20131215

एकीकृत नेकपा माओवादीले सहमतिका लागि पाँचवटा शर्त अघि सारेको दिनमा नै दोलखा स्थित भीमेश्वरको मूर्तिमा पसिना आयो ! एमाओबादीका माग पुरा गरे कङ्रेस एमालेहरु ज्ञानेन्द्र बन्न तयार भए हुन्छ !

दोलखा स्थित भीमेश्वरको मूर्तिमा आइतबार पसिना आएको छ । दिउँसो साढे तीन बजेदेखि मूर्तिमा पसिना आएपछि दर्शनार्थीको घुइँचो लाग्यो । पानीको थोपा मूर्तिबाट निस्किएपछि पसिना आएको विश्वास गरिन्छ । भीमसेनको पसिनालाई अनिष्टको सूचक मानिन्छ । परिवर्तन वा अनिष्ट नहोस् भनेर घण्टासहित सवै प्रकारका बाजाहरु बजाइन्छ । पनिालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिकरुपले दर्शन गरिन्छ । पसिना आएपछि राजदरबारलाई हानि पुर्‍याउने विश्वासस्वरुप पुछिएको कपासलाई पहिले दरबारमा पठाइन्थ्यो । गणतन्त्र आएपछि एकपटक प्रधानमन्त्री कार्यालय पठाइएको थियो भने यसपटक राष्ट्रपतिलाई पठाइने बताइएको छ । भीमसेनको पसिना आएको साल बि. सं. १९९० सालमा भूइँचालो आयो भने २०९७ मा चार सहिदलाई फाँसी दिइएको थियो भने २००७ मा प्रजातन्त्र आयो भने २०१३ मा ।ाना त्रिभूवनको निधन भयो । २०१७ मा पञ्चायत आयो, २०१९ पञ्चायती संविधान, २०२८ महेन्द्रको निधन, २०३६ मा जनमत संग्रह, १०४५ मा भूकम्प गएको थियो । २०५७ माघ १ र १५ मा भीमसेनमा पसिना आउँदा त्यसको दुई वर्षपछि दरबार हत्याकाण्ड भयो । ६१ मा पसिना आउँदा ६२/६३ मा
गणतन्त्र आयो ।
यता एकीकृत नेकपा माओवादीले सहमतिका लागि पाँचवटा शर्त अघि सारेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको राजधानीमा उपलब्ध पूर्वपोलिटब्यूरो सदस्यहरुको आकस्मिक बैठकले धाँधलीबारे संसदीय समितिलाई नमान्ने र उच्चस्तरीय आयोग नै गठन गरिनुपर्ने अडानलाई दोहोर्‍याएको छ । एमाओवादी बैठकले मंसिर मसान्तमा म्याद सकिन लागेको उच्चस्तरीय राजनीतिक समितिलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । त्यस्तै सहमतिका आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता जनाउनुपर्ने, सहमतीय प्रणालीमा जाने गरी अन्तरिम संविधान संशोधन गर्नुपर्ने र संविधानसभा बाहिरका दललाई पनि सहमतिमा ल्याइनुपर्ने शर्तहरु एआओवादी बैठकले अघि सारेको छ । पाँच शर्त- छानविन आयोग, सहमतिमा संविधान, संविधान संशोधन, संविधानसभा बाहिरको समेत सहमति र राजनीतिक संयन्त्रलाई निरन्तरता ‘संसदीय छानविन समितिलाई नमान्ने र उच्चस्तरीय आयोग नै गठन हुनुपर्ने बैठकको निर्णय छ,’ पूर्वपोलिटब्यूरो सदस्य एवं एमाओवादी नेता देवेन्द्र पौडेलले भन्नुभयो, यिनै पाँचवटा बुँदाहरुमा आधारित रहेर सहमति गर्न बैठकले शीर्ष नेतृत्वलाई म्यान्डेट दिएको छ ।’ आइतबार उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्नुभन्दा केही घण्टा अगाडिमात्रै एमाओवादीले राजधानीमा उपलब्ध पूर्वपोलिटब्यूरो सदस्यहरुको आकस्मिक बैठक बोलाएको हो । उच्चस्तरीय राजनीतिक समितिको बैठकभन्दा पहिले आन्तरिक छलफल गर्ने भन्दै आकस्मिक बैठक पार्टी मुख्यालय पेरिसडाडँमा बोलाइएको थियो । आइतबारै एमाओवादी गठबन्धनको पनि छुट्टै बैठक बसेको थियो । निर्वाचनको धाँधलीबारे उच्चस्तरीय छानविन आयोग बनाउनुपर्ने माग गर्दै आएको एमाओवादीले आइतबार बेलुका आयोजित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा यसबारे कांग्रेस र एमालेलाई जवाफ दिनुपर्ने भएकाले बैठक बोलाएको हो । कांग्रेस र एमालेले संसदबाटै समिति बनाएर धाँधलीको छानविन गर्ने प्रस्ताव राखेको हुनाले एमाओवादी शीर्ष नेतृत्वले यसबारे के गर्ने भनेर आफ्ना नेताहरुसँग सुझाव मागेको थियो । संघीयता, गणतन्त्र र धर्मरिपेक्षता लगायतका एजेन्डामा प्रतिवद्धता जनाउन कांग्रेस र एमालेका नेताहरु सहमत देखिएका पनि छानविन आयोगको विषयमा कुरा अड्किएको अवस्थामा एमाओवादीले आन्तरिक छलफल गरेको बताइएको छ । प्रचण्ड गठबन्धनमै रहेका सद्भावना पार्टी लगायतका केही दलले संविधानसभामा जाने बताएपछि एमाआवादीभित्र सहमतिमा आउन र संविधानसभामा भाग लिन चर्को दबाव परिरहेको छ । यद्यपि आइतबारै गठबन्धनको समेत बैठक बसेर एमाओवादी लगायतका दलहरुले पुनः पुरानै अडानलाई निरन्तरता दिएका छन् । मुख्यतः एमाओवादीले उच्चस्तरीय आयोग नबनाएसम्म समानुपातिक सूचीमा नाम नपठाउने अडान राख्दै आएको छ । आइतबारको बैठकले पनि यही अडानलाई निरन्तरता दिएको छ । यसैवीच समानुपातिक सूची नबुझाइए पनि निर्वाचन आयोगले पुस ३ गते म्याद थप नगरी राष्ट्रपतिसमक्ष सभासदको नाम पठाउने चर्चा चलेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक