रिय कलाकार मँचको वेब साइट www.IAFAmerica.com  भिजिट गर्न सक्नुहुन्छ । यसै बीच अन्तरराष्ट्रिय कलाकार मँचले संसार भर रहेका आफ्ना शाखा महा शाखा हरुलाई तिज, दसैं, तिहार मा सान्स्कृतिक कार्यक्रम हरु आयोजना गरी कला र सँस्कृतिको लागि सक्रिय रहन, समुदाय सँग मिलेर काम तथा कार्यक्रम गर्न आह्वान गरेको छ । प्रतियोगिहरुले भगलिनका लागि आफ्नो भिडियो सहित नाच्ने कलाकार को नाम, पुरा ठेगाना, फोन नम्बर, ईमेल र नाच तथा आफ्नो बारेमा जानकारी समेत पठाउनुपर्ने छ । कुनै सोध पुछ भएमा ईमेल बाट प्रश्न सोध्न सकिने पनि मँच का प्रबक्ता प्रकाश नेपाल ले बताउनुभएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक