20131114

दुनियाँ लाई मार्ने, मराउने, नेपाली हत्या, हिँसा, आतंक, लुटपाट, आतंकबादका नाइके एबम नेपाली बिन लादेन भनेर चिनिने प्रचन्डले आफुलाई बैद्य माओवादीले मार्ने षड्यन्त्र गरिरहेको खुलाशा !


एकीकृत नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ ले आफूलाई वैद्य माओवादीका नेताहरुले मार्ने षड्यन्त्र गरिरहेको बताउनुभएको छ । निर्वाचन सफल बनाउन र अग्रगामी परिवर्तनका लागि आफू मर्न तयार रहेको उहाँले बताउनुभएको छ । साथै संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बहुमत ल्याउने उहाँले बताउनुभएको छ । चुनाव चैत्रमा सारेको भए पनि वैद्य चुनावमा नआउने प्रचण्डले ठोकुवा गर्नुभएको छ । विहीबार बिहान एभिन्यूज टेलिभिजनसँगको विशेष अन्तरवार्तामा अध्यक्ष प्रचण्डले आफूलाई वैद्य माओवादीले मार्ने षड्यन्त्र गरेको बताउनुभएको हो । ‘वैद्यजीहरुले मलाई मार्ने षड्यन्त्र गरिरहनुभएको छ । ममाथि कन्चनपुरमा भएको हमला मलाई मार्नैका लागि गरिएको हो ।’ प्रचण्डले भन्नुभयो, ‘मलाई मार्नका लागि कन्चपुरमा थापेको एम्बुसमा म चढेको गाडी परेको भए म अहिले यहाँ हुन्न थिएँ ।’ कञ्चनपुरको बेलौरीमा बुधबार प्रचण्डलाई लक्षित गरी अज्ञात समूहले उहाँ चढेको गाडीभन्दा २ सय मिटर टाढाको दुरीमा गराएको माइन बिस्फोटनलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘देशभरि चुनावी माहोल बनाएर जनयुद्धमा हामीले उठाएका मुद्दा स्थापित गर्न लागेको मान्छेलाई माओवादीले मारेर देशलाई ध्वस्त पार्न खोज्दैछन्, उहाँले भन्नुभयो, एम्बुसमा परेको भए मेरो मृत्यु हुन्थ्यो ।’ एक महिनादेखि देशभरि चुनावी अभियानमा रहेको बताउँदै अध्यक्ष प्रचण्डले आफू जहाँ गए पनि बन्दका
कार्यक्रम राखेर वैद्य माओवादीले जनताको सार्वभौम अधिकारमाथि हमला गरेको बताउनुभयो । ‘पहिचान र अधिकारको कुरा गर्नेमाथि आक्रमण गरेर वैद्यजीहरुले गल्ती गुर्नभयो । घोर दक्षिणपन्थी र बैद्य माओवादीबीच फरक देखिएन ।’ हिजो पनि जीवन हत्केलामा राखेर हिंडेको बताउँदै अध्यक्ष प्रचण्डले अहिले पनि म राष्ट्रका लागि ज्यान दिन तयार रहेको बताउनुभयो । दुई तिहाइ जित्ने दाबी ’दश वर्षसम्म लडाइँ गरेर एमाओवादीले संघीयता र गणतन्त्र ल्याएकाले सोही आधारमा योपटक हामीले दुईतिहाइ बहुमत ल्याउँछौं’, प्रचण्डले भन्नुभयो, ‘मुद्दा र अहिलेको परिवर्तनको आधारमा नेपाली मंसिर ४ को चुनावमा एमाओवादीले प्रत्यक्षतर्फ १ सय ६८ सिट ल्याउने पक्का छ ।’ एभिन्यूजसँगको कुराकानीमा प्रचण्डले एमाओवादीले पूर्ण बहुमत ल्याई सरकारको नेतृत्व गरेर जनपक्षीय संविधान बनाउने दाबी गर्नुभयो । गिरिजाप्रसाद कोइरालापछि जनतामाझमा आफू नै सबैभन्दा स्थापित नेता भएको बताउँदै उहाँले सोही आधारमा आफू राष्ट्रिय नेता भएको दाबी गर्नुभयो । ’देशलाई आर्थिक राजनीतिक हिसाबमा समृद्ध बनाउन जसको नीति, उसको नेतृत्व आवश्यक भएकाले मलाई जनताले राष्ट्रिय नेता बनाएका हुन्,प्रचण्डले भन्नुभयो, ‘एमाओवादीको पक्षमा चुनावी लहर आएकाले एमाओवादीले बहुमत ल्याएर जननिर्वाचित राष्ट्रपतिसहितको शासन प्रणाली आउने छ ।’ एमाओवादीले चलाएको एकहप्ते मेची महाकाली अभियानले देशभरि चुनावी माहोल ल्याएको दावी गर्दै प्रचण्डले मंसिर ४ को चुनावपछि उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई जनताले बढार्ने दाबी गर्नुभयो । ‘यो संसदीय निर्वाचन होइन, सरकार चलाएको आधारमा भन्दा जनताका मुद्दाको आधारमा योपटक एमाओवादी पहिलो पार्टी हुँदैछ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘ठूलो पार्टी एमाओवादी नै हो भन्ने कुरामा कुनै विवाद छैन, यो पटक दुई तिहाई बहुमतको रेकर्ड बन्छ ।’ चैत्रमा चुनाव सारे पनि वैद्य आउँदैनथे वैद्य माओवादी चुनाव नआउने पार्टी भएकाले चैतमा चुनाव सार्नुको कुनै तुक नभएको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘चैतमा चुनाव सारे पनि वहाँहरु चुनाव आउनुहुन्नथ्यो । प्रधानन्यायाधीशको राजिनामाको कुरा छोडेर चुनावमा आउनुस् भनेको मान्नुभएन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बैद्यजीहरुलाई अब जनताले बहिष्कार गर्न थालिसकेका छन् । अहिलेकै गतिविधि जारी राखे वहाँहरु जनताको नजरबाट हराएर जाने पक्का छ ।’ मंसिर ४ को चुनावविरुद्ध बन्द घोषणा गरेर आन्दोलनमा रहेको ३३ दलीय मोर्चा शुक्रबारबाट सडकमा निस्कने भएको छ । ३३ दलीय कार्यदलको विहिबार बसेको बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । ‘आन्दोलनलाई अझै सशक्त बनाउने निर्णय भएको छ’, सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसाग भन्नुभयो, ‘भोलिबाट बन्दकर्ताहरु सडकमा निस्कने निर्णय भएको छ ।’ गिरफ्तारी दिन लाग्नुभएको हो, भन्ने प्रश्नमा शेर्पाले सडकमा निस्केपछि जे पनि हुनसक्ने बताउनुभयो । ३३ दलीय मोर्चाले आन्दोलनका क्रममा घुसपैठ भएको भन्दै हिंसात्मक घटनाको जिम्मेवारी लिन अस्वीकार गरेको छ । ‘राजधानीमा भएका केही घटनामा चार दल र सरकारका मान्छेहरुको घुसपैठ भएको छ भन्ने रिर्पोट आएको छ ।’ शेर्पाले भन्नुभयो। मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बिहीबार सिंहदरबारमा शान्ति सुरक्षा स्थिति र संविधानसभा निर्वाचनको तयारीबारे उच्च सुरक्षा बैठक बोलाउनुभएको छ । बैठकमा निर्वाचन बहिष्कार गर्ने नेकपा-माओवादी लगायतका समूहले आव्हान गरेको भनिएको यातायात बन्दको क्रममा देशका विभिन्न स्थानहरुमा गरेको अवरोध, आगजनी, विष्फोट, आक्रमणलगायत विध्वसांत्मक घटनाबारे छलफल भएको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । उच्चस्तरीय बैठकमा गृहमन्त्री माधवप्रसाद घिमिरे, मुख्य सचिव लीलामणि पौडेल, प्रधानसेनापति गौरब शम्शेर जबरा, गृहसचिव जनार्दन नेपाल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मुख्य अनुसन्धान निर्देशक मोतीबहादुर गुरुङ्ग र कार्यवाहक प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतको सहभागिता थियो । सुरक्षासँग सम्बद्ध अधिकारीहरु सम्मिलित उक्त बैठकमा मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले देशका विभिन्न स्थानहरुमा भएका हिँसात्मक घटनाहरुप्रति संवेदनशील हुँदै समग्र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै हिँसात्मक कार्यलाई नियन्त्रण गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताउनुभयो । बैठकमा आगामी मंसिर ४ गते सम्पन्न हुने संविधानसभा निर्वाचनलाई अवरोध पुर्‍याउन उद्दत रहेका बहिस्कारवादी समूहले गरेको कार्य राजनीतिक चरित्रको नभई विशुद्ध आपराधिक प्रकृतिका कार्य भएकाले यसप्रकारका आपराधिक गतिविधिलाई नियन्त्रण गर्दै दोषीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्ने निर्णय भएको बताइएको छ । निर्वाचनको कार्यक्रमलाई बहिष्कार गर्दै आम जनसमुदायलाई सहजरुपमा यातायात सञ्चालन गर्न नदिई गरिएका सबै गैरकानूनी क्रियाकलापहरुको दायित्व बन्द आव्हानकर्ताको हुने बैठकको निष्कर्ष छ । शान्तिपूर्ण आन्दोलन गर्छु भनी दावी गर्ने तर आमजनसमुदायले बन्दको स्वःस्फूर्त अवज्ञा गर्दा उनिहरुलाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गर्ने लगायतका आपराधिक प्रकृतिका कार्य बन्दकर्ताबाट नै भएको पनि बैठकको निष्कर्ष छ । हिंसात्मक क्रियाकलापमार्फत सार्वजनिक शान्ति र सुव्यवस्थालाई प्रभावित पार्ने कार्यको कानूनी दायित्व अन्यथा प्रमाणित नभएसम्म बन्द आव्हान गर्ने समूहको नै हुनेहुँदा सबै हिंसात्मक घटनाहरु आफ्नो समूहले नगरेको भनी बन्दकर्ताले राष्ट्रिय तथा अन्तराष्ट्रिय समुदायसामु दावी गरेता पनि त्यस्तो कुनैपनि भ्रममा केाही नरहेको बैठकमा विश्लेषण भएको बताइएको छ । बन्द आव्हान गर्ने समूहका क्रियाकलापलाई सुक्ष्म निगरानी गर्दै हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुलाई सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनी कारबाही थालेको र यस्तो कार्य गर्न आदेश दिने, दुरुत्साहन गर्ने र त्यस्तो आदेश वा दुरुत्साहनको कार्यान्वयन गर्ने सबै कानूनी रुपमा जिम्मेवार हुने समेत बैठकको निष्कर्ष रहेको गौतमले बताउनुभएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक