20130328

नेकपा माओवादीका सचिव देव गुरुङले कुनैपनि हालतमा संविधानसभा निर्वाचन हुन नदिने चेतावनी !

एमालेका नेता केपी शर्मा ओलीले संविधान सभाको आसन्न निर्वाचन बिथोल्न खोज्नेलाई राज्यशक्ति प्रयोग गरेर भए पनि ठीक लगाउने चेतावनी दिए
 नेकपा माओवादीका सचिव देव गुरुङले कुनैपनि हालतमा संविधानसभा निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । विदेशी षडयन्त्रमा सबै खेलहरु चलिरहेको भन्दै गुरुङले निर्वाचन भए देश नै सकिने भएकाले आफुहरुले सबै शक्ति प्रयोग गरेर चुनाव हुन नदिने बताए । कास्कीको पोखरामा पत्रकारहरुसँगको कुराकानीमा उनले प्रमुख चार राजनीतिक शक्तिबीच भएको सहमती खारेज नभएसम्म निर्वाचन हुनै नसक्ने जिकिर गरे । गुरुङले आफुहरु वार्ताको लागि तयार रहेपनि चार राजनीतिक शक्तिहरुले वार्ताको ढोका बन्द गरेको आरोप लगाए । नेकपा एमालेका नेता केपी शर्मा ओलीले संविधान सभाको आसन्न निर्वाचन बिथोल्न खोज्नेलाई राज्यशक्ति प्रयोग गरेर भए पनि ठीक लगाउने चेतावनी दिएका छन्। उनले कसैले भाग नलिने भन्दैमा निर्वाचन नरोकिनेसमेत स्पष्ट पारे। १५औं वार्षिक उत्सवको पूर्व सन्ध्यामा रिपोर्टर्स क्लब नेपालले सुरु गरेको 'रिपोर्टर्स क्लब नेपालको अभियान संविधान सभाबाटै नयाँ संविधान अभियान'अर्न्तगतको विशेष साक्षात्कारमा बिहीबार बोल्दै उनले संविधान सभा निर्वाचनको विरोधमा सडकमा उत्रिएका दलहरुको माग
समयानुकूल नभएको र त्यसले मुलुकको हित नगर्ने बताए।
शुक्रबार बिहान ९ बजे बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सो विषयमा कुरा हुने र असन्तुष्ट पक्षसँग पनि छलफल गर्ने ओलीले जानकारी दिए। उनले भने- सबैलाई अस्विकार हुने नीतिले आफैंलाई कमजोर र एक्लो बनाउँछ। यो विषय उहाँहरुले पनि राम्ररी बुझ्नुपर्छ।
ओलीले निर्वाचन निष्पक्षरुपमा सम्पन्न गराउन अघिल्लो सरकारले गरेको सबै राजनीतिक नियुक्ति र निर्वाचनलाई प्रभावित पार्ने गरी गरिएका सरुवाहरु खारेज गर्नुपर्ने धारणा राख्दै त्यसो नगर्दासम्म निष्पक्ष निर्वाचन हुन नसक्ने दाबी गरे।
उनले भने- विगत सरकारले गरेको राजनीतिक नियुक्ति कायम राखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। त्यो कायम रहेसम्म राज्य निष्पक्ष निर्वाचन गराउनबाट वञ्चित हुन्छ। त्यसैले त्यस्तालाई एकमुष्ठरुपमा बर्खास्त गर्नुपर्छ। उनीहरुले राज्य सत्ता कब्जा गर्ने, लुटपाट गरेर खान त्यसो गरेका थिए। ओलीले निर्वाचनलाई प्रभावित पार्ने गरी विगतको सरकारले ल्याएको पपुलिष्ट कार्यक्रम समेत बन्द गर्नु पर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगजस्तो विद्धानहरु भएको संस्थाका पदाधिकारीले सरकार बदलिएसँगै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने परम्परा सुनाउँदै उनीहरुको नैतिकतामाथि प्रश्नसमेत ओलीले उठाए।
आतंकको छायाभित्र २०६४ सालमा भएको संविधान सभाको निर्वाचनजस्तो अबको निर्वाचन नहुने स्पष्ट पार्दै अबको निर्वाचनमा नेपाली जनताले लोकतन्त्रवादी शक्तिलाई दुई तिहाई बहुमत दिने विश्वास ब्यक्त गरे।
लोकतान्त्रिक शक्तिलाई दुई तिहाई बहुमत नदिएसम्म नेपालमा संविधान बन्न नसक्ने भन्दै एमालेले लोकतान्त्रिक शक्तिलाई दुई तिहाई बहुमत दिलाउन आवश्यकताअनुसार लोकतान्त्रिक दलबीच सहकार्य, सहमति, तालमेल र एकता गर्दै अघि बढ्ने स्पष्ट पारे।
ओलीले भने- चुनावमा हार्ने डर भएका अलोकतान्त्रिक दलहरुले गठबन्धन तयार पार्दैछन। कोही चुनाव भाड्न लाग्दैछन। त्यसलाई एमाले चिर्दै अघि बढ्छ।
अख्तियारमा विवादित लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्तमा नियुक्ति गर्ने विषयमा भएको विवादमा उनले अदालतमा प्रवेश गरेको विषयमा विवाद गर्नुको औचित्य नभएको भन्दै ठूलो काम गर्न हिँडेको बेला साना साना नाममा विवाद गर्नुको औचित्य नहुने दावी गरे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक