20130718

लुम्बिनी अञ्चल अस्पतालमा सर्पले डसेका बिरामी बढे, ७ को मृत्यु

भैरहवा । सर्पको टोकाईबाट अस्पतालमा उपचार गर्न आउने बिरामीहरुको संख्या पछिल्ला दिनमा ह्वात्तै बढेको छ । लुम्बिनी अञ्चल अस्पतालमा सर्पले डसेका बिरामी पछिल्लो दिनमा बढेपछि आकस्मीक कक्षमा त्यस्ता बिरामीहरुले भरिने गरेको छ । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट सर्पले डसेका बिरामीहरु उपचारका लागि यहा“ आउने गरेका छन । बर्षा शुरु भएपछि सर्पले टोकेका बिरामी बढ्ने गरेका छन् । अञ्चल अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीबिरामीहरु बढेको बताउनुभयो । गएको आर्थिक बर्षमा लुम्बिनी अञ्चल अस्पतालमा १ सय ५६ जना सर्पको डसाईबाट बिरामी भएकाहरु अस्पतालमा भर्ना भएको अस्पतालका मेडिकल रेकड अधिकृत  रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो आर्थिक वर्षमा अस्पतालमा ७ जना सर्पले डसेका बिरामीको मृत्यु भएको छ । असार महिनामा बिरामीको संख्या बढ्ेको उहाँको भनाई छ । सोही अवधिमा गत बर्ष अस्पतालमा १ सय ४३ जना बिरामी भनाई भएका थिए । गत बर्ष २१ जना बिरामीको मृत्यु भएको थियो । विश्व स्वस्थ्य संगठन (डब्लु एच ओ) को मापडण्ड अनुसार गुणस्तरीय औषधी र प्रविधिको प्रयोग गरेका कारण मृत्यु हुनेहरुको संख्यामा कमी आएको रेग्मीको भनाई छ ।   बिषालु सर्पको टोकाईपछि अस्पतालमा आउने बिरामीहरुले समयमै औषधी उपलब्ध गराउनका लागि आफुहरुले निरन्तर पहल गरिरहेको अस्पतालले जनाएको छ ।   केही साताअघि अस्पतालमा औषधीको अभाव देखिएपनि केही दिन अघि मात्रै थप औषधी बुटवलमा आईपुगेको छ । ७ सय ४० माइृल औषधी लुम्बिनी अञ्चल अस्पतालमा आएको र अब औषधीको कुनै अभाव नहुने जानकारी अस्पतालले गराएको छ ।   विगतका बर्षमा भन्दा यस पटकदेखि लुम्बिनी अञ्चल अस्पतालका साथै अन्य स्वाथ्य संस्थाहरुमा पनि आधुनिक औषधी र प्रविधिको प्रयोग गरि उपचार गर्न थालेपनि समयमै अस्पताल लिएमा
कसैले ज्यान गुमाउन नपर्ने दावी अस्पतालले गरेको छ ।   तराईका जिल्लाहरुमा अझै पनि सर्पले डसेका घरेलु प्रविधिको उपचार गर्ने परम्परा भएको र अन्तिम समयमा अस्पतालमा ल्याउने गर्नाले बिरामीले ज्यान गुमाउनु परेको चिकित्सकहरुले बताएका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक