20130618

समय आएपछि आफूले केही गर्ने पूर्वराजा ज्ञानेन्द्रको प्रतिक्रिया, सुदूरपश्चिममा आएको बाढी पहिरो र त्यसले पुर्‍याएको क्षतिले ज्ञानेन्द्र दुःखी


पूर्वराजाले केही गरिदिए हुन्थ्यो भन्ठान्ने राजावादीहरुलाई रौतहट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार निराश बनाइदिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्रले अहिले नै आफूले केही गर्ने समय नआएको बताउनुभएको छ । तर, समय आएपछि आफूले केही गर्ने ज्ञानेन्द्रको प्रतिक्रिया छ । धार्मिक यात्राका क्रममा मंगलबार रौतहट पुगेका ज्ञानेन्द्रले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै समय आएपछि जनताले भनेअनुसार नै अघि बढ्ने
बताउनुभयो । देश बनाउन तपाईबाट केही हुन्छ कि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले भन्नुभयो-’त्यो समय नै आइपुगेको छैन । समय आओस्, जनताले जे भन्छ, त्यो समयमा हामीले जे गर्नुपर्छ, त्यो गरौंला ।’
संविधानसभाबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले मलाई केही भन्नु छैन भन्नुभयो । यद्यपि प्रजातान्त्रिक अभ्यासमा निर्वाचन हुनु राम्रो हो भन्दै उहाँले भन्नुभयो-’निश्पक्ष, धाँदलीरहित, सबैले भाग लिन पाउने निर्वाचन होस् भन्ने सबैको चाहना छ । हाम्रो पनि त्यही हो ।’ मुलुकको राजनीतिक अवस्था बारे सोधिएको प्रश्नमा पूर्वराजा शाहले यस्ता प्रश्नहरु नेताहरुलाई सोध्न आग्रह गर्नुभयो ।' उहाँले सुदूरपश्चिमा आएको बाढी पहिरो र त्यसले पुर्‍याएको क्षतिले आफू दुःखी भएको बताउनुभयो । ‘सुदूरपश्चिमाा आएको प्राकृतिक प्रकोपले दुःखी छु । मैले गरेका पूजाहरुमा सुदूरका जनताका लागि भगवानसँग प्रार्थना गरेको छु ।’ पश्चिमको पीडाले पोलेको भन्दै उहाँले त्यस क्षेत्रका जनतालाई तत्काल राहत आवश्यक भएको बताउनुभयो । मध्य तराईका विभिन्न जिल्लाका भ्रमणमा रहेका ज्ञानेन्द्र दिउँसो गौर पुग्नुभएको थियो । उहाँलाई स्थानीयबासी र समर्थकहरुले भव्य स्वागत गरेका थिए । रौतहटको मध्यबजार गरुडामा भगवती मन्दिर

दर्शनपछि ज्ञानेन्द्रले सदरमुकाम गौर १ मा रहेको शिवालय मन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । पूजा अर्चनापछि केही क्षण विश्रामका लागि होटेल पुगेका पूर्वराजाले पत्रकारहरुसँग कुराकानी गर्नु भएको हो । ज्ञानेन्द्र मंगलबार नै सिमरा फर्किनुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक