20121004

नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरी, अपहरण गरी लिएर गए नेकपा (एमाले)का अध्यक्ष र सदस्य लाई !

नुवाकोट जिल्लाको देउराली गाविस घर भएका नेकपा एमालेका दुई सक्रिय स्थानीय नेता तीन दिनदेखि वेपत्ता भएका छन् । वेपत्ता हुनेमा नेकपा एमाले ३ नम्वरका क्षेत्रीय कमिटी सदस्य २२ वर्षीय गणेश तामाङ र एमाले देउराली गाउँ कमिटी अध्यक्ष २५ वर्षीय धनम तामाङ रहेका छन् । बेपत्ता भएपछि उनीहरुका आफन्तले खोजी गरिदिन सबैसँग अपील गरेका छन् । सोमबार दिउँसो देउराली प्रहरी चौकीमा भएको छलफलमा उनीहरुमाथि नेकपा–माओवादीका कार्यकर्ताले कुटपिट गरी लिएर गएको एमाले नुवाकोटले जनाएको छ । गणेशलाई नौ जना र धनमलाई सात जनाको समूहमा आएका नेकपा–माओवादीका समर्थकले ‘वैठक छ जानु प¥यो’ भन्दै लिएर गएको एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले जानकारी दिए । उनले नेकपा–माओवादीले अध्यक्ष धनम र सदस्य गणेशलाई अज्ञात स्थानमा राखेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने सामान्य विवादका कारण दुवै पक्ष देउराली प्रहरी चौकीमा आएको र त्यसपछि परिवारको सम्पर्कमा नरहेको जनाएको छ । बेपत्ता दुबै जनाको मोवाइलको स्वीच तीन देखि अफ रहेको प्रहरी भनाई छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक