20131121

हामीले त अब एमाले काङ्रेसले प्रचन्ड र बाबुरामलाई दिन बाँकी अरु केही देखेनौं ! तपाईंहरुले केही देख्नुभएको छ कि ??!!

आज सम्म प्रचन्ड र बाबुरामले जे जे मागे त्यही त्यही पाए । जस्तै : जँगल मा थिए शहर केन्द्रित आन्दोलन गरे, एमाले काङ्रेस ले अनुमोदन  गरिदिए दिल्ली पुगेर, जे जे मागेका थिए सबै पाए १२ बुँदेमा । त्यस पछी एक पछी अर्को गर्दै सम्झौतै सम्झौता । सधैं उनिहरुलाई जिताएर सम्झौता । प्रचन्ड बाबुराम ले भने राजा ज्ञानेन्द्र लाई दरबार बाट निकालौँ, त्यो बेला पनि चुप चाप उनिहरुले भनेझै मानिदिए एमाले काङ्रेस ले । ज्ञानेन्द्रको केही चलेन २३८ बर्ष को ईतिहास र आफ्नै पुर्खाले आर्ज्याको नेपालको गद्दी र    दरबार छोडेर नागार्जून तिर लखेटिए । त्यस पछी कहाँ हुन्छ हिन्दू राष्ट्र ? यो फाल्नु पर्छ भने - एमाले र काङ्रेस ले त्यो पनि हुन्छ भनिदिए । अघिल्लो संबिधान सभामा बन्दुकका भर मा लडाकुका भरमा हुने नहुने जे पनि गरेर प्रचन्ड बाबुरामहरुले ठुलो पार्टी बन्न खोज्दा पनि त्यती खेर एमाले काङ्रेस तगारो बनेनन भनिदिए हामीले हार स्विकार गर्यौँ, तपाईंहरुले जित्नु भयो । २ बर्षको संबिधान सभालाई चार बर्ष सम्म तन्काउँदा, ६०१ का नाम मा राष्ट्र लुटिँदा पनि प्रचन्ड र बाबुराम ले जे जे भन्यो मान्दै गए उनिहरु । सरकार मा प्रचन्ड र बाबुराम लाई प्रधान मन्त्री बनाउन , राष्ट्रिय सेनाको मर्म बिपरित लडाकु हरुलाई सेनामा मिसाउन खोज्दा त्यहा पनि गलिदिए एमाले काङ्रेस हरु । सँघियताका नाम मा देश चिरा चिरा पारौँ भनेर प्रचन्ड बाबुरामहरुले राष्ट्रद्रोही प्रस्ताब राख्दा शुरुमा हुन्न भनियो तर बिस्तारै लचक हुँदै हुन्छ भनिदिए एमाले काङ्रेस ले । एमाओबादी का नाम मा प्रचन्ड र बाबुराम ले जे जे माग्दै गए दिंदै जाँदा अब दिन बाँकी केही छैन एमाले काङ्रेस हरुसँग ।  त्यसैले सधैं मागेको पाउने एमाओबादीले यस पटक उनिहरु भन्दै छन - चुनाव मा धाँधली भयो, हामी लाई पो जिताउन पर्थ्यो किन हराएको ?? अब एमाले काङ्रेस हरु सँग दिने कुरा केही बाँकी छैन, मात्र बाँकी छ उनिहरुले जितेको सिट छोडिदिने र हार स्विकार गरी प्रचन्ड र बाबुराम जि तपाईंहरु नै राष्ट्रपती, तपाईंहरु नै प्रधानमन्त्री , तपाईंहरुले नै चाहेको संबिधान ल जे जे गर्नुछ गर्नुस भनेर । प्रचन्ड बाबुरामहरुले पत्रकार सम्मेलन गरेरै भनिसके हामी मान्दैनौँ । थाहा छैन अब एमाले र काङ्रेस का हाम्रा उदार नेता हरुले अहिले फकाउँदै हुन्हुन्छ अब के के दिएर मिलाउनु हुने हो ! तर अपसोच को कुरा अब दिन मात्र बाँकी छ वहाँहरुले जितेका सिटहरु, दिन बाँकी अब वहाँहरु आफै मात्र हुनुहुन्छ । वहाँ हरुले पनि ज्ञानेद्रले राजादरबारमा पत्रकार सम्मेलन गरेर बुझाए झै आफै लाई र आफुले जितेका सिट पनि बुझाउनुहुने हो कि हामीलाई डर लागेको छ । किनकी दिन अब बाँकी केही छैन । आलो रगत पिउँदै, आतंक हत्या अपराध लुटपाट  सम्म सबै गरिसकेका राष्ट्रिय नेता ठुला नेता महान नेता कमरेड प्रचन्ड र महान विद्वान नेता, डाक्टर नेता बाबुराम लाई अब के दिएर फुल्फुल्याइनो हो ! कौतुहलता जताततै बढ्न थालेको छ हामीलाई जस्तै । हामीले त अब एमाले काङ्रेस दिन बाँकी अरु केही देखेनौं ! तपाईंहरुले केही देख्नुभएको छ कि ??!!                         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक