20130122

पँधेर्नीले कुरा फेरे जस्तै कुरा फेर्ने "नौटँकी" ऊपनामले प्रसिद्धी पाएका नेता पुष्पकमल दाहालले अर्को नौटँकी गरेको आफैले खुलाशा गरे !


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्छु भनेर ठट्टामात्रै गरेको वताउनुभएको छ । एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईले प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा सत्य नभएको स्पष्ट पार्नु भयो । यसअघि हिजो गोरखामा आयोजित कार्यक्रममा वोल्दै प्रचण्डले आफू सहमतीय सरकारको नेतृत्व लिन तयार रहेको वताउनु भएको थियो । ताप्लेजुङको
फुङलिङमा मंगलवार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भन्नुभयो,’ प्रचण्डजीले प्रधानमन्त्री बन्छु भनेर ठट्टामात्रै गर्नु भएको हो। बास्तविकता त्यस्तो होइन उहाँ प्रधानमन्त्रीको आकांक्षी हुनुहुन्न । ‘ प्रधानमन्त्री भट्टराईले आफ्नो विकल्पमा स्वतन्त्र व्यक्ति, मधेशी मोर्चा वा साना दल मात्रै भएको वताउनुभयो । दलहरुवीच सहमति जुटाउने प्रयास भइरहेको भन्दै भट्टराईले आगामी जेठ दोस्रो साताभित्र पुनः संविधानसभाको निर्वाचन हुने बताउनुभयो । राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल भइरहेको भन्दै प्रधानमन्त्रीले  सहमतिको राष्ट्रिय सरकार गठन गरी जेठको दोस्रो साताभित्र निर्वाचन गर्नुको  विकल्प नभएको बताउनुभयो ।  भट्टराईले वर्तमान संक्रमणकाल तथा संसद नभएको अवस्थामा अन्य ठूला दल मानिएका कांग्रेस-एमालेको नेतृत्वमा
सरकार गठन हुने कुनै सम्भावना नरहेको वताउनुभयो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले आफुले अघिल्लो दिन गोरखामा बोलेको कुरा साँच्चिकै ठट्यौली भएको बताएका छन्। एकिकृत नेकपा माओवादी ताप्लेजुङको पहिलो जिल्ला सम्मेलन उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन । अघिल्लो दिन गोरखामा मैले सहमतीय गर्छु भनेर बोलेको कुरालाई ठट्यौलीकै रुपमा लिइदिनुहोस् । मैले गोर्खामा आयोजित कार्यक्रममा पुगेका बखत एकदुईजना पत्रकारसँग मात्र यो कुरा गरेको थिएँ । त्यही कुरा मिडियाको लागि खुराक बनेछ । प्रधानमन्त्री बन्नैपर्ने परिस्थिति आइलागे सामना गर्न पनि सक्षम रहेको उनले बताए । पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै ताप्लेजुङ पुगेका प्रचण्डले जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा अरु बिषयमा पनि बोल्ने समय खर्चेनन् । सोहि कार्यक्रममा सहभागी प्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पनि पार्टी अध्यक्षले अघिल्लो दिन गोरखामा दिएको अभिव्यक्ति मजाक नै भएको बताए । भट्टराईले तत्काल पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै संभावना नरहेको बताए छन् । अध्यक्ष प्रचण्डले गोरखामा हिजो हाँसो मजाकको रुपमा म प्रधानमन्त्री हुन सक्छु  भन्ने पारामा बोलेको उनले दाबी गरे । उनले आफु निर्वाचित प्रधानमन्त्री भएकाले र वैधानिक निकाय नभईञ्जेल सम्म शीर्ष दलका शीर्ष नेताले सरकारको नेतृत्व गर्ने बताए । आफु बैधानिक निकायबाट निर्वाचित प्रधानमन्त्री भएको दाबी गर्दै देशलाई चाँडो निकास दिन सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन, बैधानिक निकाय कसरी प्राप्त हुन्छ भन्ने मुल कुरा भएको पनि बताए । जेठ महिना भित्र संबिधानसभाको निर्वाचन अनिवार्य हुनुपर्ने भट्टराईको तर्क थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक