20130402

राजाले सधैं मनोनित गर्दै मन्त्री, प्रधानमन्त्री सम्म बनाइदिएका तर अहिले गणतन्त्रबादी बनेर प्रचण्डको पछाडि कुद्ने स्वार्थी पञ्चहरु भित्र कुर्सी कै मारामार !

सूर्यबहादुर थापा र पशुपति समशेर राणाबीच अध्यक्षका विषयमा कुरा नमिलेपछि पूर्व पञ्चहरुको एकताको महाधिवेसन डेड महिना पछि !
 पूर्व पञ्चहरुको एकताको महाधिवेसन डेड महिना पछि धकेलीएको छ । पदीय भागबण्डामा कुरा नमिलेपछि सार्वजनिक रुपमै पत्रकार सम्मेलन गरि चैत २३ देखि तय गरिएको एकताको महासिधवेसन पछि धकेलीएको हो । माघमा तय गरिएको एकताको महाधिवेसन हुन नसकेपछि आगामि २३ देखि २६ चैतसम्मका लागि तय गरिएको थियो । राप्रपा र राजपाका नेताहरु रहेको
कार्यदलले प्रतिवेदनलाई अन्तिम रुप दिएपनि केही बुदामा विमति भएपछि एकता प्रक्रिया ढिलो भएको एक नेताले बताए । राजपा नेपालका अध्यक्ष सूर्यबहादुर थापा र राप्रपाका अध्यक्ष पशुपति समशेर राणाबीच अध्यक्षका विषयमा कुरा नमिलेपछि एकता प्रक्रिया अघि बढ्न नसकेको एक नेताले बताए । राजपा अध्यक्ष थापाले एउटै अध्यक्ष बन्नुपर्ने र त्यसका लागि समय विभाजन गर्नुपर्ने अडान राखेका छन् । तर राणाले कार्यकारी अध्यक्ष आफु बन्नेगरि थापालाई राष्ट्रिय अध्यक्ष बनाएर दुईवटा अध्यक्ष कायम गर्नुपर्ने बताएका छन् । राप्रपा महासचिव प्रशुराम खापुङले भने एकता प्रक्रियामा कुनै विवाद नभएको तर प्रक्रियाका कारण पछि धकेलीएको दावी गरे । उनले विधान संसोधन प्रस्ताव, राजनीतिक कार्यपत्रमा बुदागत छलफल थप आबश्यक रहेकाले पछि धकेलीएको बताए । ''अहिले सम्म दुईवटा अध्यक्ष र अरु विषयमा विवाद भएको मलाई थाहा छैन'' खापुङले  भने, ''चुनावलाई ध्यानमा राखेर नयाँ ढंगले जानुपर्ने भएकाले ढिला भएको हो ।'' राजपाका एक नेताले भने राप्रपाको अडानका कारण एकता पछि सरेको दावी गरे ।''राप्रपाका साथीहरुले पदीय हिसावमा राप्रपालाई शक्तिसाली बनाउन खोजे'' राजपाका ती नेताले भने, ''एकताको महाधिवेसन भन्ने तर आफु माथिहुनेगरि एकता गर्दा कसरी सहमति हुन्छ ।''

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक