(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121016

अन्तर्राष्ट्रिय कलाकार मञ्च कतार शाखाको विधिवत उद्घाटन

- रवि रोषी, दोहा
केन्द्रिय कार्यालय अमेरिका रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्चको कतार शाखाको गत विहिवार विधिवत रुपमा उद्घाटन भएको छ । मञ्चको कतार शाखामा मोडेल तथा नायिका सोविता सिंखडा अध्यक्ष रहेकी छिन् । मञ्चका उपाध्यक्ष भविन्द्र तामाङद्धारा मुलुक बाहिर छरिएर रहेका सम्पुर्ण कलाकर्मीहरुलाई समेट्ने योजना र प्रवासमा पनि गायन, अभिनय, गीत संगीतमा अभिरुचि राख्ने सवैलाई
एउटै छातामा समेट्ने हेतुले मञ्चको आवश्यकता रहेको बताएका थिए । संस्थागत रुपमा समेटिएर अघि बढ्न सकेमा कला संग आवद्ध कलाकर्मीहरुलाई परेको बिपत्ती तथा अन्य सहयोग गर्न र कलाकै क्षेत्रमा पनि एकजुट भई काम गर्दा सफलता हात पर्ने कुरा तामाङले बताएका थिए । प्रारम्भिक कमिटीमा आवद्ध सम्पुर्ण सदस्यहरुको आफु संलग्न र कलासंग सम्बद्ध प्रतिभालाई सबैमाझ प्रोजेक्टरबाट प्रस्तुत गरीएको थियो । अमेरिकामा केन्द्रिय कार्यालय रहेको सो मञ्चमा ४८ सदस्य रहेका छन् भने कतारमा चाहिँ संरक्षक, सल्लाहकार तथा मिडिया सल्लाहकार सहित १६ सदस्यीय समिती गठन भैसकेको छ । कलाकारहरुको हक हित र आपकालिन अवस्थाको लागि कल्याण कोषको आवश्यक पर्ने भएको हुनाले कल्याण कोष स्थापना गरिएको बारेमा पनि संरक्षक तथा कार्यक्रम सञ्चालक निराजन भण्डारीले सोही समय सबैमाझ घोषणा गरेका थिए । सो कार्यक्रमको समुद्घाटन नेपाली राजदुतावासकी महामहिम राजदुत डा. माया कुमारी शर्माले मञ्चमा आवद्ध सम्पुर्ण समितीहरुको तस्वीर अंकित केक काटी गरेकी थिईन् । विभिन्न मनोरञ्जनात्मक खेल सहित गायन तथा नृत्यको साथै कलाकारहरुले अभिनयकला पनि प्रस्तुत गरी उपस्थित सवैलाई मनोरञ्जन दिएका थिए । रेडियोकर्मी तथा कार्यक्रम निर्माता निराजन भण्डारीको संरक्षकत्वमा गठित सो मञ्चमा नायिका तथा मोडेल सोविता सिंखडा अध्यक्ष, उपाध्यक्षमा चलचित्र निर्देशक भविन्द्र तामाङ, महासचिवमा मोडेल तथा नायक विष्णु कार्की, कोषाध्यक्षमा लोक गायिका देविका केसी रहेका छन् । त्यस्तै गरी सदस्यहरुमा दामोदर गौतम, राज न्यौपाने, भानु शर्मा, उद्धव राई र अमित बराईली रहेका छन् भने सल्लाहकारहरुमा सागर नेपाल, नरेन्द्र सेन, प्रकाश गुरुङ र हरि पुनका साथै मिडिया सल्लाहकारमा रवि रोषी रहेका छन् ।
with Best Regards 
Shobita Simkhada
Iaf Qatar.
974-70271657











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________