20130412

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाली नयाँबर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिए

अमेरिकाले दियो–‘नेपाली नयाँवर्षको शुभकामना’
अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाली नयाँबर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । आज विज्ञप्ति जारी गर्दै विदशेमन्त्री केरीले नयाँवर्षले सफल चुनाव र संविधान दिने विश्वास गर्दै यो वर्ष नेपाली जनतासँगको सम्बन्ध अझ बलियो हुने आशा व्यक्त गरेका छन् ।  संसारभरका नेपालीहरु एक हुनेमा विश्वस्त हुँदै केरीले नयाँवर्षले नेपालीहरुलाई नयाँ सम्भावना र सुरुवातहरुको बाटोमा लैजाने आशा गरेका छन् ।  राष्ट्रपति बाराक ओमाबा र सम्पूर्ण अमेरिकी जनताको तर्फबाट नेपाली जनतामा नयाँपर्षको शुभकामना दिदै विज्ञप्तीमा भनिएको छ–‘यो नेपालीहरुको राष्ट्रिय एकता मनाउने अवसर पनि हो ।’

**************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक