20121205

युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक मनायो


सर्बप्रथम युएस नेपाल अनलाइन डट कम लाई छैंठौं बर्ष प्रबेश को उपलक्ष्यमा हार्दिक बधाई नेपाल मदर डट कमको तर्फबाट । यसका प्रधान सम्पादक प्रदीप थापा मगर र टिमलाई अझ शशक्त भएर अगाडि बढ्नका लागि शुभकामना । यसले धेरै वार्षिकोत्सबहरु मनाउन पाओस कामना । न्यू योर्कबाट प्रकाशित हुने  युएस
नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले  पाँचौं वार्षिकोत्सब भब्यतापूर्वक मनाएको छ।  युएस नेपाल अनलाइन सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु भएको हो, यसले पाँचौ बर्ष पार गरी छैंठौं बर्षमा प्रबेश गरेको छ। उक्त समारोहमा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) बाट इभा क्यासेल, थानेश्वर राई, छोङ्बा शेर्पा, डेण्डी शेर्पा, ईन्द्रबहादुर तामाङ र म्रिदुला कोइरालालाई सम्मानित गरिएको छ भने Youth Recognition Award बाट सोनेश गुरुङ, रोहित तिमील्सिना, सुखराज राई र वाकाशा बान्तवालाई सम्मानित गरिएको छ।


The Guest of Honor 2012 & Youth Recognition Award 2012 honorees with the previous year's honorees, guests and organizers at the 5th Anniversary of USNepalOnline.com in New York on December 2, 2012. Photos: Ang Kami Sherpa (PhotoHera.com). More photos>>

डिसेम्बर २ तारिख आईतवार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन्।

Our Guests of Honorees 2012: (1) Eva Kasell, co-founder & president, Empower Dalit Women of Nepal (EDWON), Boston, MA; (2) Thaneswor Rai, father of Karate in Nepal & immediate past president US Nepal Sports & Cultural Development Inc., New York; (3) Chhongba Sherpa, president, United Sherpa Association, New York; (3) Dendi Sherpa, folk singer, musician, New York; (5) Indra B Tamang, first Nepali Photographer in, New York; (6) Mridula Koirala, producer of first Nepali American movie “Ista Mitra” (1998). Photos; eEyecam.com, honorees fb profile page
Guest of Honor 2012 बाट सम्मानित ब्यक्तित्वहरुमा इभा क्यासेल इम्पावोर दलित वूमन अफ नेपाल (EDWON) बोस्टन कि प्रेसिडेन्ट हुन्, उनको संस्थाले नेपालका दशौं हजार दलित, उत्पीडित महिला र बाल बालिकाको निम्ती बिगत १० बर्षदेखि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

अर्का सम्मानित ब्यक्तित्व थानेस्वर राईलाई नेपालमा कराते भित्रेयाउने पहिलो ब्यक्तित्व "फादर अफ कराते" (करातेको पिता) कोरुपमा कदर गरिएको छ।  त्यसैगरी, छोङ्बा शेर्पालाई न्यू योर्कस्थित शेर्पा किदुगको सबल अध्यक्षकोरुपमा सम्मान गरिएको छ, उनको नेत्रित्वमा किदुगले हालसालैलाई झन्डै १२ लाख डलरमा न्यू योर्कको ज्यक्सन हाइट्स ४१-०१, ७५ स्ट्रिटमा भवन खरिद गर्न सफल भएको छ।

गायक तथा संगितकार डेन्डी शेर्पालाई नेपालदेखि अमेरिकासम्म हिमाली संस्क्रितीको प्रबर्धन गरेबापत सम्मान गरिएको छ भने ईन्द्रबहादुर तामाङलाई अमेरिकामा पहिलो नेपाली फोटोग्राफरकोरुपमा सम्मान गरिएको छ। फोटिग्राफर तामाङले सन् १९७९ मै काठमाडौंमा आफ्नो फोटो प्रदर्शनी गरेका थिए भने कोलाजकोरुपमा सन् १९८४, २००१ र २००३ र २०११ मा न्यू योर्कमा प्रदर्शनी गरेका थिए।

त्यसैगरी, म्रिदुला कोइरालालाई अमेरिकामा पहिलो नेपाली चलचित्र निर्मात्रीकोरुपमा सम्मान गरिएको छ। उनले सन् १९९८ मा 'इस्ट मित्र' चलचित्र निर्माण गरेकी थिइन्।


Our Youth Recognition Award 2012 honorees: (1) Sonesh Gurung, Sports Star Kid, MVP (Baseball), New York; (2) Rohit Timalsina, Multiple Guinness World Records Holder, New York; (3)  Sukharaj Rai, Multi-media, Graphic Designer, DigiPlus Inc., New York; (4) Wakasha Bantawa, secretary, Kirat Rai Society of America (KRSA), singer, performer, New York. Photos; eEyecam.com, honorees fb profile page
Youth Recognition Award पुरस्कारबाट सम्मानितहरुमा न्यू योर्कका सोनेश गुरुङले १० बर्ष को उमेरमा बेसबल र बास्केट बल खेलमा ३ वटा मोस्ट भ्यालुएबल खेलाडी (MVP) पुरस्कार जित्न सफल भएका प्रतिभा हुन्।

यो पुरस्कारद्वारा सम्मानित अर्का युवा प्रतिभा रोहित तिमील्सिनाले न्यू योर्क शहरको ब्रूक्लिन ब्रिजमा १ सय ७३ फिट ३ इन्च दूरीको जुका हिडाई (Furthest Worm Move) कायम गरी, भाई सन्तोषसंग मिलेर न्यू योर्कको टाइम्स स्क्वारमा लगातार १९ घण्टा ३५ मिनेटसम्म हात मिलाएर, १ मिनेटमा ११६ जना (त्यस मध्ये २० प्रतिसत एड्स पीडित) किशोरहरुलाई गालामा चुम्बन गरेर र २३ वटा गल्फ बललाई एउटा हातको पन्जामा ३ मिनट ५२ सेकेन्डसम्म राखेर गिनिस विश्व रेकर्ड कायम गरिसकेका छन्।

त्यसैगरी, बहु प्रतिभाशाली युवा वाकाशा बान्तवालाई गायन, न्रित्य कला साथै किरात राई सोसाइटी अफ अमेरिका (KRASA) को सचिबकोरुपमा सामाजिक सकृय अगुवा युवाकोरुपमा सम्मान गरिएको छ भने उता मल्टि-मेडिया र ग्राफिक डिजाइनमा बिशेष दखल राखी न्यू योर्कका नेपाली र अमेरिकि समुदायमा स्थापित युवाकोरुपमा सुखराज राईलाई सो पुरस्कारबाट सम्मान गरिएको छ।
कार्यक्रममा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठराईली'ले दिएका थिए। कार्यक्रम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो।

The participants at the end of the 5th Anniversary celebration of USNepalOnline.com in New York on December 2, 2012. Photo: Ang Kami Sherpa (PhotoHera.com) More photos>>

सन् २०११ का सम्मानित ब्यक्तित्वहरु
सन् २०११ मा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायन क्षेत्रकि युबा हस्ती गायिका सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) थिए भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिएको थियो।

Our Guests of Honorees 2011: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file
सन् २०१० र २००९ मा को को सम्मानित भए ?

सन् २०१० मा 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट तीन नेपाली नारी ब्यक्तित्वहरु: नायिकाद्वय गौरी मल्ल (NY), सुबर्णा छेत्री (NY) र सामाजिक अगुवा नेत्री बिष्णुमाया परियार (MA) लाई सम्मान गरिएको थियो भने सन् २००९ मा नेपाली चलचित्र जगतकि कलाकार हाँस्य साम्राग्यी बसुन्धारा भुसाललाई सम्मान गरिएको थियो।
Our Guests of Honoree 2010: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Bishnu Maya Pariyar and our Guests of Honor 2009: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com
युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्) र सन् २०११ मा चौंथो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।
Our anniversary update: http://usnepalonline.com/anniversary/

"आमाको घर' कोलागि नेपाली रुपैयाँ २० हजार प्रदान

Honorary Life Member Santa Ghimire donating Rs 20,000 to Amako Ghar in Kathmandu in memory of her late father Umakant Adhikari and handing over to US Nepal Media Center President Dawa Sherpa Hyolmo. Amako Ghar is run by social worker Dil Shobhaa Shrestha. Photo: Ang Kami Sherpa (PhotoHera.com)

यसैबिच, आजीवन सदस्य शान्ता घिमिरेले आफ्नो स्वर्गबासी पिता स्व. उमाकान्त अधिकारीको स्‍मृतिमा नेपाली रुपैयाँ २० हजार नेपालस्थित समाजसेवी दिलशोभा श्रेष्ठद्वारा संचालित "आमाको घर' कोलागि प्रदान गरिन्। उक्त रकम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोले नेपाल पठाउने गरी ग्रहण गरे। लम्जुङ, किरिन्चे निवासी अधिकारी युएस नेपाल अनलाइनका सन् २०११ का आजीवन सदस्य बनेका थिए। अधिकारीको ८४ बर्षको उमेरमा गत भदौ ३० गते तदनुसार सेप्टेम्बर १५ तारिख चितवन जिल्लाको भरतपुरस्थित आफ्नै निवासमा निधन भएको थियो।
मोमेन्ट अफ साइलेन्स

उक्त समारोहमा युएस नेपाल अनलाइनका पूर्व आजीवन सदस्य स्व. उमाकान्त अधिकारी, नेपाली काँग्रेसका बरिस्ठ नेता  स्व. भीमबहादुर तामाङ तथा पाँचाथर जिल्लाको च्याङ्थापुमा भएको आगलागीबाट हुन गएको निधनको स्मरण गर्दै म्रितक आत्माको चीर शान्तिको कामना गरिएको थियो।

उता भारतीय चल्चित्र जगतकि नायिका मनिषा कोइराला उपचारकोक्रममा न्यू योर्क आइ पुगेकोमा उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो।
अतिथी बक्ताहरुद्वारा सम्बोधन
उक्त समारोहमा बिभिन्न अतिथी बक्ताहरुले सम्बोधन गरेका थिए । बक्ताहरुले युएस नेपाल अनलाइनलाई पाँचौ बर्ष पार गरी छैंठौं बर्षमा प्रबेश गरेकोमा बधाई दिदै आ-आफ्नो मन्तब्य राखेका थिए। अतिथी बक्ताहरुमा प्रमुख अतिथी संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीकाअलावा विश्व सन्देश साप्ताहिक, (न्यू योर्क) का प्रधान सम्पादक बिजय पौडेल, किसान उपाध्याय, जो ४२ बर्षपछि आफ्नो आमा र दिदीसंग पुनर्मिलन हुन सके, इन्दिरा घर्ती मगर (न्यू योर्क) जसको छोरोले न्यू योर्कमा होमलेसबाट नयाँ जीवन पाउन सके, लेखिका तथा नेपाल सम्बन्धी बिषयमा पिएच्डी गरेकी डा. सुसान हाङ्गेन, लेखिका तथा खेलाडी ब्यक्तित्व सिता पाण्डे, नेपाली वूमन ग्लोबल नेटवोर्क (NWGN) कि प्रेसिडेन्ट तथा एनआरएन अमेरिका (NRN USA) कि पूर्व महासचिब बिष्णुकुमारी थापा, इम्पावोर दलित वू मन अफ नेपाल (EDWON) बोस्टनकि संस्थापक बिष्णुमाया परियार, अधिकार संस्थाकि संगठन तथा अभियान डाइरेक्टर नर्बदा छेत्री र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका महासचिब दिपेश लिम्बु थिए।

Chief Guest Sewa Lamsal Adhikari, Charge d' affairs, Nepal Mission speaking at the 5th Anniversary of USNepalOnline.com in New York on December 2, 2012. Photos: eEyeCam.com. More Guest Speakers photos>>
नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान कार्यक्रम
अमेरिकामै एक मात्र मुनाफारहित (501 (c)3 non-for-profit) नेपाली अमेरिकन संचार (मिडिया) कोरुपमा बिगत ५ बर्षदेखी निरन्तर सामूदायीक समाचारमा बिशेष दखल र लोकप्रियता कमाएको युएस नेपाल अनलाइनलाई चीरकालसम्म जिबित राख्न आफ्नो संरक्षकत्व प्रदान गर्ने नयाँ र पुराना आजीवन सदस्यहरुको स्वागत र सम्मान गरेको छ। हालसम्म ४५ आजीवन सदस्यहरु बनेकाछन्, तल हेर्नुहोस्।

Singers Rajesh Thapa Magar and Yashoda Khaling Rai. Photo: Ang Kami Sherpa (PhotoHera.com). More photos>>
समारोहमा गायक कलाकारहरुले बिबिध प्रस्तुती पेश गरेर पाहुनाहरुलाई निक्कै मनोरन्जन दिलाएका थिए। आ-आफ्नो गीत पस्किने कलाकारहरु राजेश थापा मगर, यशोदा खालिङ राई, नरबहादुर दाहाल, Zee TV सारेगमबाट चर्चित कर्मा शेर्पा, पबिता परिया र विश्व तन्जिङ थिए। More singers photos>>
दिदी-बहिनीहरुको सौजन्यमा सेल रोटी र अचारको स्वाद

युएस नेपाल अनलाइनका आजीवन सदस्य दिदी-बहिनीहरुले आ-आफ्नो घरमा बनाएर ल्याएको 'होममेड' सेल रोटी, चिनी र फुर्मा रोटी, आलुदम, पुलाउ, पकउडा, सलाद, अचार र अन्य परिकारहरु उपस्थित पाहुनाहरुलाई खुवाइएको थियो। खाजा प्रायोजन सपना केसी, बिष्णुमाया परियार, लक्षिन लामा, शान्ता घिमिरे, जनेश गुरुङ, शारदा क्षेत्री, इन्दु राई, चन्द्रकुमारी तमु, सिता परियार, इन्दिरा घर्ती मगर, पेम्बा डोमा शेर्पा, चन्दना देउजा, यमुना हमाल श्रेष्ठ र लीला राईले गरेका थिए। मनोजकुमार शर्मा र मान बि राना मगर को बिशेष सहयोग गरेको थियो।
कार्यक्रमको सन्चालन कलाकार शैलेश श्रेष्ठ, प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राई र मिस नेपाल युएसए २०११ कि मिस ट्यालेन्ट जुबी गौचनले रोचक र सफलतापूर्वक गरेका थिए।
युएस नेपाल अनलाइन (www.usnepalonline.com) विश्व भरका १ सय १० भन्दा बढी मुलुकबाट दिनहुँ हेरिन्छ। सन् २००७ को डिसेम्बर ३ तारिख प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन अहिलेसम्म झन्डै १५ करोड (150 million) भन्दा बेशी पटक हेरिसकिएको छ। यो समाचार साइट दिनहुँ झन्डै डेढ लाख पटक हेरिन्छ।
युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्), सन् २०१० मा तेश्रो (पढ्नुहोस्) र सन् २०११ मा चौंथो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ।
Our anniversary update: http://usnepalonline.com/anniversary/
More 57 photos of 5th Anniversary celebration, 2012>>

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, pradeepthapa@gmail.com



The guests at the 5th anniversary celebration of USNepalOnline.com in New York on December 2, 2012. Photos: Ang Kami Sherpa (PhotoHera.com)


The guests at the 5th anniversary celebration of USNepalOnline.com in New York on December 2, 2012. Photos: Ang Kami Sherpa (PhotoHera.com)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक