20131230

खुलेआम हत्या स्वीकार्ने दाहाल र भट्टराईप्रति छानबिन गर्न माग

घडी हेर्दै गर्नुस् छबिलाल र मुस्ताँगे नौटँकी बाबुराम जी, यदी नेपालमा न्याय नभए अन्तरराष्ट्रिय अदालत र नियम कानून पनि छन है !
"धेरै माओवादी नेताहरु कर्णेल लामा हुँदैछन् , यो मुद्दा अन्तर्राष्ट्रियकरण भइसकेको छ, सोझासिधा नेपाली जनतालाई झुक्याएजस्तो होइन"
काठमाडौं/ इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले फुजेल काण्डलाई राजनीतिकरण गरिए धेरै माओवादी नेताहरुले कुमार लामाको हविगत हुने बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कारमा अध्यक्ष प्याकुरेलले फुजेल काण्डलाई चानचुनेरुपमा नलिन आग्रह गरे । 'यो मुद्दा अन्तर्राष्ट्रियकरण
भइसकेको छ, सोझासिधा नेपाली जनतालाई झुक्याएजस्तो होइन,' उनको चेतावनी थियो, 'धेरै माओवादी नेताहरु कर्णेल लामा हुँदैछन् ।' कर्णेल कुमार लामा युद्ध अपराध अभियोगमा एक वर्षअघि लण्डनबाट पक्राउ परेका थिए । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणलाई एमाओवादीले राजनीतिकरण गरेकोमा असन्तुष्टि जनाउँदै उनले अपराधलाई राजनीतिककरण नगर्न सचेत तुल्याए । छोरा कृष्णप्रसाद हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनका बाबुआमा ६२ दिनदेखि आमरण अनसनमा छन् । प्याकुरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले द्वन्द्वकालमा पार्टीको निर्देशनमा हत्या भएको बताउँदै पक्रेर कारबाही गर्न चुनौति दिएकोमा आक्रोस व्यक्त गरे । 'अधिकारी दम्पतीको ज्यान जान लागेको छ,' उनले भने, 'प्रचण्ड-बाबुरामजीहरु छाती पिटेर कारबाही गर भनेर चुनौति दिनुहुन्छ, प्रहरी निकम्मा भएको छ ।' उनले खुलेआम हत्या स्वीकार्ने दाहाल र भट्टराईप्रति छानबिन गर्न माग गरे । प्याकुरेलले माओवादी कार्यकर्तालाई अपराधबाट जोगाउन ल्याएको सत्यनिरुपण तथा मेलमिलाप विद्येयक कुनै 'माइकालाल'ले पनि पारित गर्न नसक्ने दाबी गरे । नागरिक अगुवा सुन्दरमणि दीक्षितले आमरण अनसनका नाममा सरकारलाई दबाब नदिन आग्रह गरे । 'अधिकारी दम्पतीले पनि ४७ दिनमा जुस पिउनुभएको थियो, फेरि अनसन तोड्नुस्,' उनले भने, 'सरकारलाई अनावश्यक दुःख नदिनुस् ।' उनले अनुसन्धान भइरहेकोले दबाब दिंदा त्यसले एक पक्षलाई सधैँ अन्याय मात्र गर्ने भएकोले अनुसन्धान गर्ने निकायलाई स्वःस्फुर्त रुपमा अनुसन्धान गर्न दिन माग गरे । मानवअधिकारकर्मी चरण प्रसाईले अनुसन्धानको नाममा निदोर्ंषलाई लामो समयसम्म थुनामा राखेर पीडा  नदिन आग्रह गर्दै बास्तविक हत्यारा पक्राउ पर्ने गरी अनुसन्धान गर्नु पर्नेमा जोड दिए । एमाओवादी नेता टोपबहादुर रायमाझीले द्वन्द्वकालिन घटनाको सूचि लामो भएकोले त्यसलाई एकमुष्ट समाधान गर्नुको साटो एक एक घटन ब्यूताउँदा समस्या आउने भन्दै तत्काल सत्य निरुपण आयोग बनाएर समाधान खोज्नु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक