20121115

भाई टीकालाई हिन्दू संस्कृतिसँग जोडेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा—माओवादीका अध्यक्ष मोहन बैद्यले भाई टीका लगाएनन् !

कांग्रेस, एमाले, राप्रपालगायतका दलका शीर्ष नेताहरुले आआफ्ना दिदी बहिनीहरुको हातको टीका शुभसाईतमा लगाएका छन् । यद्यपि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा—माओवादीका अध्यक्ष मोहन बैद्यले भने भाई टीका लगाएनन् । उनीहरुले भाई टीकालाई हिन्दू संस्कृतिसँग जोडेर नलागाएको स्रोतको भनाई छ । यसैबीच, राष्ट्रपति डा.रामवरण यादवले पनि भाई टीका लगाएनन् । विविध सांस्कृतिक कारणले गर्दा यस पटकको टीका रोकिएको प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिए । विहान ११ बजेर २३ मिनटको साइतमा कांग्रेस सभापति सुशील कोइरालाले बहिनी शशी शर्माको हातबाट टीका लगाए । काठमाडौंको बाफलस्थित बहिनी शर्माको घर पुगेर कोइरालाले टीका लगाएको उनको निजी
सचिवालयले जनाएको छ । कांग्रेस नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले जुठो परेकाले टीका लगाएनन् । देउवाका बुवा र पौडेलकी आमा यसैवर्ष दिवंगत भएकाले उनीहरुले टीका नलगाएका हुन् । एमाले अध्यक्ष झलनाथ खनालले दिदीको हातको टीका लगाएका छन् । झापाको जुँगेखाडीस्थित दिदीको घरमा पुगेर खनालले टीका लगाएका हुन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि बहिनी ईन्दिरा न्यौपानेको हातबाट टीका लगाए । नेता नेपाल टीका लगाउन बहिनीको कुपण्डोलस्थित घर गएका थिए । बहिनी न्यौपानेकै घरमा उनले दिदी कालिका भण्डारी र बहिनी बसुदा पोखरेसँग पनि टीका लगाएको उनको निजी सचिवालयले जनाएको छ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि बहिनी मञ्जु थापा, शान्ति सिजापति र सम्झना कार्कीको हातबाट टीका लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले बहिनी जयराज्यलक्ष्मी शाहको हातको टीका लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहिनी विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट टीका लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू संस्कृति अनुसार बहिनीसँग भाई टीका लगाएका छन् । बहिनी शोभा शाहीको कमलादीस्थित शोभागृहमा पूर्व राजा शाहले टीका लगाएका हुन् । उनले बहिनी शोभालाई पनि टीका लगाई दिएका थिए । पूर्वरानी कोमल शाहले निर्मल निवासमा भाइ सुरज र उदयशमशेर राणालाई टीका लगाइदिएकी छन् । पूर्वमुमावडामहारानी रत्न शाहले पनि नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा भाइ सुशीलशमशेर राणालाई टीका लगाई दिएकी छन् । प्रधानमन्त्री बाबुराम भट्टराईले शुभसाइतमा दुई दिदी र बहिनीसँग टीका लगाएका छन् । कोटेश्वरस्थित भाईको निवासमा जम्मा भएका दिदी थिरकुमारी पराजुली र बहिनी पार्वती शर्माले भट्टराईलाई टीका लगाई दिएका हुन् । दशैंको पनि टीका लगाएका प्रधानमन्त्री भट्टराईले विहान ११ बजेर २३ मिनटको शुभसाईतमा भाई टीका र दिदी बहिनीको रोटी तथा मसला लिएका हुन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक