20130530

झलनाथको झल्लु नेत्रित्वले एमाले दिनप्रतिदिन झल्लु हुँदै, काङ्रेसमा शुशिल, शेर बहादुर र रामचन्द्रको त्यस्तै हालत, फाईदा जती प्रचण्डको एमाओबादीलाई ! किन बुझ्दैनन एमाले काङ्रेसहरु ??

एमालेका पुराना लोकप्रिय नेता, पूर्व साँसद पोखरेलले एमाले परित्याग गरे, गुल्मी एमालेलाई ठुलो धक्का ! पोखरेलजी एमाओबादीमा भने प्रबेश नगर्नु है भन्दैछन गुल्मेली जनता 
झलनाथको झल्लु नेत्रित्वले एमाले दिनप्रतिदिन झल्लु हुँदैछ, काङ्रेसमा शुशिल, शेर बहादुर र रामचन्द्रको नेत्रित्वले त्यस्तै हालतछ। फाईदा जती प्रचण्डको एमाओबादीलाई भैरहेको छ । यो अहिले जन जन का बिच उठ्न थालेको छ । यस्तै हबिगत जारी रहे लेखेरै राखे हुन्छ अब जहिले निर्वाचन भए पनि शहर छिरेको "जँगली" एमाओबादीले मधेशी, जाती जनजाती, सँघियताका पक्षधर भन्दै सबैलाई लालिपप दिएर बहुमत ल्याउने परिस्थिती देखिदै छ । जूटेका भनिएका बेइमान पञ्चहरुको पार्टी माओवादी एजेन्डा बोकेर हिड्छ एमाले काङ्रेस झैँ । एक्ला कमल थापा जती उफ्रे पनि धेरै माथि जान सक्ने ठाउं देखिदैन । खिलराज सरकार माओवादीले नै बनाइदिएकाले खिलराज श्रीमान प्रचन्डकै भएका छन । स्थिती झन डामाडोल देखिदैछ नेपालमा । प्रजातन्त्रबादी भनिने एमाले र काङ्रेस कमजोर भैदिदा प्रचण्डको अराजकता लाई अझ मल जल पुग्दै छ ।
 कुनै पनि बेला बैद्य र प्रचण्डको एकता भयो भन्ने समाचार आयो भने अनौठो नमाने हुन्छ यो नाटक पनि
सबैले बुझ्दा राम्रो हुन्छ । तर पनि किन बुझ्दैनन एमाले काङ्रेसहरु ??
यसैबिच  रामचन्द्र झा, उर्मिला अर्याललगायतका नेताहरुले पार्टी परित्याग गरेको केही सातावित्न नपाउँदै गुल्मी क्षेत्र नम्वर–३ का पूर्व सांसद टंकप्रसाद पोखरेले पनि एमाले छाडेका छन् । पूर्व सांसद पोखरेलले  विज्ञप्ति जारी गरेर एमाले परित्याग गरेको जनाएका हुन् । गुटबन्दी, सैद्धान्तिक विचलन, दक्षिणपन्थी साँठगँठ र क्रान्तिकारी तथा प्रतिबद्ध नेताकार्यकर्ताको पलायनका कारण अव एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने सिद्ध भएको उनले आरोप लगाए । ‘यस्तो अवस्थामा अझै एमालेमा बसिरहनु जनतालाई भ्रमित पार्नु तथा कम्युनिष्ट आन्दोलनलाई धोका दिनु हुनेछ,’ उनले भनेका छन्, ‘म आजका मिति देखि नेकपा (एमाले) परित्याग गर्दछु ।’ ‘विडम्बना एमाले नेतृत्व त्यसतर्फ लाग्नुको सट्टा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुसँगको साँठगाँठ तर्फ उन्मुख भएको देखिन्छ,’ पूर्व सांसद पोखरेलले आरोप लगाएका छन् । पोखरेलले २०२५ सालदेखि भारत प्रवास विद्यार्थी आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा सक्रिय हुँदै राजनीति गरेका थिए ।
यता गृहमन्त्री माधवप्रसाद घिमिरेले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिन नहुने बताएका छन् । बीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर, चितवनमा आज (बिहीबार) पत्रकारहरुसंग कुरा गर्दै घिमिरेले संवैधानिक हिसावले पनि बाधा अड्चन आउने भएकाले रेग्मीले राजीनामा दिन नहुने बताए । प्रधान्यायाधीश पदबाट राजीनामा दिन दवाव परिरहेका बेला गृहमन्त्रीले रेग्मीको बचाउ गरेका हुन् ।
सरकारले सवै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर मंसिरको पहिलो हप्ता भित्रै चुनाव गराउने तयारीमा रहेको उनले बताए । ‘सरकारले आफ्नो हिसावले मिति घोषणा गर्ने नभई सबै राजनीतिक दलहरुसंग छलफल गरेर मात्र मिति घोषणा हुन्छ,’ उनले भने ।
गृहमन्त्री घिमिरेले आन्दोलनरत दलहरुसँग औपचारीक/अनौपचारीक दुवै तरिकाले सम्वादमा अघि बढिरहेको बताए ।
उता राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले प्रधानन्याधीशको नेतृत्वमा रहेको चुनावी सरकारले मंसिरमा चुनाव गराउन नसक्ने दाबी गरेका छन् ।
भैरहवामा आज (बिहीबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले सरकारको गतिविधिले निर्वाचन मंसिरमा नहुँने संकेत देखिएको बताए । ‘निर्वाचनको मिति घोषणा नगर्नु भनेको मंसिरमा पनि निर्वाचन नगराउनु नै हो,’ उनले भने ।
४ राजनीतिक दलको सिन्डिकेटले विभिन्न बहानामा चुनावलाई अवरोध पुर्‍याएको आरोप थियो ।
अध्यक्ष थापाले सडक संघर्षमा रहेका नेकपा–माओवादीसहितका राजनीतिक दललाई सहमति ल्याउन सुझाव दिए ।
एमालेका वरिष्ठ नेता माधव नेपालले एमाओवादीले प्रमुख दलहरुका बीच भएका सहमतिलाई उल्टाउन खोजेको अरोप लगाएका छन् ।
प्रेस चौतारीले आज (बिहीबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालले विगतमा भएका सहमतिमा शीर्ष नेताहरु अडिग रहनु पर्ने बताए । ‘एमाओवादी विगतका सहमति उल्टाउन लागेको छ,’ उनले भने, ‘तोकिएको समयमा निर्वाचन गर्न अनेक बखेडा गर्नु हुँदैन ।’
उनले चार दलको मात्र नभई सबै दलसँग सहमति जुटाएर सरकार निर्वाचनको मिति तोक्न लाग्नु पर्ने बताए । सबैलाई समेटेर चुनावको वातावरण बनाउनु पर्ने उनको भनाई थियो ।
‘राष्ट्रिय सहमतिका लागि चुनाव बाहेक अर्को बिकल्प छैन,’ नेता नेपालले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक