20130810

अमेरिकामा बसे पनि मन त आखिर नेपाली न हो ! होइन र ?

अमेरिकामा बसे पनि मन त आखिर नेपाली न हो ! होइन र ? ल नाग पञ्चमीमा तपाईंको मा मैले फेसबुक बाटै नाग टाँसिदिएँ है, मलाई दक्षिणा दिने पैसा दिन दुखी र अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्नुहोला, तपाईंलाई भगवान ले हेर्नेछन । सबैको कल्याण होस ।
 साउन ९ गते । आज श्रावण शुक्ल पञ्चमी सनातन हिन्दुहरूले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाइँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको
छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. माधव भट्टराईले बताउनुभयो । नागपूजाको प्रचलन वैदिक काल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ । वैदिक लगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ । यस उपलक्ष्यमा काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती लगायत अधिराज्यका विभिन्न नागदहमा मेला लाग्ने गर्दछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक