20130316

खिलराज रेग्मी लाई नथ्थी लगाउन चार राजाको अर्को समिती बन्यो, फेरी पनि प्रचन्ड श्री ६ महाराजा नै !



मुख्य तिन दल तथा मधेसी मार्चाको बैठकले अन्तरिम चुनावी मन्त्रिपरिषदलाई सघाउँन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय राजनीतिक समिति गठन गरेको छ ।  मधेसी मोर्चासहित प्रमुख तिनका नेताहरुको बैठकमा ८ सदस्यीय राजनीतिक समिति गठन गर्न सहमत भएका छन् । नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समन्वय समितिको कार्यालयमा बसेको बैठकले नेतृत्व भने आलोपलो गर्ने सहमति पनि गरेको छ । चार दलका तर्फबाट एक एक जना शीर्ष नेता र एक एक जना प्रतिनिधि सहभागी रहने र एक एक महिनामा नेतृत्व परिवर्तन गर्ने सहमति भएको नेताहरुले जनाएका छन् । समितिको नेतृत्व पहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने र महिना दिनपछि परिवर्तन गर्ने
सहमति भएको हो । शीर्ष नेताहरुका बीचमा आगामी असार मसान्तसम्ममा चुनाव गर्ने लगायतका ६ बुँदे सहमति भएको छ । दलहरुका बीचमा भएको सहमतिबारे आइतबार अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर जानकारी गराउने सहमति भएको छ । आइतबार समितिले संवैधानिक नियुक्ती र मन्त्रिपरिषद विस्तारका लागि मन्त्रीहरुको नाम सिफारिस गर्ने सहमति भएको छ । संयन्त्रले शनिबारदेखि नै काम सुरु गरेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । संयन्त्रको नेतृत्व महिनै पिच्छे क्रमशः एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले पालैपालो गर्नेछन्
। पहिलो बैठक एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा शनिबार नै बसेको छ । संयन्त्रले तोकिएको समयमा निर्वाचन गर्न आवश्यक वातावरण बनाउने, काबु बाहिरको परिस्थितिका कारण चुनाव हुन नसके अर्को मिति तोक्नेदेखि मंसिरसम्ममा चुनाव नभए अर्को सरकार गठनका लागि सिफरिस गर्ने सम्मको काम गर्नेछ । 

नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले आन्दोलनबाटै खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकार ढाल्ने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा बैद्यले रेग्मी सरकार प्रतिगामी प्रपञ्च भएको भन्दै आन्दोलनबाटै छिनोफानो गर्ने बताउनु भयो । ’कार्यपालिका, न्यायपालीका र व्यवस्थापिका एकै ठाउँमा हुनु भनेको देश निरंकुशतातर्फ गयो’ उहाँले भन्नुभयो-’अब हाम्रो काँधमा नयाँ जिम्मेबारी आएको छ ।’
चुनाव हुने नहुने निश्चित नभएको भन्दै उहाँले चुनावमा भाग लिने नलिनेबारे बहस गर्न आवश्यक नै नरहेको बताउनु भयो ।
बैद्यले २०४६, ०४७ मा एमाले पतन भएको भन्दा पनि बढी अहिले एमाओवादी पतन भएको दावी समेत गर्नुभयो । इतिहास नदोहोरिने दावी गर्दै उहाँले संसदवादी दलहरु असफल भएको बताउनु भयो । आम देशभक्त दलहरुलाई आहृवान गर्दै उहाँले भन्नुभयो-’नेपालको इतिहासले नयाँ अध्याय खोल्दैछ ।’
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको विरोधमा आन्दोलनरत नेकपा-माओवादीसहितका दलहरुले राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पुत्ला जलाएका छन् ।
आन्दोलनरत दलहरुले रत्नपार्कको शान्तिबाटिकामा कोणसभा गरी राष्ट्रपति अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षको पुत्ला जलाएका हुन् । प्रर्दशर्नकारीलाई प्रहरीले रोक्न खोज्दा केहीबेर धकेलाधकेल भएको थियो । त्यसक्रममा केही बेर आन्दोलनकारी र प्रहरीबीच पुत्ला खोसाखोस भएको थियो ।
यसैबीच राष्ट्रिय जनमोर्चाले नेकपा-माओवादीसहितका दलहरुको आन्दोलनमा आफ्नो समर्थन नरहेको बताएको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरि बन्द वा हडताल गर्ने, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश ११ बुँदे सहमतिलाई जलाउने, प्रधानन्यायाधीश र चार दलका नेताहरुका पुत्लाहरु जलाउने आन्देालनमा आफूहरुको समर्थन नरहेको बताउनु भएको हो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकोविरुद्ध आफ्नो स्वतन्त्र पहलकदमीमा वा माओवादी समेतसित मिलेर सामान्य प्रकारले विरोध प्रदर्शन वा सभा आयोजना गर्ने बाहेक अन्य कुनै कार्यक्रम नभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पछिल्ला दिनमा मुलुकमा वैदेशिक हस्तक्षेप अत्यन्तै बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय राजनीतिमा वैदेशिक हस्तक्षेप हावी हुँदा राष्ट्रियता कमजोर भइरहेको उनले बताए।
नेपाल वित्तीय कर्मचारी सङ्घको सातौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा भएका विभिन्न गतिविधि तथा राजनीतिक दृश्यले नेपालको राष्ट्रियता कमजोर भइ लोकतन्त्रको भविष्य अनिश्चित देखिएको धारणा राखे। उनले राष्ट्रवादीहरुको एकताले मात्र राष्ट्रियतालाई बलियो बनाउन सक्ने र त्यसले लोकतन्त्रलाई सुदृढीकरण गर्ने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक पद्धतिमा शक्ति पृथकीकरणको सिद्धान्त महत्वपूर्ण हुने चर्चा गरे।
कोइरालाले अहिलेसम्म जनताले गरेका विभिन्न आन्दोलनका माध्यमबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई जोगाउन शक्ति सन्तुलनको सिद्धान्त आवश्यक रहेको भन्दै वर्तमान कार्यपालिका प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर निस्पक्ष चुनाव गराउनुपर्ने बताए।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति भिमसेनदास प्रधानले देशको राजनीतिक तथा संवैधानिक जटिलतालाई समाधान गर्न छिटो निर्वाचन सम्पन्न गर्न जरुरी रहेको उल्लेख गरे।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक