20121226

फ्लोरिडामा नेपाली कम्युनिटी सेन्टरको AGM साथै विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

- दुर्गा प्रसाद ढुंगाना
 संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्य स्थित ओर्ल्यान्डओमा नेपाली कला सस्कृतिलाई सम्रक्षण गर्दै नेपाली समुदायलाई संगठित गर्ने उधेश्यले २०१२ मा स्थापित नेपाली कम्युनिटी सेन्टरको बिभिन्न कार्यक्रमका साथ वार्षिक मिटिङ सम्पन्न भएको छ।  नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डओ (NCCO) फ्लोरिडा एशोशिएसन अफ नेप्लिज सोसाइटी(FANS)द्वारा संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा शंकर प्र शर्मा,अवैदानिक महावाणिज्यदुत प्रेम राजा महत,नेपलिज एशोशिएसन इन साउथइस्ट  अमेरिकाका सभापति डा सन्जीब  सापकोटा लगायत अन्य विशिस्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो। उक्त अवसरमा रक्तदान,फुट्बल तथा भलिबल प्रतियोगिताको
पनि आयोजना गरिएको थियो। फुट्बल तथा भलिबलको बिजेता टिमलाई निमेश मेमोरियल फाउन्डेसनको तर्फबाट राजदुत लगायत अन्य विशिस्ट व्यक्तिहरुबाट शिल्ड तथा प्रमाणपत्र वितरण वितरण गरिएको थियो।  फुट्बल तथा भलिबलको उपाधी क्रमश: वेष्ट पल्म बिच तथा ओर्ल्यान्डो टिमले हात पारेको थियो भने सुदीप जङ पाण्डे तथा तकत रावलले  क्रमश फुट्बल तथा भलिबलमा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका थिए।  यसै अवसरमा राजदुत डा शर्मा तथा प्रेम् राजा महतले अनेसास फ्लोरिडा च्याप्टरबाट प्रकाशित साहित्यिक पत्रीका "सागर"को संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो।  
    गत डिसेम्बर २३ मा मैट्ल्यान्ड सिभिक सेन्टरमा आयोजना भएको सो कार्यक्रममा फ्लोरिडाका विभिन्न भागबाट नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपाली राजदुत डा शर्माले नेपाली कम्युनिटी सेन्टरको अवधारणालाई प्रशम्शा गर्दै नेपाली समुदायलाई यहाँ बसेर नेपालको राजनीति भन्दा यहाँकै स्थानिय राजनीति मार्फत संपर्क बढाउन सुझाव व्यक्त गर्नु भयो । साथेइ वहाँले विश्वकै पर्यटन गन्तब्य बनेको ओर्ल्यान्डोमा नेपाली पर्यटनलाई समेत प्रचार-प्रसार गर्न नेपाली कम्युनिटी सेन्टरलाई अनुरोध गर्दै दुतावासले आवश्यक सहयोग गर्ने धारणा व्यक्त गर्नु भयो। कार्यक्रममा पुनम रिसाल घिमिरेले एन आर एन इन्भेस्ट्मेन्टको व्याख्या  गर्दै नेपाल सरकारले एन आर एन लगानिलाई दिएको सहुलियतको सम्क्षिप्त चर्चा गर्नुभएको थियो।  हालसम्म तदर्थ समितिद्वारा आफ्ना गतिविधी सन्चालन गर्दै आएको नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डोको सो भेलाबाट सर्व सम्मत् रुपमा  कृष्ण बिलास पोखरेलको सभापतित्वमा कार्यकारी समिती तथा संचालक समितीको गठन भएको छ। कार्यक्रमलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गर्दै सभापति पोखरेलले कम्युनिटी सेन्टरको अवधारणा नयाँ भएको तथा यसले सबैलाई समेट्दै अगाडि लैजाने बताउनुभयो। साथै आउने नेपाली नयाँ सालको अवसरमा कार राफल खोलिने जानकारी समेत दिनुभयो।  सो अवसरमा समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याउनु हुने बिभिन्न व्यक्तिहरुलाई FANS NCCO को तर्फबाट सम्मनित गरिएको थियो।
दुई चरणमा सम्पन्न सो कार्यक्रममा का तर्फबाट FANS अध्यक्ष् बिमल नेपालले गतिबिधी तथा आय व्यय साथै NCCO को तर्फबाट राजेन्द्र श्रेष्ठले सस्थाकोको गतिबिधी आय व्यय प्रस्तुत गर्नुभएको थियो। बालबालिकाद्वारा राष्ट्रिय गायन सँगै शुरुभएको सो कार्यक्रममा दुर्गा प्र ढुंगानाको सम्योजनमा ओर्ल्यान्डोका महिला समुहबाट आगन्तुकलाई स्वागत गर्दै स्वागत गीत प्रस्तुत गरिएको थियो। पहिलो खण्डको कार्यक्रमको सन्चालन बिकास देवकोटाले गरेका थिए भने दोस्रो चरणको सास्कृतिक कार्यक्रमको सन्चालन ह्वाइट हिमाल टेलिभिजनका सुर्य थापा तथा चर्चित लोक गायक तथा उद्घोशक राजेश थापाले संयुक्त रुपमा गरेका थिए। सागीतिक कार्यक्रमको अवधिभर विभिन्न स्थानिय कलाकार तथा राजेश थापा तथा गायक प्रेम राजा महतको बेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेको थियो। कार्यक्रममा साउण्ड सिस्टम व्यावथापन तथा फोटोग्राफी धनफोटो डट कमका संचालक धन थापाले गरेका थिए।  

- ओर्ल्यान्डो फ्लोरिडा
Following are some program’s video link ;
https://www.youtube.com/watch?feature=player_embedded&v=nJPUJx1Ak_A

https://www.facebook.com/photo.php?v=412024115532809&set=vb.100001756729318&type=2&theater (this video is shared on facebook username  Durga Prasad)

)










No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक