20130919

भारतीय दादागिरी को यो नग्न रुप हेर्नुस भिडियोमा ! नेपाल का पार्टीहरु र तिनका नेताहरु भारतीय दलाल र नोकर जस्ता भएपछी यस्तो पनि हुँदो रहेछ !


हतियारसहित आएका भारतीय प्रहरीले बुधबार बिहान गुलरिया-८ स्थित मन्जुरप्रसाद श्रेष्ठको घरमा खानतलासी गरेका छन् । नेपाल प्रहरीलाई पत्तै नदिई बर्दी र हतियारसहित आएका भारतीय प्रहरीले अपराधी लुकेको भन्दै श्रेष्ठको घरमा खानतलासी गरेका हुन् । नेपाल प्रहरीले भने उनीहरूलाई स्कर्टिङ गरी भारतीय सीमासम्म पुर्‍याएको थियो । उत्तर प्रदेशको लखिमपुरका ओसी -डीएसपी) उदयप्रसाद सिंहको नेतृत्वमा आएका प्रहरीले श्रेष्ठको घरका सबै कोठामा खानतलासी गरेका थिए । जबर्जस्ती पसेर अपराधी 'कहाँ लुकाएको ?' भन्दै आतंक मच्चाएको परिवारले बताएको छ । यूपी ३१ जी ००४६ नम्बरको जिप र नम्बर उल्लेख नभएको अर्को कारमा सादा पोसाक र बर्दी लगाएका १० प्रहरी आएको स्थानीयले बताए । बिहान ६ देखि ७ बजेसम्म करिब एक घन्टा उनीहरू जिल्ला सदरमुकामस्थित श्रेष्ठको घरमा थिए । सार्वभौम मुलुकभित्र हतियारसहित अर्को देशका प्रहरी पसेर आतंक मच्चाउँदा पनि नेपाली प्रहरी प्रशासन
बेखबर रहेको स्थानीयवासीको गुनासो छ । श्रेष्ठको घर जिल्ला प्रहरी कार्यालयबाट उत्तर करिब दुई सय मिटर पर छ । भारतीय प्रहरीले तलासी गर्दा स्थानीयले प्रहरीलाई फोनबाट सूचना दिएका थिए । सूचनालगत्तै पुगेको प्रहरीले उनीहरूलाई स्कर्टिङ गरी फर्काएको हो । 'हामी सुतिरहेका थियौं । एक्कासि ढोका खोल्न लगाए,' श्रेष्ठकी पत्नी देवीले भनिन्, 'जवान छोरी/नातिनी कोठामा सुतेका छन् । भित्र नपस्नुस् भन्दाभन्दै जबर्जस्ती ढोका खोलेर पसे ।' त्यतिबेला मन्जुर श्रेष्ठ बिहान मर्निङ वाकमा हिँडेका थिए । प्रहरीले छापा मारेपछि परिवार आतंकित छ ।बर्दियाको एउटा घरमा भारतीय प्रहरीले छापा मारेको विषयमा भारतले नै आश्चर्य प्रकट गरेको छ । भारतीय दुतावासले बिहीबार विज्ञप्ती निकाली गुलरियास्थित मन्जुरकुमार श्रेष्ठको घरमा भारतीय प्रहरीले बुधबार बिहान छापा मारेको घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । नेपालस्थीत भारतीय दुतावासले आज एक बिज्ञप्ती जारी गर्दे नेपाली भूमीमा छापा मार्ने आफ्नो नियत नभएको भन्दै उक्त घटना साँचो ठहरीए सम्बन्धितलाई कारबाही गर्ने प्रतिवद्धता पनि जनाएको छ । बुधबार भारत बहराइच, गोन्डा र खिरी जिल्लाबाट आएका बर्दीधारी तथा सादा पोसाकका प्रहरीले हतियारसहित आएको भारतीय प्रहरी टोलीले बर्दियाका एक नेपालीको घरमा छापामा मारेको थियो । सीमावर्ती भारतको लखिनपुरका डिएसपीसहित १४ जनाको हतियारसहितको टोलीले स्थानीय मञ्जुलकुमार श्रेष्ठको घरमा नेपाली प्रशासनलाई थाहा नै नदिई छापा मारेको थिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक