20130814

अल बिदा मरिचमान सिंह श्रेष्ठ, स्वर्गमा तिम्रो बास होस


भनिन्छ राम्रा मान्छेलाई काल ले पनि छिट्टै माथि बोलाउँछ रे । त्यस्तै भयो फेरी एक पटक । स्वर्गीय राजा बीरेन्द्र सँग अती घनिस्ठ, नेपाल र नेपाली जनताको लागि भारत सँग कहिलै शिर नझुकाएको एउटा राष्ट्रबादी, जनताबादी, नैतिकवान र कुनै भ्रस्टाचारमा संलग्न नभएको
भिमसेन थापा पछी को प्रधानमन्त्री, नेपालको एक सच्चा सपुत जसलाई तपाईं हामीले नै नबुझेर २०४६ सालमा मरिचमानलाई फाँसी दे भन्दै यिनै बर्तमान कुलँगार नेताहरु र भारतका अगाडि लम्पसार पर्ने दलहरुको ईशारा मा गाली पनि गरेउँ । नारा पनि लगायौं । तर समय पारिस्थिले के साबित गर्‍यो भने उनी अर्का भीमसेन थापा थिए राष्ट्रका लागि । तर हामी नेपालीको बुद्धी धेरै पछाडि फिर्छ । पुष्पलाल लाई गद्दार भन्यौँ, बीपी लाई गाली गरेउँ । राजा बिरेन्द्रलाई
सत्तो सराप गरेउँ । अहिले सम्झेर रुन्छौँ । अब यो सम्झिने लिस्ट मा पुग्नुभएको छ भुतपुर्ब प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ । जसको भर्खरै काठमाडौं मा निधन भएको छ । नेपाल मदर डट कम राष्ट्रलाई माया गर्ने मरिचमानको देश भक्ती लाई छाती फुकाएर सलाम गर्दै बिदाइ गर्दछ । स्वर्गीय सिंह को स्वर्गमा बास होस कामना गर्दछ ।


           





No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक