20130121

उद्योगी व्यापारीले सुरक्षा मागिरहँदा मुलुकको सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी बोकेका गृहमन्त्री भने मञ्चमा निदाईरहे

उद्योगी-व्यापारीलाई धम्क्याउने क्रम रोकिएको छैन् । उद्योगी व्यापारी अपहरणमा परिरहेका छन् । उद्योगी व्यवसायी सँधै त्रसित रहिरहन्छन् । यस्तो अवस्थामा उद्योगी व्यापारीले सुरक्षा मागिरहँदा मुलुकको सुरक्षा व्यवस्था मिलाउने जिम्मेवारी बोकेका गृहमन्त्री भने मञ्चमा निदाईरहे । धरानमा सोमबार भएको एक कार्यक्रममा उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष मोहनकाजी शाक्यले उद्यागी व्यवसायीलाई सुरक्षा दिन माग गरिरहेका बेला प्रमुख अतिथि रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छादार भने निदाईरहे । ‘सरकारले उद्योगी व्यवसायीलाई सुरक्षा प्रदान गर्न चासो दिनुपर्‍यो’ गृहमन्त्री गच्छादारलेसँग शाक्यले भने तर, गृहमन्त्रीको निन्द्रा खुलेन । सुनसरीको उद्योग वाणिज्य संघको ३२ औ साधारणसभामा उपस्थित गृहमन्त्रीसामु उद्योगी व्यवसायीले पालै पालो सुरक्षाको माग गरेपनि आफ्नो मन्तव्यको पालो नआएसम्म निदाईरहे छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक