20130813

"म आफ्नै नेपाल आमा को काखमा मर्न चाहन्छु भारतमा होइन, मलाई नेपाल लैजाउ" भनेर भन्न थाले पछी सिकिस्त पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको इच्छालाई आदर गर्दै उनका परिवारले उनलाई गम्भीर अवस्थामै दिल्लीबाट काठमाडौं ल्याए !

लामो समयदेखि फोक्सोको क्यान्सरबाट थलिएका लिएका पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको इच्छालाई आदर गर्दै उनका परिवारले उनलाई गम्भीर अवस्थामै दिल्लीबाट काठमाडौं ल्याएकाछन्। "आफ्नो मातृभूमि नेपालमा नै प्राण त्याग गर्ने" उनको इच्छालाई आदर गर्नुबाहेक हामीसँग कुनै विकल्प थिएन,' परिवारले भन्यो, 'त्यसैले मंगलबार राति नै एयरएम्बुलेन्सबाट उहाँलाई काठमाडौं ल्याएका हौं।' जीवनको अन्तिम घडीमा रहेका पूर्वप्रधानमन्त्री थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार केन्द्रमा कृतिम लाईफ सर्पोट सिस्टममा उपचार गराइरहेका छन्। बिगत एक महिनादेखि दिल्लीस्थित बेदान्त अस्पतालमा उपचारार्थ भर्ना गरिएका ७१ वर्षीय सिंहको अवस्था विगत ४ दिनदेखि अत्यन्त नाजुक बन्दै गएको थियो। पञ्चायतको अलोकप्रिय चरणमा प्रधानमन्त्री रहे पनि सिंह व्यक्तिगत रुपमा असाध्यै इमानदार र राष्ट्रवादी नेताको रुपमा आफ्ना बिरोधीहरुका बीच्मा समेत चिनिँदै आएका छन्। सरकारले उनको उपचारमा अरु पूर्वप्रधानमन्त्रीलाई दिँदै आएको आर्थिक सहयोग दिनमा ढिलाई र आनाकानी गरेपछि नेपाल भित्र र बाहिर छरिएका अनेकौं नेपालीहरुले व्यक्तिगत रुपमा अर्थ संकलन गरी उनको उपचारमा सहयोग पुर्‍याएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक