20130414

लगातार ६२ घण्टा १२ मिनेटसम्म अन्तर्वार्ता गरेपछि रवि लामिछानेले विश्व किर्तिमान कायम गरे, बधाई मित्र रबी लाई नेपाल मदर डट कमको तर्फबाट


सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्ता सञ्चालन गरेर सञ्चारकर्मी एबम हाम्रा मित्र  रवि लामिछानेले विश्व किर्तिमान कायम गरेका छन् । लगातार ६२ घण्टा १२ मिनेटसम्म अन्तर्वार्ता गरेपछि उनको नाममा नयाँ किर्तिमान बनेको हो । ‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारासहित गएको विहीबार विहान साढे १० बजे सुरु भएको अन्तर्वार्ता शनिबार राती १० बजेर ४३ मिनेट जाँदा सकिएको थियो । तर हरेक घण्टा ५ मिनेट विश्राम लिने समय पनि उनले विश्रामसमेत नलिएकाले त्यो समय समेत उनको नाममा जोडिएको छ । यसअघि लगातार ५२ घण्टा अन्तवार्ता गरेर युक्रेनको टेलिभिजन च्यानल फाईभका पाप्लो कुञ्जेयभ र टेटियाना डन्यलेन्कोले गिनिज बुक अफ वल्र्ड रेर्कडमा नाम लेखेका थिए । लामिछानेको किर्तिमानलाई गिनिज बुक अफ वल्र्ड रेर्कड्सले शनिबार नैं मान्यता दिइसकेको छ । वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउने उद्देश्यले न्यूज २४ टेलिभिजनमा लङगेस्ट म्याराथन टेलिभिजन टक शो सञ्चालन गरिएको थियो ।

1 comment:

  1. We are proud to you....and you make us proud too....thanks.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक