20130417

अन्तर्राष्ट्रिय कलाकार मंचले भब्य रुपमा नयाँ वर्ष मनायो

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाले तेलभिबको ,नेविसना इस्थित काठमाडौँ कयाफेमा शुभकामना आदान प्रदान साथै संस्कृतिक कार्येक्रम अप्रिल १३ तारिक शनिबार भब्यताका साथ सम्पन्न गर्यो|  अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष ओम प्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली महामहिम राजदुत प्रल्हाद कुमार प्रसाई प्रमुख अथितिरहनु भएको थियो साथै इजरायलमा रहेका विभिन्न संघ-सस्थाका प्रतिनिधि ,मेडियाकर्मी र इजरायलमा कार्येरत नेपालीहरु उपस्थिति रहेको
थियो|प्रमुख अथीति राजदुत प्रल्हाद कुमार प्रसाई र सभापति ओम प्रसाद प्रसाईबाट संयुक्त रुपमा पानसमा दिप प्रज्वलन सगै राष्ट्रिय गानको सुमधुर धुनको साथमा शुरुवात गरिएको थियो . दुई चरणमा बिभाजित कार्यक्रममा सस्थाका उपाध्यक्ष धर्म भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो भने महासचिव निरज प्याकुरेलले सस्थाको केन्द्र अमेरिकामा रहेको र यस सस्थामा कुनै पनि देशका कलाकारहरुले यो कलाकार मन्चमा आबद्द हुन सक्ने र कला देखाउन पाउने हुनाले सबैलाई जानकारी गराउदै आह्वान गर्नु भएको थियो| यस्तै शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि प्रल्हाद कुमार प्रसाईले हालै पुर्नगठित संस्थाको यस कार्यक्रमले सबैलाई एक सुत्रमा बाध्न सफल हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण इजरायलवासी नेपालीहरुमा सु-स्वस्थ्य एवम् प्रगतिको कामना गर्नुभएको थियो। 

शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रममा सस्थाको परिचय दिएको थियो,  ओम प्रसाद प्रसाईको अध्यक्षतामा पुनर्गठन गरिएको संस्थाको प्रथम उपाध्यक्षमा सवी पाठक, दितिय उपाध्यक्षमा धर्म भण्डारी, महासचिवमा निरज प्याकुरेल, सचिवमा सविना खड्का, कोषाध्यक्षमा सुनिता पाख्रिन त्यस्तै कार्यसमितिको सदस्यहरुमा असफल थापा, रियाज शिवाकोटी, उर्मिला लामा पाख्रिन, रामचन्द्र योञ्जन, माया तामाङ, सम्झना गिरी, मिना वान्तवा, प्रज्ञा पाख्रिन, कल्पना तामाङ, पेमा लामा, हेमा लामा रहेका छन् र साधारण सदस्यहरुमा हजुरी शाह कँडेल, हेमा सिटौला. राज्यवती त्रिपाठी, भिम गिरी, हेमा उप्रेती, पञ्च शेर्पा, सरु राई, चन्द्रा केसी श्रीराम अधिकारी, यासिन राई (सुनिता), निरु लामा, कमल पोख्रेल, रश्मी केसी र मिङडोमा शेर्पा रहेका छन् ।तेस्तै मानार्थ सदस्यमा नेहा गुरुङ र सुर्य सिम्खडा र सल्लाहकारहरुमा कविता शर्मा,खगेन्द्र सुबेदी,दीपेन्द्र थापा,बिजय बिष्ट ,कृष्ण कुमार रायमाझी रहेको सोहि कार्यक्रममा जानकारी गराईएको थियो| कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति ओम प्रसाद प्रसाईले उपस्थित सम्पूर्णलाई नयाँ बर्षको शुभकामना ब्यक्त गर्नु भएको थियोl नेपाल सिन्दुपाल्चोक ठुलो पाखर निबासी रेशम बहादुर बि.कको दुवै किड्नी फेल भएको करण उहालाई सहयोग गर्न संस्थाकी कोषाध्यक्ष सुनिता पाख्रिनको पहलमा उपस्थित सम्पूर्ण बाट उठेको रकम ६४७०० नेपाली |सहयोगको लागि नेपाल  पठाएको जानकारी दिनु भयो
मनोरञ्जनात्मक कार्यक्रम अन्तरर्गत इजरायलबासी कलाकारहरुले आफ्नो कला प्रस्तूत गर्दै उपस्थित दर्सकलाई मनोरञ्जन दिएका थिए |अन्तराष्ट्रिय कलाकार मञ्च इजरायलकी सचिव सविना खड्काको उद्घोषण रहेको पहिलो चरणको उक्त कार्यक्रममा कार्यक्रमको दौरान उद्घोषकको कविता वाचन लगायतका रोचक प्रसंगहरुको प्रस्तूतीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो| स्थानीय कलाकार पेमा लामा ,धर्म भन्डारी ,सबी पाठक ,उर्मिला पाख्रिन , हेमा गुरुङ , ओम प्रसाद प्रसाई ,सम्झना गिरी, निरज प्याकुरेल ,निरू लामा , रस्मि केसी ,सविना खड्का ,रियाज सिवाकोटी, माया तामाङ ,असफल थापा ,मिङ्डोमा शेर्पा ,मिना वान्तवा, राज्यवती त्रिपाठी र सुनिता पाख्रिन हरुको प्रस्तुतिले भरपुर मनोरंजन गराएको थियो| भने चारैतिर हास्दै मनोरंजन गर्दै दर्सकहरु नयां बर्सलाई स्वागत गरिरहेको देखिन्थ्यो| 

उक्त कार्यक्रममा बिशेष सहयोग पुर्याउनु हुने संस्थापक मानार्थ सदस्य नेहा गुरुङ,मिडिया पाटनर नेपाल इजरायल डट नेट,न्युज डायरी, बिपिन तामांग डी.जे,सुर्य बस्याल,. हमतुम लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौ भनि दोस्रो चरणकि कार्येक्रम संचालिका उर्मिला पाख्रिन ज्युले जनाउनु भएको थियो| करिब ४ घण्टा स्थानीय कलाकार हरुको प्रस्तुति रहेको थियो| अन्तमा यस संस्थालाइ आगामी दिनहरुमा अझै विस्तार गर्दै लाने प्रतिबद्दता जनाउदै उपस्थिति दर्सकबाट उठेको रकम नेपाली ६४७०० नेपालमा किड्नी पिडित रेसम बहादुर बि.क (जय राम)लाई पठाउने जानकारीका साथ सहयोगी मनहरुलाई कलाकार मंच ले धन्यवाद दिदै कार्यर्क्रम समाप्त गरिएको थियो

1 comment:

  1. I was more than happy to find this web site.

    I need to to thank you for ones time just for this fantastic
    read!! I definitely really liked every little bit of it and
    i also have you saved as a favorite to check out new things on your website.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक