20130111

मान्छेलाई जिउँदै खाल्डोमा पुर्ने माओवादीहरुका नायक प्रचण्ड र बाबुराम मात्र होइन अब सबै माओवादीहरु प्रतिकारमा उत्रिने रे !!!

कर्णेल कुमार लामादेखि दैलेखमा पत्रकार डेकेन्द्र थापाका हत्या आरोपीलाई पक्राउ गरेपछि एमाओवादीले त्यसको प्रतिवाद गर्ने भित्री तयारी थालेको छ । द्वन्द्वका बेला सरकारले मारेका निहत्था कार्यकर्ताको परिवारका तर्फबाट अदालतमा मुद्दा हाल्ने निर्णय गर्दै माओवादीले मातहतका राज्य समितिहरुलाई त्यसको तयारी गर्न निर्देशनसमेत दिएको बुझिएको छ । अधिकारकर्मीको आडमा माओवादीको सिंगै नेतृत्वलाई हेग पुर्‍याउने षडयन्त्र भइरहेको भन्दै एमाओवादीले त्यसको काउन्टरमा आफ्ना तर्फबाट पनि मुद्दा हाल्ने निर्णय गरेको विश्वस्त श्रोतले जनाएको छ । श्रोतका अनुसार द्वन्द्वपीडित परिवारले तत्कालीन प्रधानमन्त्री, सेनापति, प्रहरी प्रमुख, मुख्य सचिव, मन्त्रिपरिषद्का सबै सदस्य लगायतलाई विपक्षी बनाई मुद्दा हाल्ने तयारी भइरहेको छ । शुक्रबारको बैठकमा पनि अध्यक्ष प्रचण्डले हालै भइरहेका पक्राउ प्रकरणप्रति चिन्ता ब्यक्त गर्नुभएको थियो । ‘बेलायतदेखि दैलेखसम्मका घटना सिंगो माओवादी सिध्याउने खेल हो, यसलाई समयमै प्रतिबाद गरिएन भने स्थिति गम्भीर हुन्छ । यसको प्रतिवादका लागि सिंगो पार्टीमा एकता आवश्यक छ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । यसैवीच, महाधिवेशन गरिरहेको नेकपा माओवादी पनि एकीकृत माओवादी जस्तै दैलेख घटनाको बचाऊमा उत्रिएको छ । दैलेख घटनाको बचाऊ गर्दै शनिबार बिहान
प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरिने दैलेखका माओवादी इञ्चार्ज रामलाल बिकले जनाएका छन् ।
बरिष्ठ कानून ब्यवसायीहरुले अपराध अनुसन्धान प्रभावित पार्न लोगेको भन्दै बर्तमान प्रधानमन्त्री र मन्त्रीहरुलाई भिषा नदिएर बहिस्कार गर्न आब्हान गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बरिष्ठ अधिवक्ता शम्भु थापाले हत्यारालाई प्रसय दिने प्रधानमन्त्री, मन्त्रीहरु र अनुसन्धानलाई प्रभावित गर्न खोज्ने महान्याधिवक्तालाई भिषा रोकेर अन्तर्राष्ट्रिय जगतले बहिस्कार गरे दण्डहिनता अन्त्यको लागि दबाव दिनु पर्ने बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुलाई यीनीहरुको समाचार बहिस्कारका साथै नेपाली जनतालाई कर समेत नतिर्न आब्हान गर्नुभयो ।
बरिष्ठ अधिवक्ता हरिहर दाहालले माओवादीसँग जोडिएका हरेक विषयलाई शान्ति प्रक्रिया भाडिने नाममा संरक्षण गर्न खोजिएको भन्दै शान्ति प्रक्रिया माओवादीको मागिखाने भाडो भएको आरोप लगाउनु भयो । पत्रकार डेकेन्द्र थापाको मुद्दा अदालतको अनुमतिबाट पुर्पक्षमा रहेकोले त्यस्तो विषयमा अनुसन्धान रोक्न आदेश दिनु अदालतको अवहेलना भएको भन्दै उहाँले प्रधानमन्त्री र महान्यायाधिवक्तालाई अदालतको अवहेलनमा मुद्दा चलाउन माग गर्नुभयो ।
बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले युद्धमा नलागेको हतियार नबोकेको ब्यक्तिलाई याता दिएर मार्नु जघन्य अपराध भएको भन्दै यस्ता विषयमा यूद्ध अपराध सम्बन्धी अन्तर्राष्ट्रिय कानून नै आर्कषित हुने दावी गर्नुभयो । अधिवक्ता बालकृष्ण न्यौपानेले द्वन्द्वकालमा मानवअधिकारको घोर उल्लघन भएको भन्दै यसको छानविनको लागि राष्ट्रसंघलाई नै बोलाउनु पर्ने धारणा राख्नुभयो ।
नेपाल बार एसोसीएसनका अध्यक्ष प्रेमबहादुर खड्काले मुलुकको महान्यायाधिवक्ताले पार्टीको प्रवक्ता जस्तो ब्यवहार गरेको भन्दै उनलाई निकाल्न बारले अभियान चलाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पेरिसडाँडामा चलिरहेको एकीकृत माओवादीको केन्द्रीय बैठकमा एकजना ब्राह्मण मूलका केन्द्रीय सदस्य मादक पदार्थ सेवन (मापसे) गरेर दिउँसै सुतेपछि बैठक केहीबेर प्रभावित भएको छ ।
एमाओवादी केन्द्रीय सदस्य तथा म्याग्दी इञ्चार्ज गोविन्द पौडेल बैठकको पहिलो दिन बिहीबार दिउँसो अत्यधिक रक्सी पिएर पेरिसडाँडाँ पुगेका थिए । तर, उनी बैठक कक्षमा तलै सुते । यसरी दिउँसै मापसे गरेर पार्टी कार्यालयमा सुतेपछि एमाओवादी नेता लोकेन्द्र बिष्टले पौडेलको नामै लिएर बैठक कक्षमा विरोध जनाए । अर्का नेता लीलामणि पोख्रेलले उनको नामै चाहिँ नकिटेको भए हुन्थ्यो भन्ने आग्रह गरे ।
तर, शुक्रबार दोस्रो दिन बसेको बैठकमा भने जाडो भगाउन मापसे गर्ने नेता पौडेलले आइन्दा कहिल्यै मासपे गर्दिँन भन्दै सबैका सामु आत्मालोचना गरेका छन् ।
 नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही गर्न मा सरकारले अवरोध गरेमा मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनुभयो ।
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष गाउँलेले सरकारले पहरोसँग कुहिनो ठोक्काउने प्रयास गरेको बताउनु भयो । प्रधानमन्त्री डा बाबुराम भट्टराईका अभिव्यक्तिका कारण मुद्दा अदालतमा पुग्न ढिलाइ भएको उहाँको दाबी थियो ।
आफूहरु प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै पनि नझुक्ने जनाउँदै गाउँलेले पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको बताउनुभयो । उहाँले पत्रकार कृष्णसेन इच्छुकदेखि थापासम्मका हत्यामा संलग्नलाई कारबाही हुनुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले मुखमा कालोपट्टी बाँधेर एक घण्टा प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक