20130617

ठूलो आन्द्रामा घाउ भएर विरामी परेका राष्ट्रपति डा. रामवरण यादव सोमबार परिवारसहित जापान प्रस्थान गरे

ठूलो आन्द्रामा घाउ भएर विरामी परेका राष्ट्रपति डा. रामवरण यादव सोमबार परिवारसहित जापान प्रस्थान गरेका छन् ।
राष्ट्रपति यादव थाइ एयरको विमानमार्फत जापानको टोकियो प्रस्थान गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । उनको साथमा छोरा चन्द्रमोहन, छोरी अनिता, सल्लाहकार सूर्य ढुङ्गगेल, निजी चिकित्सक डा. यादव भट्ट र सुरक्षाकर्मीको टोली छ । राट्रपति यादवले शनिवार राजधानीको धापासी स्थित ग्रान्डी इन्टरनेशनल अस्पताल तथा शुक्रबार टिचिङ्ग अस्पतालमा उपचार गराएपछि चिकित्सकहरुले थप उपचारको लागि विदेश लैजान सुझाव दिएका थिए । चिकित्सकहरुको टोलीले ठुलो आन्द्रामा गिर्खो या दाग देखिँदा क्यान्सर सम्म हुने भएकोले तत्काल थप उपचारको प्रक्रिया अगाडि बढाउन सुझाएका थिए । आइतबार सरकारले मन्त्रिपरिषद् बैठक बसेर उपचारको लागि जापान पठाउने र उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक