(नडराउनुस् ! हजुर बा, हजुर आमा देखी बुवा, आमा, छोरा छोरी, नाती नातिना सम्म सबै सँगै बसेर हेर्न, पढ्न मिल्ने, अनुशासन र सभ्यताको ख्याल गर्ने एउटा स्वतन्त्र अनलाइन पत्रिका www.NepalMother.com, नेपाल थाहा पाउन अन्त कतै जानै पर्दैन, एउटा क्लिकमा सबैथोक, संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र | info@Nepalmother.com)

20121031

एउटा अत्यन्त मानबिय सूचना: बिगत आठ बर्ष देखी अमेरिकामै शकुशल रहेरपनि नेपालमा आमा बाबु, घरपरिवारसँग संपर्कमा आउन नचाहने छोरो प्रकाश कार्की लाई बुढा बुढी बाउ आमाको बिन्ती र नेपाली जनसमुदायसँग हार्दिक अनुरोध !

मेरो छोरो प्रकाश कार्की पन्ध्र बर्ष अघी देखी अमेरिका बस्दै आएको छ । हाल आठ बर्ष देखी हामी आमा बाउ घर परिवार सँग संपर्क मै नरही, अमेरिका मै बिहे गरी बसेको छ भन्ने सुन्छौँ । पहिला कोलोराडो मा अहिले क्यालिफोर्नियामा बस्छ भन्ने सुन्न मा आएको छ । बारम्बार टेलिफोन नम्बर परिवर्तन गर्ने गरेको छ मेरो छोराले भन्छन उसल्लाई चिन्ने जान्ने उसका साथीभाइले, हामीले पनि संपर्क गर्न खोज्छौं तर हुँदैन । छोराको पिरले उसकी बुढी भएकी आमा र बुढो भएको म बाउ न मर्न न बाँच्नका भएका छौं । हाम्रो बुढेसकालको एउटा सहारा, हाम्रो मुटुको धडकन हाम्रो प्राण छोरा प्रकाश कार्की तिमी जहाँ छौ छिट्टो भन्दा छिट्टो घर मा हामी आमा बाउ लाई संपर्क गर । हामी तिम्रो पिर ले दिनको भोक न रातको निन्द्रा भएका छौं । अब पनि तिमीले हामी आमा बाउ लाई संपर्क गरेनौ भने हामी बाच्नुको कुनै अर्थ छैन । अमेरिकामा रहनुभएका नेपाली महानुभाबहरु ! हामी प्रकाश कार्की का आमा बाउ तपाईंहरु सँग दश औंला जोडेर यो बिन्ती गर्दछौं कि मेरो छोरा लाई देख्नु भएमा चिन्नु भएमा हामीलाई काठमाडौं घर को टेलिफोन नम्बर 0977-1-4371873, cell - 9841199885 मा वा नेपाल मदर डट कम 703-419-0924 मा  फोन गरी जानकारी दिनु भएमा भगवानले तपाईंको भलो गर्ने थिए र हामी काल पर्खेर बसिरहेका आमा बाउले ठुलो आशिरबाद दिने थियौं ।

 - अनुरोधक : काठमाडौं महानगरपालिका वडा नम्बर ४ धुम्बाराही बस्ने बर्ष ७८ को बाबु राम प्रसाद कार्की                 




मेरो छोराका फोटोहरु जुन अली पुराना छन यसै साथ
राखेको छु ।






कृपया ति आठ बर्ष देखी मानबिय पिंडा भोगिरहेका बुढाबुढी बाउ आमालाई चर्याइरहेको घाउमा मलम बन्न सक्ने छोरो प्रकाश कार्की खोज्न  सहयोग गर्नुहोस ।
http://www.nepalmother.com/2012/10/blog-post_3849.html

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________