20121028

धन जनको ठुलो क्षति हुँदैछ अमेरिकामा । अब साँझ पर्दैछ र हुरिकेन झन बढ्दो छ, आज रातभरीमा कती को ज्यान जाने हो, कती घरबार बिहिन हुने हुन अनुमान गर्न गार्हो छ, इमर्जेन्सी लागिसकेको छ !

अमेरिकामा अहिले आइरहेको हुरिकेन स्यान्डिले गर्दा आज घर बाट बाहिर निस्किन सकिएन, के गर्ने ज्यान को माया मार्न नसकिंदो रहेछ । अहिले एकाएक हावा हुरी र पानी बढेको छ, बाहिर रुखका हाँगा हल्लिएको देखेर झन डर पो लाग्न थाल्यो । अमेरिका सँग सीमा  जोडीएका केही स्थानमा स्यान्डिले हाल सम्म ६७ जनाको ज्यान गैसकेको छ भने केही बेपत्ता छन । धन जनको ठुलो क्षति हुँदैछ अमेरिकामा । अब साँझ पर्दैछ र हुरिकेन झन बढ्दो छ, आज रातभरीमा कती को ज्यान जाने हो, कती घरबार बिहिन हुने हुन अनुमान गर्न गार्हो छ । इमर्जेन्सी लागिसकेको छ । करीब सात लाख मान्छे को घरमा बिजुली गैसकेको छ । उनिहरु अन्धकार मा छन । स्कुल, कलेज्, यातायात, ट्रेन, हवाइ यातायात सबै चौपट । दश हजार फ्लाइट क्यान्सिल भैसकेका छन । ठाउँ ठाउँ मा बाढि आएको छ । करिब चार लाख मानिस घर छोडेर शिबिर तिर सरेका छन । १३ वटा राज्यको संकट काल अन्यत्र पनि सर्न थालेको छ । अहिले सम्म त हामी बसेको ठाउँ मा बिजुली गैनसकेकोले यो समाचार अपलोड गरिदैछ, यस्तै चाल हो भने कतिखेर देखी हाम्रो पनि संपर्क टुट्छ थाहा छैन । भगवान सँग प्राथना गर्दै बस्नु को कुनै बिकल्प छैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक