(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20130921

प्रचण्डले यसरी मेटाए मगरको इतिहास – मनोज घर्तीमगर



"जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामारको छ’ एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लगायतत थुप्रै माओवादी नेताले बेलाबेला यस्तै भाषण ठोक्थे ।अन्र्तवार्ता दिन्थे । त्यही भाषण सुनेर हजारौं मगरले आफ्नो थेप्चो नाक फुलाउँथे ।"
–मनोज घर्तीमगर
manoj gharti magar -11माओवादी जनयुद्धमा चर्को योगदान दिन पाएको ठानेर गमक्क पर्थे । जनयुद्धमा मगर लडाकाकै बाहुल्यता भएकोले प्रचण्डले ‘मगर छापामार’ को गुनगाण गाउँथे । तर भदौ १० गते सोमबार ७० जना पूर्व जनमुक्ति सेनाले नेपाली सेनाको अधिकृत दज्र्यानी चिन्ह(उपसेनानी) लगाएपछि प्रचण्ड र माओवादीको बखान आफ्नो समुदायलाई सत्ताको भर्याङ चढाउन मात्र रहेछ भनि पुनः खुलस्त हुन गयो । यद्यपि योभन्दा ठूलो जालझेल २०६३ सालमै बाहिर आइसकेको थियो । अहिले त्यो जालझेलमा थप खेल दोहोरिएको छ ।
अझ दुःखद कुरा यो छ कि, ७० जनाले उप–सेनानी दज्र्यानी चिन्ह्को फूली काँधमा लगाइरहँदा एक जना पनि रोल्पाली परेनन् । जनयुद्धमा ज्यानको बाजी राखेर लड्ने रोल्पाली छापामार कहाँ गुमनाम बनाइए ? ७० जनामा रोल्पाको प्रतिनिधित्व नहुनुजस्तो ठूलो पिडा अरु के हुन सक्ला ? रोल्पालीहरुका लागि यो गम्भीर समीक्षाको विषय बन्नुपर्छ ।
जनयुद्धका हरेक मोर्चामा रोल्पाली र रुकुमेली युवाले नेतृत्वदायी र अग्रणी भूमिका निभाएको घाम जत्तिकै छर्लङ्ग छ । तर किन रोल्पाको सहभागीता देखिएन ? ७० जना उप–सेनानीमध्ये वीरेन्द्र बिएम (बुढामगर) र भरत पुलामीमगरले मात्रै फूली लगाउनुले पनि देखाउँछ, मगर समुदायले जनयुद्धमा बगाएको रगतलाई माओवादीले कसरी अपमान गरेको छ भन्ने । बीरेन्द्र पनि प्रचण्डको बडीगार्ड भएकोले उनको सोर्सफोर्सले त्यति सम्म हुन पाएकाहुन् । त्यसो भए, ‘जनयुद्धमा सबैभन्दा ठूलो भूमिका रुकुम रोल्पाका मगर छापामारको छ’ भनेर भाषण गर्ने प्रचण्डले मगर छापामारलाई कता लुकाए त ? उत्तर २०६३ सालमै खुलिसकेको छ–‘धेरै
मगर छापामारलाई प्रचण्डले वाइसिएल बनाएर शिविर बाहिरै राखे र तिनका ठाँउमा गाँउका मतदाताहरुलाई सेना बनाउने प्रलोभन दिई त्यहाँ छिराईयो । त्यसपछि कहाँबाट समायोजनमा पुग्छन त मगर छापामार ।’
दज्र्यानी चिन्ह पाउने ७० जनामध्ये यामबहादुर अधिकारीले महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी तथा वीरेन्द्र बुढामगरसहित १३ जनाले सेनानी, ३० जनाले सह–सेनानी र २४ जनाले उप–सेनानीको जिम्मेवारी सम्हाल्नेछन् । ७० जनामा आधाभन्दा बढी क्षेत्री बाहुन बनाउनुको तितो र निर्मम यथार्थ पनि धेरैलाई थाह नहुन सक्छ । माओवादी छापामार र अहिले उपसेनानीको दज्र्यानी चिन्ह पाएकाहरुमा पनि बाहुन क्षेत्री यूवाहरुकै बाहुल्य देखिनुको भित्री रहस्य अर्कै छ । हरेक ठाँउमा प्रमुख स्थानमा आउने बाहुन, क्षेत्री जुन ठाँउमा कमजोर थियो, त्यसमा प्रचण्ड लगायत बाहुनवादी नेताले आफ्नो समुदायलाई लडाका जाति (बलियो स्थान देखाउन ) यो रणनीति अपाएका हुन् ।
बाहुनवादी राज्यसत्ता बिरुद्ध लडिएको भनिएको जनयुद्धमा बाहुन क्षेत्रीकै बर्चश्व देखाउनुले पनि यो प्रमाणित गर्छ । अर्को कुरा लड्ने भिड्ने मामलामा डरप्वाँक, छेरुवा र राजनीति मात्रै गर्न जान्ने भनेर आरोप खेप्नु परेका बाहुन जातिलाई माओवादी छापामार धेरै देखाएर प्रचण्डले नयाँ मानक बनाउन चहन्थे । जसमा उनी पूर्णरुपमा सफल भएका छन् । जनजाति, त्यो पनि मगरलाई खुंखार लडाका जाति भनिदै आएकोमा छामापार प्रकरणमा प्रचण्डले माओवादी युद्धमा मगर, जनजाति मात्र लडेनन् पीडक भनिने जातिहरु समेत लडे । मगर/गुरुङ त केवल विदेशीको बन्दुक (ब्रिटिस, सिंगापुर र भारतीय सेना भएर) बोकेर उनीहरुकै लागि लड्दा मात्रै बहादुर र लडाका भएका हुन् । यो देशमा भएको १० वर्षे माओवादी युद्धमा, यो देश परिवर्तन गर्ने आन्दोलनमा सबैभन्दा बढी ‘बाहुन क्षेत्री’ लडेका थिए भन्ने इतिहास कायम गराएकाछन् । यसबाट उनले इतिहासमा रहिररहने दुईटा गलत मानक बनाएका छन् । १.बाहुन हुँदैमा गलत हँुदैनन् २. बाहुन पनि लडाका हुन्छन् भन्ने ।
प्रचण्डले यी दुई मानक कपटीपूर्ण जालझेल र छलछामबाट बनाएका हुन् भन्नेबारे माओवादी युद्धमा बन्दुक बोक्ने मगरलाई थाह छैन वा थाह पाएर पनि चुप छन् । उनीहरुले जे गरे पनि माओवादीको यो छलछामले जनयुद्धमा ज्यानको बाजी लगाएर लड्ने रोल्पाली र रुकुमेलीको विशेष गरि मगरको इतिहास मेटिएको छ । यस्तो चालबाजी मगरको मामलामा सँधै दोहोरिरहेको छ, दोहोरिरहनेछ । प्रचण्ड र अन्य माओवादी नेताले यो बठ्याँइ २०६३ साल मंसिर ५ गते तत्कालीन विद्रोही माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता हुनु अघि नै गरेका थिए । माओवादीले छामापारलाई शिविरमा राख्ने समय आउँदै गर्दा ठूलो झुटको खेती ग¥यो । त्यतिबेला उसले आफूसँग लडाका ५० हजार र मिलिसिया एक लाख रहेको दावी गथ्र्यो । हतियार पनि त्यहि अनुपातमा रहेको बताउँथ्यो । छापामार सात डिभिजनसम्म बनाएको प्रचारबाजी गर्दे आएको थियो । तर यो माओवादीको खतरनाक प्रोपोगाण्डा थियो ।
बिस्तृत शान्ति सम्झौतापछि माओवादीले आफ्नो झुठ खुल्न सक्ने डरले रातारात विभिन्न गाउँका युवालाई नेपाली सेना बन्न पाइने लोभ देखाएर जनमुक्ति सेना बनायो । त्यतिबेला कपटी र खुराफाती प्रचण्ड लगायत माओवादी नेताले भेटाएसम्म धेरै बाहुन क्षेत्री युवालाई शिविरभित्र छिराए । तीनै युवालाई लडाकाको परिचय दिए । अनमिनले प्रमाणित गरेपछि ति वास्तविक लडाका भए ।
यतिबेलै माओवादीले मगरको असली इतिहास मेटाइदिने काम ग¥यो । १० वर्षे युद्ध लडेका मगर लगायत बलिया बांगा युवालाई ‘कुनै पनि बेला लडाउन, भिडाउन’ चाहिने भएकाले वाइसीएल बनाएर शिविर बाहिर राख्यो । वाइसियल बन्नेमा धेरैजसो मगरहरु थिए । त्यसका प्रमुख र इन्चार्ज नै मगर थिए । सोझा र इमान्दार मगर छापामारले माओवादीको खुराफाँत र कपट बुझेनन् अनि वाइसियल भएर बाहिरै बसे । यसले वास्तविक लडाका मगरहरुको परिचय लुकाइदियो । प्रचण्डले शक्तिखोरमा आफ्ना कमाण्डरहरुलाई दिएको गोप्य प्रशिक्षणमा उनले यो कुरा स्वीकारेका छन् । वास्ताविक छापामार ६/७ हजार भन्दा बढी नभएपनि आफुहरुले ३० हजार देखाएर आँखा छलेको उनले बोलेको भिडीयोमा छ । छापामार भनिएका करिब ६ हजार नाबालकको रुपमा शिविरबाट निकालिएको यथार्थले पनि माओवादीले हतारहतार मान्छे हुलेको प्रस्ट देखाउँछ । माओवादीले जनमुक्ति सेनालाई शिविरमा हाल्दा असली जनमुक्ति सेनालाई वाइसियल बनाइ सकेको थियो । त्यसमा धेरै मगर थिए । अनि कहाँबाट उपसेनानीको दज्र्यानी चिन्ह लगाउने मगर भेटिन्छन् ?
संयुक्त राष्ट्रसंघिय मिसन अनमिनले शिविरमा रहेका १९ हजार ६ सय ८ लडाकामध्ये १६.११ प्रतिशत बाहुन, १५.७८ प्रतिशत क्षेत्री र १२.५० प्रतिशत मगर लडाकाको संख्या देखाएको थियो । जनमुक्ति सेनामा जम्मा १२.५० प्रतिशत मगर थिए भनेर कुन रोल्पाली र रुकुमेली मगरले स्वीकार्न सक्छ ? यो कुरा बाहिर आउँदा पनि वाइसियल भएर बसेका वास्ताविक मगर छापामार चुपाचाप बसे । यतिबेला तिनले केही न केही गुमाएको महसुस त गर्दै होलान् तर हुनेवाला केही छैन । यो प्रचण्ड र माओवादीको बद्नियपूर्ण र कुटिल खेलले बनाइएको गलत इतिहास हो । अनमिनको तथ्याङ्कमा १२.५ प्रतिशत रहेका माओवादी लडाका नेपाली सेनाको अधिकृतसम्म पुग्दा जम्मा २.८५ प्रतिशत हुनु दुःखलाग्दो कुरा हो ।
माओवादीले २०५२ सालमा रुकुम र रोल्पाबाट जनयुद्ध सुरु गर्दा भर्खर ६/७ कक्षामा पढदै गरेका मगर युवाहरु सहभागी थिए । उनीहरुलाई माओवादीले बुर्जुवा शिक्षा पढ्नुपर्दैन भन्दै युद्धमा हिडायो । युद्धमा लागे मगर लगायत नेपाली जनताको मुक्ति हुने आश्वासन बाँड्यो । मिठा सपना देखाएपछि सोझा मगरहरुले बन्दुक उठाए । कतिले अनाहकमा ज्यान गुमाए । कयौंले अहिले जनयुद्धको नासोस्वरुप शरिमा बम र गोलीका छर्रा बोकेर घाइते जीवन बाँचिरहेका छन् ।
बहकाउमा लागेर बन्दुक बोकेका धेरै मगरहरु छातिमा गोली थाप्न तम्सिए । तीमध्ये थोरै मात्र बुझेर युद्धमा लागेका थिए । बाँकी जति बहकाउ, माओवादीले बाँडेका सुन्दर सपना र पुलिस अनि आर्मीको ज्यादति सहन नसकेर जनयुद्धमा होमिएका थिए । रुकुम र रोल्पाका मगर भेटाउने बित्तिकै तत्कालीन सरकार (पुलिस र सेना) ले माओवादीकै आरोप (माओवादी नभए पनि) लगाउँथ्यो । कुटपिट गथ्र्यो । रोल्पा रुकुमका मगरलाई तत्कालीन सरकारले हेर्ने यहि विभेदकारी नीतिले पनि धेरै मगर बाध्यताले माओवादी बने ।
मगरहरु इमान्दार र सोझा हुने फकाउन सजिलो भएकाले माओवादीले सकेसम्म मगर लगायत जनजातिलाई युद्ध लाग्न फकाउँथ्यो र उनीहरु जान्थे पनि । यीयस्तै कारणले जनयुद्धमा रुकुम रोल्पाका मगरहरुको बाहुल्य थियो । युद्धका हरेक मोर्चामा मगर नै अगाडी हुने भएकाले जनयुद्धमा मर्नेहरु पनि मगर धेरै थिए । (जनयुद्धमा पुलिस, माओवादी, आर्मी सबैतिरबाट ज्यान गुमाउने करिब ७ हजार मगरको भएको बताइन्छ) तीनै रुकुम र रोल्पाका मगरले छातिमा गोली थापेर प्रचण्ड र बाबुरामलाई प्रधानमन्त्री बन्न सत्ताको भ¥याङ भइदिए । दुवै जिल्ला मगरबाहुल्य भएकाले उनीहरुलाई भावनात्मक सम्बन्ध जोडेर सिज अभियान (सिस्ने जलजला) चलाएर हजारौं मगरलाई जनयुद्धमा लाग्न प्रेरित रामबहादुर थापामगर ‘बादल’ ले सघाए । बादल रोल्पा रुकुमका मगरबस्तीमा नगएको भए यहाँका मगरहरु यति ठूलो संख्यामा माओवादी युद्धमा सहभागी हुने संभावना कम थियो ।
हजारौं मगरलाई माओवादी बनाउने तीनै बादललाई माओवादीले प्रधानमन्त्री बनाउन उपयुक्त ठानेन । जनमुक्ति सेनाको कमाण्डर नन्दकिशोर पुनमगर ‘पासाङ’ गुमनाम छन् । २०५२ साल फागुन १ गते रुकुम राडिजिउलाको प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध गर्ने गणेशमान पुनमगर एकताका वाइसियलका अध्यक्ष थिए अहिले कता हराए कुन्नि ? यतिमात्रै होइन तत्कालीन श्री ५ को सरकारलाई चुनौती दिएर रुकुममा पहिलो जनसरकार बनाएर प्रमुखको जिम्मेवारी निभाउने पूर्ण घर्तीमगर र सेक्रेटरी सरुण बाँठामगर कुन कुना कुनमा छन् ? थाह छैन । उनीहरु मगर भएकै कारण माओवादीले जानीजानी पाखा लगाएको हो । त्यही कुरा माओवादीले छामापारमा पनि दोहो¥याएको हो ।
जुन जाति सजग र सचेत हुन्छ उसले आफ्नो समूदायको हक हित भन्दै कहिल्यै कराउँदैन, उफ्रदैन । उसले नबोलीकनै भित्रभित्रै कपट, जालझेल गरेर आफ्नो अधिकार स्थापित गराएरै छाड्छ । प्रचण्ड लगायत माओवादी नेताले लडाकाको सन्दर्भमा त्यहि गरेर नयाँ मानक बनाए । आफ्नो समुदायलाई बलियो भएको देखाए । जनजाति र विशेष गरि मगर नेताहरु आफ्नो अधिकार भनेर चिच्याउने कुर्लिने मात्रै गर्छन् । उनीहरु यति कुटनीतिक र जालझेरको राजनीति गर्नै सक्दैनन् । त्यसैले अझै दशकौसम्म प्रचण्ड लगायत थुप्रै बाहनुवादी, अति साम्प्रदायिक र खुराफातसंग लड्न सक्ने क्षमता अन्य समूदायको र विशेष गरि माओवादी जनयुद्धमा महत्वपूर्ण योगदान दिने मगर नेतासँग छैन भन्ने गतिलो उदाहरण हो ।
जतिबेला मगर नेताले यहाँका बाहुनवादी, खुराफाती र छलकपटको राजनीति थाह पाउँछन् त्यतिबेला मगरको इतिहास बांगिसकेको हुनेछ । ७० जना पूर्व जनमुक्ति सेना नेपाली सेनामा समायोजन हुने काण्डबाट मगरले सिक्नुपर्नेछ–बन्दुक बोकेर राज्यलाई झुकाएर मात्र हुंदो रहेनछ, माथि पुग्न शैक्षिक योग्यता र आफ्नो समुदाय राजनीतिक रुपमा सचेत पनि हुनु पर्दो रहेछ । मगरको बुद्धि पछि आउँछ भन्छन्, सायद वास्तविक मगर छापामारको अहिले बुद्धि पक्कै फिरेको होला । तर, के गर्नू इतिहास बांगो भइसकेको छ । यहि गलत इतिहासलाई स्वीकारर्नुबाहेक अरु विकल्प के तिनका अगाडि छैन ।
उपसेनानी दज्र्यानी चिन्ह पाएका पूर्व लडाकुको नाम र थर
१) राजकुमार दर्जी
२) काली बहादुर हमाल
३) गंगाधार ढकाल
४) पूर्ण बहादुर सुवेदी
५) खेमराज कार्की
६) कमलप्रसाद गौतम
७) शेरबहादुर शाही
८) राजेन्द्र बहादुर खनाल
९) काजी बोहरा
१०) इन्द्रभक्त महर्जन
११) महेश अधिकारी
१२) मणिकण्ठ काफ्ले
१३) विमला लामा
१४) अमृत बहादुर आचार्य
१५) उत्तर बहादुर चन्द
१६) तीर्थराज आचार्य
१७) कुवेरबहादुर कार्की
१८) देउकुमार राई
१९) माधव घिमिरे
२०) कमलबहादुर खड्का
२१) दलबहादुर सिंह
२२) नवल सिंह रोकाय
२३) भरत कुमार आङबुहाङ लिम्बु
२४) यामबहादुर अधिकारी
२५) राजन रावत
२६) मनकुमारी राई
२७) धनप्रकाशा तावाहाङ
२८) सूर्यप्रकाश राई
२९) हर्कप्रसाद चौलागाई
३०) देवबहादुर बोहरा
३१) डम्बरसिंह ठकुरी
३२) प्रदिप तामाङ
३३) विक्रम चौधरी
३४) केवशराज धामी
३५) गोपालसिंह बोहरा
३६) जसबहादुर डागर
३७) हेमन्त सिंह
३८) नारायण सुवेदी
३९) शशिकला भट्टराई
४०) साटुराम चौधरी
४१) ढलकबहादुर मोक्तान
४२) पदमबहादुर तामाङ
४३) टिकाराम बस्नेत
४४) श्यामबहादुर बिक
४५) दिपेन्द्रबहादुर बुढा
४६) दिपककुमार बुढाथोकी
४७) हरिनारायण पौडेल
४८) श्यामबहादुर कुस्वार
४९) मिनाकुमारी बस्नेत
५०) श्याम कुमार राई
५१) दिपकबहादुर बोहरा
५२) हिम्मत बराल
५३) चक्रबहादुर शाही
५४) बासुदेव घिमिरे
५५) हर्कप्रसाद जगेबु लिम्बु
५६) सुुनिल चौधरी
५७) खड्कसिंह साउत
५८) प्रचारबहादुर शाही
५९) धनलाल तामाङ
६०) रामकृष्ण रेउले
६१) भरत पुलामीमगर
६२) रामबहादुर लामा
६३) तारणीप्रसाद चौधरी
६४) राजाराम पण्डित
६५) बिक्रम राई
६६) अनिल रोकाय
६७) नविन पाण्डे
६८) विरेन्द्र बिएम(बुढामगर)
६९) झंकरप्रसाद सुवेदी
७०) रामप्रसाद गरेडी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक