20121024

बडा दशैको दिन अर्को दशा : काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ६ जनाको मृत्यु, ११ जना घाइते

काठमाण्डौबाट त्रिशुली जादै गरेको माइक्रो बस नुवाकोटस्थित पासाङ ल्हामुमार्गको बेगकोट नमुना गाविसमा दुघर्टना हुँदा ६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बा १ ज ९७५७ नम्वरको रुट विनाको माइक्रो बस बेगकोट नमुना गाविस वडा नम्वर ५ ती गाउँस्थित ओरबोटे भिरवाट करिव ५ सय मिटर तल खसेको हो । घटनास्थलमा तीन जना महिला र एक जना पुरुषको शब भेटिएको र ११ जना घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको नुवाकोटका प्रहरी निरीक्षक मनोज लामाले जानकारी दिनुभयो । बेलुकी सवा ६ वजेतिर दुर्घटना भएको र अध्याँरोका कारण सबै विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक