20121206

दोस्रोपटक दिएको समयसीमा बिहीबार सकिएपछि दलहरुले थप समय मागेपनि राष्ट्रपति कार्यालयबाट म्याद थपको कुनै सूचना आएन् !

प्रचण्डले सबैलाई नचाइरहेका छन, काङ्रेस, एमाले सहित सबै डमरूतालमा "बाँदर नाच" नाचिरहेका छन !  
दलहरुले सहमतीय सरकार गठनका लागि थप ७ दिनको समय माग गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले दोस्रोपटक दिएको समयसीमा बिहीबार सकिएपछि दलहरुले थप समय मागेपनि राष्ट्रपति कार्यालयबाट म्याद थपको कुनै सूचना आएन् । विशेष समितिको सचिवालयमा बिहीबार बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा विवादित विषयहरुमा सहमति हुन नसकेपछि राष्ट्रपतिसँग थप समय माग गरिएको हो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले वार्ता र संवादलाई निरन्तर जारी राखेर राष्ट्रपतिसँग म्याद थपको
लागि आग्रह गरिने बताउनुभयो । चार दलको बैठक लगतै शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेट्न खोजेपनि समय पाएनन् । अब भोलि विहान ८ बजे भेटको समय मिलाइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भोलि दलहरुसँगको छलफलपछि मात्र समय थप्ने/नथप्ने टुङ्गो लाग्ने बताउनु भयो । ‘नेताहरुले भेट्न खोज्नु भएको थियो, तर राष्ट्रपतिको समय नमिलेकाले भोलि विहान बोलाइएको छ’ उहाँले भन्नभुयो-’अब आज केही पनि आउँदैन ।’ शितल निवासले संसद नरहेको अवस्थामा संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठन प्रक्रियामा नजाने यसअघि नै प्रष्ट पारिसकेको छ । यद्यपि कांग्रेस, एमालेहितका विपक्षी दलका नेताहरु भने पटक-पटक समय थप्दा पनि सहमति नभए बहुमतका आधारमा राष्ट्रपतिले सरकार गठन गर्न दिनु पर्ने बताउँछन् । राष्ट्रपतिले अन्तरिक संविधानको धारा ३८ को उपधारा १ अनुसारको सरकार गठनका लागि मंसिर ८ गते ७ दिनको समयसीमा तोकेर आहृवान गर्नु भएको थियो । उक्त समयमा सहमति नजुटेपछि दलहरुको आग्रह अनुसार मंसिर १४ गते फेरि थप गरिएको ७ दिनको समयसीमा बिहीबार सकिएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन आत्मघाती हुने बताउनुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार विहान बसेको बैठकमा प्रचण्डले निर्वाचनसहितका विषयमा प्याकेजमा सहमति नभएसम्म कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनबारे छलफल गर्न नसकिने प्रष्ट पार्नु भएको हो । ‘कांग्रेसको एक सुत्रीय माग प्रधानमन्त्री छ, निर्वाचनको विषयमा पनि छलफल गर्न चाहँदैन, संवैधानिक तथा कानूनी अड्चन हटाउनबारे पनि छलफल गर्न तयार हुन्न’ बैठकमा प्रचण्डले भन्नुभयो-’यस्तो अवस्थामा कांग्रेसलाई सरकारको नेतृत्व दिनु भनेको आत्मघाती हुन्छ ।’ प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेसको हुँदा शक्ति सन्तुलन नमिल्ने तथा निर्वाचन घोषणा गर्ने सरकारले नै गराउने विश्वव्यापी मान्यता रहेकोभन्दै उहाँले कांग्रेसलाई सरकारको नेतृत्व दिने आधार नै नभएको बताउनुभएको एक नेताले बताए । प्रचण्डले संविधानसभाको निर्वाचनको मिति, निर्वाचन प्रक्रिया, संख्या, संवैधानिक निकायहरुमा पदपूर्ति र विघटित संविधानसभाले गरेका काम कारबाहीको स्वामित्व ग्रहण गरेपछि मात्र कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल गर्न सकिने प्रचण्डले बताउनुभएको छ । ‘उहाँले प्याकेजमा सहमति भएपछि कांग्रेसलाई नेतृत्व दिने भनेको हैन भनेर प्रष्ट पार्नु भएको छ’ एक नेताले भने-’प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल गर्न सकिने भनेका हौं ।’ बैठकमा सबैले प्रचण्डको प्रस्तावको समर्थन गरेपछि प्याकेजमा सहमति नभएसम्म सरकारको नेतृत्व नछाड्ने निर्णय भएको छ । बैठकमा नेताहरुले गठवन्धनका संयोजक प्रचण्ड र मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारको आलोचना गरेका छन् । गठवन्धन र मन्त्रिपरिषद्ले सरकार गठनका लागि राष्ट्रपतिले गरेको आहृवानलाई असंवैधानिक भएको ठहर गरेपछि फेरि किन सरकार गठनमा सक्रिय भएको भन्दै प्रचण्ड र गच्छदारको आलोचना गरेका हुन् । नेताहरुले आफ्नो आलोचना गरे पनि प्रचण्डले हाँसेर टार्नु भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक