20121009

एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा पक्राउ परेका माओवादी कार्यकर्ता सुजित विकलाई रुपन्देही जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला

यो यही अपराधी हो जसले पन्डित नारायण पोखरेल लाई गोली हानी मार्यो, पूर्व मेयर पुना राम पोखरेल लाई गोली हानी आँखा फुटाइदियो, पत्रकार एबम कलाकार राम प्रसाद  खनाललाई भैरहवा बाट अपहरण गरी केही दिन बेपत्ता बनायो, डिएसपी मार्यो, त्यती मात्र होइन यसले बुटवल भैरहवा क्षेत्रमा अधिकाँश घटना मा नाइके को भूमिका निर्वाह गर्‍यो, यही अपराधी अदालत द्वारा दन्डित भएको सुन्दा सबैले राहत को शाहस फेरेका छन !              
तीन वर्षअघि एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या अभियोगमा पक्राउ परेका माओवादी कार्यकर्ता सुजित विकलाई रुपन्देही जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।जिल्ला न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले विकलाई हत्यारा ठहर गर्दै मंगलबार उक्त फैसला गरेको हो । विक तनहुँ जिल्लाको
खैरेनीटार-८ का स्थायी बासिन्दा हुन् । उनी वाइसिएल गठन भएदेखि नै रुपन्देहीका क्रियाशील थिए । २०६५ चैत १३ गते राति बुटवल नागरपालिका ९ पुष्पनगरको पुल नजिकै गोली हानी थैवको हत्या गरिएको थियो ।
विकलाई सहयोग गरेको अभियोगमा रुपन्देहीको पड्सरी-५ ठूटीपिपलका लोकबहादुर गुरुङ र लेखनाथ न्यौपानेलाई जनही २० रुपैयाँ जरिवाना तोकिएको छ । सहयोगीको रुपमा मुद्दा चलाइएका दाङ्को गोल्टाकुरी-९ घर भै हाल रुपन्देहीको देवदह २, खैरेनीका ए माओवादी का अर्का कार्यकर्ता उदय भनिने मानबहादुर पुनलाई भने अलदालतले सफाइ दिएको छ । थैवको पक्षमा जिल्ला न्यायाधिवक्ता मोहनसागर बस्याल, अधिवक्ता शिवहरि अधिकारी र कुलानन्द ज्ञवाली लगायतले बहस गरेका थिए भने विकको पक्षबाट अधिवक्ता लीलाधर मरासिनी, सूर्य अधिकारी, लयप्रसाद भट्टराई, पशुपति भण्डारी र ज्ञानु केसी (सहानी) ले बहस गरेका थिए ।
हत्यामा तत्कालीन वाइसीएल कार्यकर्ता विक संलग्न भएको भन्दै किटानी जाहेरी परे पनि विक लामो समयसम्म फरार थिए । उनलाई २०६७ साउनमा काठमाडौंबाट प्रहरीले पक्राउ गरी रुपन्देही पठाएको थियो । थैवलाई तीन गोली लागेको पोष्टमार्टम रिपोर्टमा जनाइएको थियो । गोली लागी गम्भीर घाइते भएका थैवको उपचारक्रममा लुम्बिनी अञ्चल अस्पतामा मृत्यु भएको थियो । घाइते अवस्थामा उनले आफूलाई सुजितले गोली हानेको बताएका थिए । घटनाको भोलिपल्ट बिहानैदेखि युथ फोर्स र एमालेका कार्यकर्ताले जिल्लाभर विरोध प्रदर्शन गरेपछि प्रशासानले कर्फुसमेत लगाउनुपरेको थियो । स्मरण रहोस्  बिकले नै पन्डित नारायण पोखरेललाई रुपन्देही रामापुर मा गोली हानी हत्या गरेको स्थानिय ले नै देखेका थिए तर ज्यान मार्ने धम्की दिए पछी स्थानियहरु ज्यान को मायाले तै चुप मै चुप बसेका छन । निज अपराधी एबम माओवादी वाइसियलको रुपन्देहीको  गुण्डा नाइके सुजितको नेत्रित्वकै टोलिले  यस् नेपाल मदर डट कमका प्रधान सम्पादक एबम लोक गायक रामप्रसाद खनाल लाई भैरहवा बाट अपहरण गरी तीन दिन सम्म बेपत्ता पारेको थियो । यही अपराधी हो जसले पूर्व मेयर पुना राम पोखरेल लाई गोली हानी आँखा फुटाइदियो,  डिएसपी मार्यो, त्यती मात्र होइन यसले बुटवल भैरहवा क्षेत्रमा अधिकाँश घटनामा नाइके को भूमिका निर्वाह गर्‍यो, यही अपराधी अदालत द्वारा दन्डित भएको सुन्दा सबैले राहत को शाहस फेरेका छन !   आज अपराधीको पाप धुरी बाट कराएको छ । हुन त अब फेरी बाबुराम को सरकार ले मुद्धा फिर्ता लिने होला किन कि यस्ता अपराधीहरुको मुद्धा फिर्ता भैरहेको छ भने कती हाकाहाकी हिडडुल गर्दै थप अपराध गरिरहेका छन ।  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक